म्याग्दीमा जलविद्युत्को सम्भावना र चुनावी मुद्दा

म्याग्दी, म्याग्दीमा पछिल्लो दश वर्षयता कूल २८६ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माण सकिएर केन्द्रीय प्रशारण लाइनमा जोडिएका छन् । थप ६२ दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजनाको निर्माण यसै वर्षभित्र सकिएर राष्ट्रिय प्रणालीमा जोडिने तयारीमा रहेका छन् ।

 

कूल २८२ दशमलव २५ मेगावाट क्षमताका नौ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । म्याग्दीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाको केन्द्रीय ग्रिडमा जोड्नका लागि २२० केभी क्षमताको कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन र सवस्टेशन निर्माण भइसकेको छ ।

 

१३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सवस्टेशन निर्माणाधीन छ । सवस्टेशन र प्रसारण लाइन निर्माणसँगै जलविद्युत् आयोजनाले गति लिन थालेको हो । कालीगण्डकी, राहुघाट र म्याग्दी नदी जलाधार क्षेत्रको भूगोलमा विभाजित म्याग्दी जलविद्युत्को हिसाबले सम्भावना बोकेको जिल्ला हो ।

 

प्रशारण लाइन र सवस्टेशन निर्माण गरेर जलविद्युत् आयोजना र लगानी भित्र्याउने मुद्दामा सफल भएका म्याग्दीका राजनीतिक दलका उम्मेदवारहरुले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जलविद्युत्बाट म्याग्देलीको जीवनस्तर सुधार गर्ने मुद्दा अघि सारेका छन् ।

 

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) ले जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता तथा जिल्लाभरका जनतालाई सहज हुने गरी जलविद्युत्मा जोड्ने काम गर्ने बताउनुभयो ।  नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रको सामाजिक क्षेत्रमा परिचालन गर्ने बजेटलाई पारदर्शी र प्रभावकारी बनाउने तथा जिल्लावासीलाई लगानीको वातावरण बनाउन नीति निर्माणमा भूमिका खेल्ने बताउनुभयो ।

 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले म्याग्दीमा निर्माण सम्पन्न भएका आयोजनाहरुले प्रभावितहरुका लागि उपलब्ध गराउनुपर्ने कुल लागतको १० प्रतिशत संस्थापक सेयर लगानीको प्रक्रीयामा भएको ढिलाई प्रति चासो देखाउनुभएको छ ।

 

“प्रभावितलाई सेयर लगानीमा ढिलाई हुनुको कारण र समस्या पहिचान गरेर नीतिगत हिसाबले समाधान गर्नु मेरो प्राथमिकता हुनेछ,” उहाँले भन्नुभयो “थोरै पुँजी भएका सर्वसाधारणहरुले पनि नीतिगत व्यवस्थाअनुसार सेयर लगानीको अवसर पाएमा उनिहरुको आर्थिक स्तर सुधारमा सहयोग पुग्नेछ ।”

 

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा वि.स. २०७७ मा निर्माण सम्पन्न भएको ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनामा संस्थापक सेयर लगानी गरेका प्रभावित क्षेत्रका बासिन्दाले राम्रो मुनाफा आर्जन गरिरहेका छन् । मिस्त्रीखोला र पाँच मेगावाटको घलेम्दीखोला बाहेकका आयोजनाहरुले प्रभावित क्षेत्रका बासिन्दाका लागि संस्थापक सेयर जारी गरेका छैनन् ।

 

अन्तरिम सरकार, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारका रुपमा म्याग्दीमा चुनावी प्रतिस्पर्धा गर्न आउनुभएका  महाबिर पुनले आर्थिक समृद्धि र रोजगारीको लागि जलविद्युत् आयोजनाहरु सम्भावनाको क्षेत्र भएको बताउनुभयो ।

 

म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका बासिन्दालाई जति सक्दो छिटो संस्थापक सेयर लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो । जिल्लाभित्रै रोजगारी, पेसा व्यवसाय, मजदुरी गर्नेदेखि प्रवासी म्याग्देलीहरुले जलविद्युत्मा लगानी गरेर आर्थिकस्तर सुधारको अवसर पाउने उहाँको अपेक्षा छ ।

 

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाटको निलगिरि दोस्रो, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, पाँच मेगावाटको घलेम्दीखोला, छ मेगावाटको रेलेखोला, ४० दशमलव ७ मेगावाट क्षमताको निलगिरि पहिलो जलविद्युत आयोजना निर्माण सकिएको छ । अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा १८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना सुरु भएको छ । ६६.५ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ । रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाटको मङ्गले राहुघाट, ४८ दशमलव ५ मेगावाटको माथिल्लो राहुघाट, २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माण सकिएको छ ।

 

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, र २२ दशमलव ५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारीमा छन् । म्याग्दीखोला जलाधार क्षेत्रमा रहेका २५ मेगावाटको दरबाङ म्याग्दीखोला आयोजना, ५३ मेगावाटको अपर म्याग्दी–१ र ३७ मेगावाटको अपर म्याग्दीले धमाधम टनेल निर्माण गरिरहेका छन् । १४ मेगावाट क्षमताको मुदीखोला र ६५ मेघावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सुरु भएको छ ।

 

रघुगङ्गा गाउँपालिका–७ मा पाँच दशमलब पाँच मेगावाट क्षमताको बगरखोला र धवलागिरि गाउँपालिका–३ मा छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दीको उत्तरी भेगमा बेनीबाट मुस्ताङ सीमावर्ती घाँसासम्मको ३७ किमी खण्डमा बग्ने ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपरकालीगण्डकी तथा ५० दशमलव ५३ मेगावाटको बेनी कालीगण्डकी गरी १७३ दशमलब ५३ मेगावाट क्षमताका आयोजना विद्युत् विकास विभागसँग खरिद सम्झौता गरी निर्माण प्रक्रियामा छन् ।

 

बेनी कालीगण्डकीको ‘एलाइमेन्ट’मा म्याग्दी सदरमुकाम बेनीको अवरोध रहेकाले प्रक्रिया रोकिएको छ । जलविद्युत् आयोजनाले बनाएको पहुँचमार्गले नारच्याङ लेकगाउँ, रघुगङ्गाको दग्नाम, दर्मीजा, चिमखोला, कुइनेमङ्गले, धवलागिरीको खिवाङ, नाउरा, चेचुङ, बगर जस्ता दुर्गम बस्तिमा सडक यातायातको पहुँच पुगेको छ । सामुदायिक उत्तरदायित्वका कार्यक्रमले स्थानीय विकासमा सहयोग पुगेको छ ।

 

यस क्षेत्रबाट निर्वाचनमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, स्वतन्त्र उम्मेदवार डा महाविर पुन, नेत्रबिक्रम चन्द (विप्लप)बाट क्षेत्रबहादुर घिमिरे उम्मेदवार हुनुहुन्छ ।

 

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बन्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् । ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र छन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

म्याग्दीमा जलविद्युत्को सम्भावना र चुनावी मुद्दा

म्याग्दी, म्याग्दीमा पछिल्लो दश वर्षयता कूल २८६ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माण सकिएर केन्द्रीय प्रशारण लाइनमा जोडिएका छन् । थप ६२ दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजनाको निर्माण यसै वर्षभित्र सकिएर राष्ट्रिय प्रणालीमा जोडिने तयारीमा रहेका छन् ।   कूल २८२ दशमलव २५ मेगावाट...

प्रतिनिधिसभा निर्वाचनः जनशक्ति विवरण सङ्कलन धमाधम

महेन्द्रनगर, आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा कर्मचारी (जनशक्ति) परिचालनको गृहकार्य थालिएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत दिलीप भाटले यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जनशक्ति विवरण बुझाउन थालिएको जानकारी दिनुभयो । “हामीले कैलालीमा...

नेप्से परोसूचक २६ अङ्कले घट्यो

काठमाडौँ,  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भएको छ ।आज विभिन्न ३२४ कम्पनीको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर एक लाख दुई हजार २८१ पटक खरिदबिक्री हुँदा रू १०...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

बैतडीको सिगासमा एक पुरुष मृत फेला

दशरथचन्द (बैतडी),  बैतडीको सिगासमा एक पुरुष मृत फेला परेका छन् । सिगास गाउँपालिका–१ दुदीलाखानका ३५ वर्षीय खडकबहादुर विष्ट आज बिहान १० बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनी...

दुर्गमका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर,  भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले गाउँघरमै सेवा पाएका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका आँखा रोगीको पहिचान गर्दै सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गरेको हो ।   आँखा जाँच तथा उपचारका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

काठमाडौँ,  प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यस वर्ष र...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

खोटाङ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली आज यहाँ आएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्नेजस्ता समस्या निवारण नभएपछि सो...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ, आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ । भारतको मुम्बईस्थित वानखडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला व्याटिङ रोजेका छन् । नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्न...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९