पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी, आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा लुम्बिनी प्रदेशका पहाडी जिल्लाका उम्मेदवार मतदाता फकाउन तराईका जिल्ला झर्न थालेका छन् । लुम्बिनी प्रदेशका पहाडी जिल्लाका गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानका उम्मेदवार मतदातासँग भेटघाट र आफ्नो पक्षमा मतदाता फकाउन तराईका जिल्ला रूपन्देही र कपिलवस्तु केन्द्रित हुन थालेका छन् । उनीहरूले तराईका जिल्लामा आ–आफ्ना पार्टीका भेला, बैठक र मतदातासँग प्रत्यक्ष भेटेरै मतदाता रिझाउने कार्यक्रम थालेका छन् ।

 

प्रदेशका १२ जिल्लामध्ये एउटा हिमाली जिल्ला पूर्वी रुकुम र अन्य पाँच पहाडी जिल्ला पर्दछन् । पहाडी जिल्लाका धेरै मतदाता बसाइ सरेर रूपन्देही, कपिलवस्तु र काठमाडौँलगायत जिल्लामा आएका छन् । तर उनीहरूले मतदाता नामावली भने स्थानान्तरण नगरिसकेकाले निर्वाचनका समयमा उम्मेदवार मत माग्न यी जिल्लामा पुग्ने गरेका छन् ।

 

गुल्मी क्षेत्र न १ बाट नेकपा (एमाले)का उम्मेदवार प्रदीपकुमार ज्ञवाली, नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल र नेपाली कम्युनिष्ट पार्टीबाट शुदर्शन बराललगायत १० राजनीतिक दलहरूसँगै ११ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा एक लाख २२ हजार १८६ मतदाता रहेका छन् । उम्मेदवारहरूले बुटवल र भैरहवामा कार्यकर्ता भेला तथा बैठक गरेर फागुन २१ को निर्वाचनमा मतदान गर्न जिल्ला फर्कन आह्वान गरेका छन् ।

 

नेकपा (एमाले) को तर्फबाट यस क्षेत्रमा उम्मेदवार बन्नुभएका ज्ञवालीले बिगतका निर्वाचनको तथ्याङ्कलाई हेर्दा रूपन्देही, नवलपरासी र कपिलवस्तुलगायत क्षेत्रमा गुल्मी जिल्लाका झण्डै १० हजारको सङ्ख्यामा मतदाता रहेको अनुमान गर्नुहुन्छ । उहाँले जिल्ला बाहिरका मतदातालाई निर्वाचनमा मतदानका लागि आउने वातावरण बनाउन अन्य जिल्लामा पुगेर भेटघाट, भेला, छलफलजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुहुन्छ ।

 

यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचनमा यसरी नै उम्मेदवारहरूले बेजिल्लामा रहेका मतदातालाई भेटेर मत माग्ने कार्यलाई अहिले निरन्तरता दिएका छन् । तर यसवर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा हुँदा उम्मेदवारलाई मतदाता खोज्न सकस परेको हो ।

 

नेपाली कांग्रेस गुल्मी क्षेत्र न. १ का उम्मेदवार चन्द्र भण्डारी विसं २०७९ को निर्वाचनमा नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीलाई पराजित गरेर निर्वाचित हुनुभएको थियो । विसं २०७९ को निर्वाचनमा रूपन्देही जिल्लाबाट मात्र आफूले चार हजार ५०० मतदाता मतदानका लागि गुल्मी पु¥याएको बताउनुहुन्छ । यस पटक बुटवलमा एकपटक भेला गरी सकेको र यसलाई निरन्तरता दिने उहाँ बताउनुहन्छ ।

 

जिल्लाको क्षेत्र नम्बर २ मा १० दल र १२ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रबाट एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री गोकर्ण विष्ट, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ, नेकपाका श्रीराम महत र रास्वपाबाट गोविन्द पन्थी चुनावी मैदानमा रहनुभएको छ । उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक सेन, नेशनल रिपब्लिक नेपालबाट पदम थापामगर, मङ्गोल नेशनल अर्गनाइजेसनबाट बेदबहादुर थापा उम्मेदवार रहनुभएको छ । यस निर्वाचनमा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् ।

 

निर्वाचन प्रचारप्रसारका क्रममा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बन्नुभएका पार्टी उपाध्यक्ष विष्टले बुटवलमा तीन दिनसम्म आफ्नो निर्वाचन क्षेत्रका पालिका स्तरीय विभिन्न कार्यक्रम तथा मतदातासँग भेटघाट सकाएर बिहीबार जिल्ला फर्कनुभएको छ । उहाँले बुटवलमा तीन दिनसम्म झण्डै एक दर्जन कार्यक्रम सम्पन्न गर्नुभयो ।

 

नेकपा (एमाले) पाल्पा क्षेत्र न २ का उम्मेदवार ठाकुर गैर आफ्नो क्षेत्रका धेरै मतदाता स्थायी बसोबास वा विभिन्न पेसाका लागि बुटवल, भैरहवा लगायतका क्षेत्रमा रहेकाले उनीहरूलाई निर्वाचनमा मतदानका लागि आउने वातावरण निर्माण गर्न पार्टीले कार्यक्रम गर्ने योजना रहेको बताउनुहुन्छ । नेपाली कम्युनिष्ट पार्टीका तर्फ बाट पाल्पा क्षेत्र न. २ मा उम्मेदवार बन्नुभएका सोमप्रसाद पाण्डेले माघ १८ गते बुटवलमा पत्रकार सम्मेलन गरेर पाल्पाबाट बुटवललगायत क्षेत्रमा बसेका मतदातालाई निर्वाचनमा मतदानका लागि निमन्त्रणा गर्नुभयो । यससँगै उहाँले रूपन्देहीका विभिन्न स्थानमा कार्यकर्ता भेटघाट र भेला आयोजना गरेर मतदातालाई रिझाउने काम गर्नुभएको छ ।

 

पाल्पा क्षेत्र नं २ मा एक लाख नौ हजार ५३ जना मतदाता रहेका छन् । जसमा ५३ हजार ७७५ जना पुरुष र ५५ हजार २७८ जना महिला मतदाता रहेका छन् । क्षेत्र नं २ मा ११८ मतदानस्थल र २५१ वटा मतदान केन्द्र रहेका छन् । यस निर्वाचन क्षेत्रमा १४ वटा राजनीतिक दलसहित दुई स्वतन्त्र गरी १६ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

 

एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न पार्टीका १२ जना र तीन जना स्वतन्त्र गरी १५ जना प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा छन् ।  यस जिल्लामा नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल र नेकपा (एमाले) बाट पिताम्बर भुसालको उम्मेदवारी परेको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, नेकपा (माओवादी) बाट खीमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाह उम्मेदवार रहेका छन् ।

 

अर्घाखाँची जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कूल एक लाख ७१ हजार ६५२ जना मतदाता रहेका छन् । जसमा पुरुष ८७ हजार १५७ जना र महिला ८४ हजार ४९५ जना रहेका छन् । यस जिल्लामा १०२ मतदानस्थल र २०९ मतदान केन्द्र रहेका छन् ।

 

उम्मेदवारहरूले जिल्लामा प्रचारप्रसारका कार्यक्रमसँगै बुटवल, भैरहवा, कपिलवस्तुलगायत ठाउमा पुगेर मतदातासँग भेटघाट गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार पिताम्बर भुसालले बुटवलमा एकचरण कार्यकर्ता भेला गरेर मतदाता रिझाउने काम सकाएको बताउनुहुन्छ । उहाँले आवश्यक परे फेरि विभिन्न कार्यक्रम आयोजना गरिने बताउनुहुन्छ । उहाँले अर्घाखाँचीका धेरै मतदाता कपिलवस्तुमा बसोबास रहेको र यसबाहेक बुटवल, भैरहवा, काठमाडाँै, दाङमा रहेका मतदातालाई निर्वाचनमा मतदानका लागि आह्वान गरिँदै आएको बताउनुहुन्छ । उहाँले जिल्लाका कूल मतदातामध्ये झण्डै ४० प्रतिशत मतदाता जिल्ला बाहिर रहेको बताउनुहुन्छ ।

 

नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल जिल्लामा मात्र केन्द्रित रहेर सबै मतदातासँग पुग्न नसकिने बताउनुहुन्छ । उहाँ आफ्ना चुनावी मुद्दा लिएर जिल्ला बाहिरका मतदातासँग पुग्ने क्रममा रहेको यसैअन्तर्गत पहिलो चरणमा बुटवलमा कार्यक्रम सम्पन्न गरेको बताउनुहुन्छ । उहाँले पोखरा, काठमाडाँै, रूपन्देही र कपिलवस्तुलगायत क्षेत्रमा धेरै मतदाता रहेकाले तिनलाई निर्वाचनमा मतदानका लागि आउने वातावरण निर्माण गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।

 

निर्वाचन आयोगले जिल्ला बाहिर रहेका यस्ता मतदातालाई मतदानमा सहभागी हुन उत्पे्ररित गर्न निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको प्रदेश निर्वाचन कार्यालय, दाङका सूचना अधिकारी गेहेन्द्र कँुवर बताउनुहुन्छ । उहाँ मतदाता केन्द्रित निर्वाचन शिक्षा कार्यक्रम निर्वाचन आयोगले विभिन्न सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गर्ने काम हुँदै आएको यसका साथै राजनीतिक दलहरूले यस्ता कार्यक्रम गरिरहेको बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

व्यावसायिक कृषिमा रमाउँदै हुप्सेकोटका खेम रजाली

मध्यविन्दु (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–५ पहारे बसेनी भौगोलिक रूपमा दुर्गम बस्तीमध्ये पर्छ । सडक, बजार र सेवा सुविधाको पहुँच सीमित रहेको यस गाउँमा पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ ४२ वर्षीय खेम रजाली मगर । करिब पाँच वर्षअघि...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ,  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भच्र्युअल बैठक आइतबार बस्ने भएको छ ।कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ती जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ८ः३० बजे बस्ने जानकारी दिनुभएको हो । बैठकमा कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२, कांग्रेस सार्वजनिक...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ ।     यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

एघार हतियार बुझाइयो

चितवन, जिल्लामा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले हतियार बुझाउन आग्रह गरे पनि अनुमति लिएका हतियार अपेक्षाकृत रुपमा बुझाइएको छैन ।     चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार...

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

राँझा (बाँके),  बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई सहज बनाएको छ । कानुनको अभावमा सेवा प्रवाह गर्दा भोग्नुपरेका अप्ठेरा, समस्या तथा विषयको गम्भीरतालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट हुने कार्य सम्पादन सहजताका लागि खजुराले कानुन निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष डम्बर विकले...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

काठमाडौँ,  प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यस वर्ष र...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र, तर सामान्य उपचारका लागि अस्पताल जानेको सङ्ख्या घटेन

देवदह (रूपन्देही), नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश गरेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति अघि बढाइएको छ । यही नीतिअनुरूप रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडास्तरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू स्थापना गरिएको छ । नागरिकलाई...

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाडौँ,  यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गर्नुभयो ।   प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९