वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र, तर सामान्य उपचारका लागि अस्पताल जानेको सङ्ख्या घटेन

देवदह (रूपन्देही), नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश गरेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति अघि बढाइएको छ । यही नीतिअनुरूप रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडास्तरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू स्थापना गरिएको छ । नागरिकलाई सामान्य उपचार, खोप, मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजनलगायत सेवा घरदैलो नजिकै उपलब्ध गराउने उद्देश्यले यी सेवा केन्द्रहरू स्थापना गरिएको हो । तर, यी स्वास्थ्य केन्द्रहरूमा भने अपेक्षित रूपमा सेवाग्राहीले सेवा लिएका छैनन् ।
वडा तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेकै अवस्थामा भैरहवास्थित जिल्ला अस्पताल (भीम अस्पताल) लगायत यहाँका निजी क्लिनिक तथा ठूला अस्पतालमा बिरामीको भीड घट्न सकेको छैन । त्यसको साटो दैनिक सयौँ बिरामी उपचारका लागि भीम अस्पताललगायत यहाँका ठूला अस्पताल र क्लिनिकमै पुग्ने गरेका छन् । सरकारी अस्पतालमा सीमित जनशक्ति र स्रोतसाधन हुँदा यहाँ बिरामीको चाप बढ्ने वित्तिकै चुनौती थपिन्छ ।
१३ वटा वडाहरू रहेको सिद्धार्थनगर नगरपालिकामा हाल नौ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । वडा नम्बर १, ३, ४, ५, ६, ७, ९, १० र ११ मा रहेका केन्द्रहरूबाट सेवा दिइँदै आएको छ । वडा नम्बर २, ८, १२ र १३ मा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेका छैनन् । सञ्चालनमा रहेका ती केन्द्रबाट दैनिक औसत १५ देखि १८ जनासम्म सेवाग्राहीले सेवा लिँदै आएका छन् ।
सिद्धार्थनगर नगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख माधवप्रसाद ज्ञवालीका अनुसार आधारभूत स्वास्थ्य केन्द्रमार्फत रोकथाममूलक, प्रवर्द्धनात्मक र उपचारात्मक सेवा निःशुल्क प्रदान गरिँदै आएको छ । परिवार नियोजन, खोप, क्षयरोग, कुष्ठरोग, मलेरिया, पोषण, सुरक्षित मातृत्व, स्वास्थ्य शिक्षा तथा सामान्य उपचार सेवा यी केन्द्रका मुख्य कार्यक्रम हुन् ।
हरेक स्वास्थ्य केन्द्रमा सामान्यतया दुई जना प्राविधिक कर्मचारी (अहेब र अनमी) र एकजना कार्यालय सहयोगी गरी तीन जनाले सेवा दिइरहेका छन् । यद्यपि वडा नम्बर ५ मा भने अनमी र कार्यालय सहयोगी गरी दुई जनाले मात्र सेवा दिइरहेका छन् । ती सबै कर्मचारी अस्थायी करार दरबन्दीमा कार्यरत छन् । सार्वजनिक बिदाबाहेक बिहान १० बजेदेखि साँझ ४–५ बजेसम्म यहाँबाट सेवा प्रदान हुँदै आएको छ ।
नगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सचेतना बढाउने उद्देश्यले आमा समूह, विद्यालय र समुदायमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक महिनाको ११ वा १२ गते नियमित खोप सेवा प्रदान हुँदै आएको छ ।  परिवार नियोजन, क्षयरोग, कुष्ठरोग तथा सामान्य चिकित्सा सेवा दैनिक रूपमा उपलब्ध छ । मलेरिया रोगको शङ्का देखिएमा घरमै पुगेर सेवा दिने, समुदायलाई सचेत बनाउने कार्यक्रमसमेत सञ्चालनमा छ ।
रक्तचाप परीक्षण, शरीरको तौल नाप्नेलगायत सामान्य उपचारका लागि अस्पताल जान नपर्ने अस्पतालसम्म पुग्न नपर्ने स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ज्ञवालीले बताउनुभयो । सामान्य उपचार सेवाका लागि नजिकको स्वास्थ्य केन्द्रमा पुग्न उहाँले आग्रह गर्नुभयो । “वडास्तरमै पुगेर सामान्य उपचार सेवा लिन सकिए अस्पतालहरूमा बिरामीको चाप पनि घट्छ”, उहाँले भन्नुभयो ।
 

पोषण कार्यक्रमअन्तर्गत ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण, घरघरमा पुगेर तौल जाँच, (स्क्रिनिङ) अभियान सञ्चालन भइरहेको छ । सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवती जाँच, सुत्केरीपछि तेस्रो दिन र ७ देखि १४ दिनभित्र थप एकपटक गरी जम्मा दुईपटक घरमै पुगेर आमा तथा नवजात शिशुको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । ज्वरो, रुघाखोकी, पखाला, प्रेसर जाँच, घाउचोट, दाँत दुख्ने, मुख सुन्निनेजस्ता सामान्य उपचार सेवा केन्द्रबाटै दिइन्छ ।
स्वास्थ्य केन्द्रमा हाल ८९ किसिमका औषधि सूचीमा रहे पनि खोप, क्षयरोग, कुष्ठरोग, मलेरिया र परिवार नियोजनबाहेकका ५१ किसिमका औषधि उपलब्ध छन् । सिद्धार्थनगरका अधिकांश वडा बजार क्षेत्रमै पर्छन् । जिल्ला सदरमुकाम भएकाले यहाँ जिल्ला अस्पताल, निजी अस्पताल तथा क्लिनिकको सङ्ख्या उल्लेख्य छ । विशेषज्ञ सेवा लिनु परे सरकारीभन्दा केही खर्चिलो भए ठूला अस्पतालमै जाने प्रवृत्ति छ । सरकारी स्वास्थ्य केन्द्रप्रति विश्वासको कमी र ‘ठूलो अस्पतालमै राम्रो उपचार हुन्छ’ भन्ने मानसिकता स्वास्थ्य केन्द्र उपयोग नबढ्नुको प्रमुख कारण मानिन्छ ।

 

 

 

तथ्याङ्कले यो कुराको पुष्टि गर्छ । नगर स्वास्थ्य प्रणालीमा डाटा इन्ट्री भएका आधारभूत स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र नगरभित्र सञ्चालित करिब ४० वटा अस्पतालबाट गत आर्थिक वर्ष २०८१÷८२ मा कूल चार लाख ८२ हजार ८८९ जनाले स्वास्थ्य सेवा लिएका छन् । तीमध्ये नगरपालिकाले सञ्चालन गरेका आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा लिनेको सङ्ख्या २१ हजार ६९६ मात्र छ ।
स्थानीय तहले स्वास्थ्य सेवा पहुँच विस्तारमा लगानी बढाए सेवा उपयोग र विश्वास अभिवृद्धि नहुँदा ठूला अस्पतालमा बिरामीको भीड यथावत् देखिन्छ । स्वास्थ्य केन्द्रको सेवा गुणस्तर, जनशक्ति, औषधि उपलब्धता र जनविश्वास एकैसाथ सुधार नगरेसम्म ‘घर नजिकै उपचार’ को अवधारणा व्यवहारमा पूर्णरूपमा लागू हुन कठिन देखिन्छ ।
भीम अस्पतालमा दैनिक ५०० जनासम्म बिरामीले ओपिडी सेवा लिने गरेको अस्पताल प्रमुख डा वर्षा थापाले जानकारी दिनुभयो । अस्पतालका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा यहाँबाट एक लाख २० हजारभन्दा बढीले बहिरङ्ग (ओपिडी) सेवा लिएका थिए । त्यस्तै आव २०८०÷८१ मा एक लाख १२ हजार ८४५, आव २०७९÷८० मा मा ९० हजार र आव २०७८÷७९ मा ६३ हजारले ओपिडी सेवा लिएका थिए ।
विगत चार वर्षको तथ्याङ्कले सेवाग्राहीको सङ्ख्या क्रमश बढेको देखिन्छ । यसले प्राथमिक तहको सेवा विस्तार भए पनि अस्पतालको भार घट्न नसकेको स्पष्ट हुन्छ । यहाँका ठूला अस्पतालमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र सिद्धार्थनगर सिटी हस्पिटलमा बिरामीको चाप नै छ । भीम अस्पतालमा आव २०७७/७८ देखि स्वास्थ्य बिमा सुरुवात गरिएको थियो ।
स्वास्थ्य बिमा, विशेषज्ञ सेवा, २४ सै घण्टा सेवालगायत कारण अस्पतालमा सेवाग्राहीको घुइँचो हुने गरेको अस्पतालले जनाएको छ । सामान्य स्वास्थ्य उपचारका लागि पनि अस्पतालमै जानबाट रोक्नका लागि वडास्थित आधारभूत स्वास्थ्य केन्द्रहरूमा पाइने सेवाका बारेमा नागरिकलाई सूचना पु¥याउनुपर्ने र सरकारी अस्पतालमा विश्वास दिलाउनका लागि सम्बन्धित निकायले बुझाउन सक्नुपर्ने अस्पताल प्रमुख डा थापाको भनाइ छ । “यसो गर्न सके सामान्य उपचारकै लागि भीम अस्पतालमा आउने बिरामीले स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार लिने अवस्था सिर्जना हुने र अस्पतालमा भीड घट्ने थियो”, उहाँले भन्नुभयो ।
अस्पतालमा र स्वास्थ्य केन्द्रमा के का लागि जाने भन्ने सूचना सम्प्रेषण गर्न सके सेवाग्राही र सेवा प्रदायक संस्था दुवैलाई सहज हुने डा थापाको भनाइ छ । सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा दैनिक १०० जनाले ओपिडी सेवा लिने गरेको प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य किसिमका बिरामीभन्दा विशेषज्ञ सेवा लिनका लागि बिरामी यहाँ आउने गरेका छन् । जनमानसमा अझै स्वास्थ्यको विषयमा अस्पतालमै जाऔँ र विशेषज्ञ सेवा लिऔँ भन्ने धारणाले बिरामी आएको बुझिन्छ ।
सिद्धार्थनगर नगरपालिका–९ का वडा सदस्य वसन्त भट्टराईले वडामार्फत विभिन्न सचेतना कार्यक्रम गरिएको र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान हुने सेवाका बारेमा वडावासीलाई जानकारी नभएको भन्ने कुरामा सत्यता नरहेको बताउनुभयो । उहाँले वडा नम्बर ९ को ६ वटा क्षेत्रमा (प्रतिक्षेत्रमा) २–२ जनाको दरले १२ जना महिला स्वास्थ्य स्वयंसेविका घरदैलोमा खटिरहेको बताउनुभयो । ज्येष्ठ नागरिकलाई वर्षको एकपटक घरमै बसेर स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । समयसमयमा विभिन्न सङ्घ–संस्थाहरूले वडास्तरमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र सिद्धार्थनगर–९ को इञ्चार्ज सिनियर अनमी निरीक्षक सरिता पाण्डेका अनुसार औसतमा दैनिक ३५ जना सेवाग्राही यहाँ आउने गरेका छन् । यहाँबाट विशेष गरी निःशुल्क औषधि वितरण, परामर्श, रिफर, प्राथमिक उपचार सेवा, घरभेट कार्यक्रम बढी गरिएको जानकारी दिनुभयो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बालबालिका खोप, परिवार योजना, गर्भवती, सुत्केरी जाँच, बालबालिकाको तौल वृद्धि अनुगमन जाँच, जेष्ठ नागरिक सेवा लगायतका सेवा उपलब्ध गराइएको सिद्धार्थनगर नगरपालिलका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले बताउनुभयो । सामान्य स्वास्थ्य समस्या र परामर्शका लागि अस्पताल÷क्लिनिकमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न र वडाबासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य केन्द्रबाट वडा/नगरवासी मात्रै नभइ अन्य पालिकावासीले सेवा लिन सक्ने बताउनुभयो । आधारभूत स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा केन्द्रबाटै दिने व्यवस्था रहेको उहाँको भनाइ छ ।
भैरहवामा अस्पतालका साथै धेरै निजी क्लिनिकहरू छन् । धेरैले छोटो समयमै परीक्षण, निजी चिकित्सकको पहुँच, सुविधा/सुविधाजनक सेवा, बिदाको दिन सेवा, जस्ता कारणले बिरामी निजी स्वास्थ्य संस्थामा जाने गरेका छन् । ‘छोटो समय, छिटो उपचार’ यसले सरकारी अस्पतालको भीड घट्न नदिएको छ, किनकी निजी सेवाले ‘छोटो समय, छिटो उपचार’ भन्ने बुझाइ रहेको देखिन्छ ।
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले प्राथमिक र सामान्य उपचारका लागि वडास्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको बताउनुभयो । उहाँले कार्यालय समयमा मात्र सेवा प्रवाह हुने कारणले बिरामी अस्पतालमा पुगेको हुन सक्ने बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत खोप लगाउने, सुत्केरी महिलालाई परामर्शलगायत सेवा घरघर पुगेर प्रदान गरिरहेको बताउनुभयो ।
सार्वजनिक बिदाको दिन बन्द हुनु, खुलेको दिन कार्यालय समयमा मात्र उपचार सेवा उपलब्ध हुनु, विशेषज्ञ सेवा प्रदान नहुनु, जनशक्तिको अभाव औषधिको अभाव (सरकारी नियमअनुसार टेण्डर प्रक्रिया र औषधि आउनमा ढिलाइ भएकाले कारणले समयमै स्वास्थ्य केन्द्रमा औषधि पुग्न नसक्नु) वडास्तरमा रहेको आधारभूत स्वास्थ्य केन्द्रप्रति जनतालाई विश्वस्त नगर्नुका कारण सेवाग्राहीहरू अपेक्षित रूपमा यहाँ बिरामी पुग्न सकेका छैनन् । जसका कारण अस्पतालमा बिरामीको चाप बढ्दो क्रममा छ ।
सिद्धार्थनगर नगरपालिका–३ का गोपाल भण्डारीले वडास्तरमा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान हुने सेवाबारे वडा तहमा सबै नागरिकलाई जानकारी गराउनुपर्ने बताउनुभयो । यसो गर्न सकिए अस्पतालमा बिरामीको चाप घट्ने भण्डारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९