कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव

काठमाडौँ,  नेपालमा कुष्ठरोग र सोबाट प्रभावित व्यक्तिविरुद्ध अन्यायपूर्ण रुपमा रहेका विद्यमान नीति तथा कानुनको पुनरावलोकन गर्न एक अध्ययन प्रतिवेदनले सुझाव दिएको छ ।नेपाल कानुन समाजले सासाकावा हेल्थ फाउन्डेसन जापानको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको ‘नेपालमा कुष्ठ प्रभावित व्यक्तिको अधिकार तथा भावी रणनीति अध्ययन प्रतिवेदन, २०८२’ले कुष्ठरोगका कारण हुने सबै प्रकारका विभेद अन्त्य गर्न कानुनी र नीतिगत सुधार आवश्यक रहेको बताएको हो ।

 

 

नेपालमा कुष्ठरोग नियन्त्रणमा उल्लेखनीय प्रगति भए पनि रोगका कारण हुने सामाजिक विभेद, कानुनी अस्पष्टता र सेवा पहुँचको कमजोरी अझै कायम रहेको अध्ययनले देखाएको हो । प्रतिवेदनले सन् २०३० सम्म कुष्ठरोगसँग सम्बन्धित सबै प्रकारका विभेद अन्त्य गर्न नीतिगत, कानुनी तथा संरचनागत सुधार अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।अध्ययनले नेपालमा कुष्ठरोग उन्मूलन घोषणा गरिए पनि सङ्क्रमण पूर्ण रूपमा अन्त्य नभएको र रोगका कारण प्रभावित व्यक्तिहरू अझै सामाजिक, कानुनी तथा आर्थिक विभेदको सामना गरिरहेका उक्त अध्ययनले देखाएको छ ।

 

कुष्ठरोग औषधि सेवनपछि निको हुने र अरुलाई नसर्ने रोग हो । हाल नेपालमा करिब दुई लाखको सङ्ख्यामा कुष्ठरोग प्रभावित व्यक्ति रहेका र करिब दुई हजारदेखि दुई हजार ५०० सम्म व्यक्ति बर्सेनि यो रोगको सङ्क्रमणमा पर्ने गरेको पाइएको छ । तथ्याङ्कहरूमा मधेस तथा लुम्बिनी प्रदेशका तराईका ११ जिल्लामा अहिले पनि प्रति १० हजारमा एक जनाभन्दा बढी व्यक्ति कुष्ठ प्रभावित भएकाले ती जिल्लालाई अति कुष्ठ प्रभावित जिल्ला मानिएको छ ।

 

नेपाल कानुन समाजका प्रमुख कार्यकारी निर्देशक कृष्णमान प्रधानले कुष्ठरोग प्रभावित व्यक्तिले सो रोगका कारण भोग्ने शारीरिक पीडा त छँदै छ त्यो भन्दा पनि गम्भीर कुष्ठ प्रभावित व्यक्तिलाई गरिने सामाजिक विभेद रहेको बताउनुभयो । उहाँका अनुसार अहिले पनि कुष्ठ प्रभावित व्यक्तिलाई परिवार र समाजबाट निकाल्ने र अपमानपूर्ण व्यवहार हुने गरेको पाइएको छ ।

 

उहाँले भन्नुभयो, “कुष्ठरोगबाट प्रभावित व्यक्ति र परिवारले आजको समयमा केकस्ता समस्या भोगिरहेका छन्, संविधान र कानुनले दिएको उनीहरूको हक र अधिकार कसरी प्रयोग भइरहेको छ, यसमा सम्बन्धित सरोकारवालाको भूमिका कस्तो छ, यसबारेमा राज्यको स्पष्ट नीति कस्तो छ भन्ने एकिन गर्न हामीले अध्ययन गरेका हौँ ।”

 

त्यसैगरी, अध्ययनले कुष्ठरोग प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्ने उद्देश्यले विद्यमान नीति, कानुन र संस्थागत संरचनाको समीक्षा गरेको थियो । तर अध्ययनपश्चात निष्कर्षमा विभिन्न कानुनहरूमा अझै पनि कुष्ठरोगका आधारमा हुने विभेद अन्त्य गर्न स्पष्ट र प्रभावकारी व्यवस्था नभएको पाइएको छ ।

 

नेपालको संविधानले सबै प्रकारका विभेदलाई निषेध गर्दै कानुनबमोजिम दण्डनीय हुनेगरी मौलिक हकको व्यवस्था गरेको छ । कसैलाई जाति, लिङ्ग वा अन्य यस्तै आधारमा मात्र होइन व्यक्तिको शारीरिक र स्वास्थ्य अवस्थाका आधारमा समेत भेदभाव गर्न नपाइने संविधानमा उल्लेख छ ।

 

प्रतिवेदनमा उल्लेख भएअनुसार केही कानुनी प्रावधानहरूमा कुष्ठरोगका कारण विवाह बदर गर्न सकिने व्यवस्थाजस्ता विभेदकारी धाराहरू अझै संशोधन हुन बाँकी छन् । यस्ता व्यवस्थाले प्रभावित व्यक्तिको सम्मानजनक जीवनयापन र सामाजिक पुनः एकीकरणमा बाधा पुर्याएको अध्ययनले औँल्याएको छ ।

 

अध्ययनले प्रदेश र स्थानीय तहलाई आवश्यक अधिकार, बजेट र जिम्मेवारी प्रदान गरी प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न, कुष्ठरोग प्रभावित व्यक्तिको सामाजिक पुनः एकीकरणका लागि जीविकोपार्जन तथा सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न, व्यापक जनचेतना कार्यक्रममार्फत समाजमा रहेको डर, भ्रम र कलङ्क अन्त्य गर्न ध्यानाकर्षण गराएको छ ।

 

अध्ययनले कुष्ठरोगलाई केवल स्वास्थ्य समस्याको रूपमा नभई मानवअधिकारको विषयका रूपमा हेर्नुपर्नेमा जोड दिएको छ । राज्यले संविधान र अन्तरराष्ट्रिय सन्धिहरूअनुसार प्रभावित व्यक्तिको सम्मान, सुरक्षा र समान अवसर सुनिश्चित गर्नुपर्ने प्रतिवेदनको ठहर छ ।

 

त्यसैगरी, कुष्ठरोग उन्मूलनको लक्ष्य हासिल गर्न कानुनी सुधार, सामाजिक चेतना र प्रभावकारी सेवा प्रवाहलाई एकसाथ अघि बढाउनुपर्ने अध्ययनले सन्देश दिएको छ । विसं २०८२ वैशाख २५ र २६ गते काठमाडौँमा सम्पन्न पहिलो राष्ट्रिय कुष्ठ रोग सम्मेलन कार्यक्रमबाट प्राप्त सुझावहरूलाई समावेश गरी यो अन्तिम प्रतिवदन तयार गरेर हालै सार्वजनिक गरिएको हो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९