पुस्तक चर्चा : एक फिरन्तेको जीवन कथा

काठमाडौँ, पछिल्लो समय आत्मकथा लेख्ने लेखाउने क्रम बढ्दै जाँदा अधिकांशले आफ्नो वास्तविक पक्षभन्दा बनावटी प्रसङ्गलाई बढी प्राथमिकता दिएर लेखिएका पुस्तकहरू बजारमा धेरै पाइन्छ । यसमा अपवादको रूपमा रहेको कृति हो ‘एक फिरन्तेको चट्याङे जीवन’ । श्याममोहन श्रेष्ठको आत्मकथा ‘एक फिरन्तेको चट्याङे जीवन’ नेपाली आत्मकथात्मक साहित्यमा फरक स्वाद र धार बोकेको कृति हो । यो पुस्तक केबल लेखकको व्यक्तिगत जीवनकथा मात्र नभई नेपाली समाज, राजनीति, पत्रकारिता र बौद्धिक यात्राको जीवन्त अभिलेख हो ।

 

आत्मकथा लेख्नु आफैँमा ज्यादै खतरनाक रहर हो । आफ्नो मात्र प्रशंसा गरेर लेख्दा पाठक खुसी नहुन सक्छन् भने आफूलाई इमान्दार भएर लेख्दा चिनजानका अधिकांश मानिसहरू पक्कै खुसी हुने छैनन् । आत्मकथा लेखनका यस्ता समस्यालाई पनि पन्छाउँदै श्याममोहन श्रेष्ठले आफ्नो जीवनका यथार्थतालाई इमानदारीपूर्वक राख्नुभएको छ । यस किसिमको लेखनीले नेपालको सामाजिक ज्ञानको भण्डारलाई फराकिलो बनाउँछ । यो आत्मकथाको प्रमुख विशेषता यसको इमान्दार प्रस्तुति हो ।

 

पुराना पर्यटन व्यवसायी श्याममोहनको यस जीवनकथामा करिब ५० वर्षअघि आफ्नो युवावस्थामा गर्नुभएको रोमाञ्चक एवं साहसी काठमाडौँ–पेरिस–काठमाडौँ स्थलयात्राको विवरण र सोसँग जोडिएका प्रसङ्गहरूलाई छर्लङ्ग पारिएको छ । पुस्तक आत्मकथा मात्रै नभएर यात्रा, प्रेम, रोमान्स, अनुभूति र आत्मखोजको रोमाञ्चक दस्ताबेज बनेको छ । पुस्तकका लेखकले आफ्नो जीवनलाई खुला पुस्तकका रूपमा प्रस्तुत गर्नुभएको छ । समाजले कोरेका ठीक, बेठीक आदि नैतिक परिधिको साँधसीमामा नबाँधिइकन निर्धक्कपूर्वक लेखिएको यस पुस्तकले आत्मकथा लेखनमा नयाँ आयाम ल्याएको छ । महत्वाकांक्षी सोच राख्नुहुने लेखकले जीवनका घटना र अनुभवलाई कति पनि नलुकाइकन राखेकै कारण पुस्तकले जीवन्तता पाएको छ ।

 

अत्यन्त सहज रूपमा आफ्नो जीवनका सबै घटनालाई साहसपूर्वक खुलेर लेखिएको यसले उपन्यासको झझल्को दिन खोजेको छ । आफ्नो जीवनलाई खुला पुस्तकका रूपमा प्रस्तुत गरेको र समाजले कोरेका ठीक, बेठीक आदि नैतिक परिधिको साँधसीमामा नबाँधिइकन लेखेको बताउनु हुने लेखकमा लेखकीय परिपक्व नवीन शैली पाउन सकिन्छ । उतारचढावमय जीवनकथाका सप्तरंगीहरूलाई सरल ढङ्गबाट प्रस्तुत गरिरहँदा धेरै ठाउँमा ऐतिहासिक प्रसङ्गहरूलाई उल्लेख गर्न छुटाउनुभएको छैन । उहाँका पुराना मित्र विद्वान् केदारभक्त माथेमाले पुस्तकमा  पुस्तकमा श्याममोहनले जीवनका रङहरू सबै पोखिने गरी लेखेको र ती मनोहर रहेको बताएको उल्लेख गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘‘लेख्न त धेरैले लेख्छन् तर यति धेरै खुलेर, अन्तरङ्ग कुराहरू खुल्ने गरी कमै व्यक्तिले लेख्न सक्छन् ।’’

 

साहसिक पेरिस यात्रासँग जोडिएको यस पुस्तकमा नेपाल–फ्रान्स सम्बन्धका अनेकन पाटाहरू उजिल्याएको छ । झण्डै ३० वर्ष एयर फ्रान्समा काम गर्नुभएका उहाँले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई जनस्तरमा र्फैलाउन उत्तिकै भूमिका खेल्नुभएको पाइन्छ । नेपाल–फ्रान्स सम्बन्धमा विशेष भूमिका खेलेवापत उनले सन् २०१९ मा फ्रान्स सरकारको सर्वोच्च नागरिक सम्मान ‘सभालियँ दँ लोर्द नेसियोनाल द ला लेजियों दो–नोर्’ प्राप्त गर्नुभएका उहाँ नेपाल–फ्रान्स उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । साथै, काभ्रेको धुलिखेलमा मिराबेल होटल खोलेर पर्यटन व्यवसायमा उत्तिकै महत्त्वपूर्ण योगदान रहेको छ ।

 

यो पुस्तकले युवा पुस्तालाई सुरक्षित बाटोभन्दा असहज तर सत्यको खोजमा निस्कन प्रेरित गर्छ । समाजमा आफ्नो स्थान खोज्न सङ्घर्ष गरिरहेका युवा पुस्ताका लागि अत्यन्त उपयोगी यस पुस्तक जीवनमा निरन्तर अगाडि बढ्ने तर कहिल्यै हार नमान्नेको जीवनकथा बनेको छ । पढ्न थालेपछि नसकुन्जेल छाड्न नसकिने गरी पठनीय बनाउन सक्नुले लेखकीय क्षमतालाई देखाउँछ । पुस्तकको अद्योपान्त अध्ययन गर्दा उहाँको जीवन प्रारम्भदेखि नै सङ्घर्ष, खोज र प्रश्नले भरिएको छ ।

 

पुस्तकमा लेखकको फिरन्ते स्वभाव केवल भौगोलिक यात्रासँग सीमित छैन, विचार, दर्शन र जीवन दृष्टिकोणमा समेत अस्थिर देखिन्छ । समग्रमा, यो पुस्तक एउटा व्यक्तिको आत्मकथा मात्र नभई एउटा समय, प्रवृत्ति र चेतनाको कथा पनि हो भन्ने आधारहरू धेरै छन् ।

 

पुस्तकको अङ्ग्रेजी संस्करण ‘एन ओभरल्यान्ड ओडिसी’ ल्याएर अङ्ग्रेजी पाठकलाई समेत सहज पार्नुभएको छ । आफ्नो जीवनको आरोह, अवरोहका बारेमा भावी पिंढीलाई थाहा दिन नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित छ । दुवै पुस्तकमा झण्डै आठ दशक लामो जीवन यात्राका रोचक–घोचक प्रसङ्गहरू इमान्दारीपूर्वक समेटिएका छन् । यी पुस्तक आत्मकथा मात्रै नभएर यात्रा, प्रेम, रोमान्स, अनुभूति र आत्मखोजको रोमाञ्चक दस्तावेजको रूपमा लिन सकिन्छ । इन्डिगो इन्कले प्रकाशनमा ल्याएको नेपाली पुस्तकको मूल्य ७९९ र अङ्ग्रेजीको मूल्य ५९९ रूपैयाँ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

व्यावसायिक कृषिमा रमाउँदै हुप्सेकोटका खेम रजाली

मध्यविन्दु (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–५ पहारे बसेनी भौगोलिक रूपमा दुर्गम बस्तीमध्ये पर्छ । सडक, बजार र सेवा सुविधाको पहुँच सीमित रहेको यस गाउँमा पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ ४२ वर्षीय खेम रजाली मगर । करिब पाँच वर्षअघि...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ,  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भच्र्युअल बैठक आइतबार बस्ने भएको छ ।कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ती जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ८ः३० बजे बस्ने जानकारी दिनुभएको हो । बैठकमा कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२, कांग्रेस सार्वजनिक...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ ।     यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

एघार हतियार बुझाइयो

चितवन, जिल्लामा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले हतियार बुझाउन आग्रह गरे पनि अनुमति लिएका हतियार अपेक्षाकृत रुपमा बुझाइएको छैन ।     चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार...

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

राँझा (बाँके),  बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई सहज बनाएको छ । कानुनको अभावमा सेवा प्रवाह गर्दा भोग्नुपरेका अप्ठेरा, समस्या तथा विषयको गम्भीरतालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट हुने कार्य सम्पादन सहजताका लागि खजुराले कानुन निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष डम्बर विकले...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

काठमाडौँ,  प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यस वर्ष र...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र, तर सामान्य उपचारका लागि अस्पताल जानेको सङ्ख्या घटेन

देवदह (रूपन्देही), नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश गरेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति अघि बढाइएको छ । यही नीतिअनुरूप रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडास्तरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू स्थापना गरिएको छ । नागरिकलाई...

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाडौँ,  यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गर्नुभयो ।   प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९