दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

खोटाङ,  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउन थालिएको हो ।

 

 

दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु दुई करोड बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट निर्माण कम्पनीले रु एक करोड सात लाख ७७ हजार ८४७ मा सम्झौता गरेर घर्तीभिरको चट्टान फुटाउन सुरु गरेको भौतिक पूर्वाधार कार्यालयका अधिकृत सीताराम राउतले जानकारी दिनुभयो ।

 

 

दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको सडक भएकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । निर्माणाधीन सडकलाई जोड्नका लागि राजापानीस्थित घर्तीभिर बाधक बन्दै आएको थियो ।सगरथामा लोकमार्गको दिक्तेल–गाईघाट सडकको कहुरे–फोक्सिङटार सडक लामो भएपछि दिक्तेल–रेग्मीटार सडक निर्माण सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ ।

 

 

“दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक साढे १७ किलोमिटर छोटो छ । दिक्तेल बजारबाट तराई जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक भएकाले भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट विनियोजन गराइएको हो”, उहाँले भन्नुभयो, “नगरपालिकाको रु डेढ करोड बढी बजेटमा दिक्तेलबाट घर्तीभिरसम्म र रेग्मीटारबाट घर्तीभिरसम्म दुवैपट्टिको कच्ची सडक निर्माण भइसकेको छ । घर्तीभिरमा ठूला चट्टान रहेकाले प्रदेश सरकार गुहारेका हौँ । यही वर्षबाट सडक सञ्चालन गर्नेगरी प्रदेश सरकारबाट प्राप्त बजेटले काम सुरु गरिएको छ ।”

 

 

दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा पूर्वी तराईका विभिन्न जिल्ला यात्रा गर्न, जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ । घर्तीभिरमा रहेको चट्टान फुटाउन तथा यसअघि निर्माण गरिएका सडक सफा गर्नेगरी यस आर्थिक वर्षका लागि ठेक्का लगाइएको लेखा अधिकृत राउतले जानकारी दिनुभयो ।

 

 

तीव्रगतिमा निर्माण भइरहेको दिक्तेल–रेग्मीटार सडकमा पर्ने दिखुवाखोलामा मोटरेबल पुल निर्माणको काम पनि भइरहेको छ । प्रदेश सडक पुल सहयोग एकाई इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पूर्वाधार विकास कार्यालय खोटाङमा प्राप्त रु तीन करोड बजेटमा ठेक्का आह्वान गर्दा पिङ्गला अन्सुरी फूलबारी जेभीले रु दुई करोड ७० लाखमा सम्झौता गरेर ट्रस पुल निर्माणको काम सुरु गरेको कार्यालयका कन्सल्टेन्सी इन्जिनियर अङ्कित भट्टराईले जानकारी दिनुभयो ।

 

दिखुवाखोलामा मोटरेबल पुल निर्माणका लागि गत जेठमै कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गर्नुभएको थियो । ट्रस प्रयोग गरेर निर्माण गरिने मोटरेबल पुलका लागि आवश्यक स्टिल ट्रष्ट कोशी प्रदेश सडक पुल सहयोग एकाइ इटहरीले निर्माण कम्पनीलाई उपलब्ध गराएको जनाइएको छ ।

 

दिखुवाखोलामा निर्माण सुरु गरिएको ट्रस पुलका लागि आवश्यक रु दुई करोड बढीको स्टिल ट्रस निर्माणस्थलमा झारिएको जनाइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–रेग्मीटार सडकको दिखुवाखोलामा मोटरेबल पुल नहुँदा वर्षात्को समयमा करिब छ महिना यातायात ठप्प हुँदै आएको छ ।

 

कालोपत्रको काम अलपत्र परेको दिक्तेल–महुरे (२० किलोमिटर) तथा महुरे–राजापानी–रेग्मीटार सडक (२९ किलोमिटर) गरी दिक्तेल–रेग्मीटार सडक (५९ किलोमिटर) लामो छ । प्रदेश सरकारको लगानीमा निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक कालोपत्र हुँदै गरेको दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो हुने भएपछि जिल्लावासी पनि उत्साहित बनेका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मिथिलामा १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु

जनकपुर, मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धनुषाको मिथिला विहारी नगरपालिका ठेरा कौचरीस्थित मिथिला विहारी मन्दिरबाट माध्यमिकी परिक्रमा सुरु गर्नुभएको हो ।   मिथिला विहारी नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्रीले परिक्रमाको सुरुआत गराउनुभयो...

जनकपुरधाममा ‘साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव’

धनुषा, मैथिली विकास कोषको आयोजनामा चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव’ आजदेखि सुरु भएको छ । रङ्गभूमि मैदानबाट भव्य सांस्कृतिक झाँकीसहित महोत्सवको औपचारिक उद्घाटन गरिएको हो ।   उद्घाटनका अवसरमा निकालिएको शोभायात्रा रङ्गभूमि मैदानबाट सुरु भई नगर परिक्रमा गर्दै विभिन्न सांस्कृतिक प्रस्तुति र...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ,  आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु २५ ले बढेको छ ।=नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

नौ सय पचपन्न केजी गाँजासहित दुई जना पक्राउ

धरान (सुनसरी), धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीमा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको...

एक महिनामा भक्तपुरमा १५२ वटा आपराधिक घटना दर्ता

भक्तपुर, भक्तपुर जिल्लामा विगत एक महिनाको अवधिमा १५२ वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन् भने विभिन्न घटनामा ११० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै गत माघभरिमा जघन्य तथा गम्भीर अपराधसम्बन्धी दुई वटा हत्याका घटना घटेका जिल्ला...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

पूर्वाधारदेखि रोजगारीसम्मका योजना सार्वजनिक गर्दै सिंह चुनावी मैदानमा

कञ्चनपुर— कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बचनबहादुर सिंहले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार सिंहले क्षेत्रको समग्र विकास र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित योजनाहरू सार्वजनिक गरेका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जर्मन विद्यार्थीको सहयोगमा विद्यालय भवन निर्माण

काभ्रेपलाञ्चोक,  जर्मनका विद्यार्थीको आर्थिक सहयोगमा यहाँको रोशी गाउँपालिका–३ स्थित साझाकोटमा विद्यालय भवन निर्माण गरिएको छ । भीमसेन प्राथमिक विद्यालयको नवनिर्मित एकतले तीनकोठे पक्की भवनको गाउँपालिका अध्यक्ष दिनेश लामा र जर्मनीस्थित हिमालयन परियोजनाका प्रमुख माइकल हुसेनले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।     जर्मनीको ओच्सेहौसेन ग्याम्नासुम हाइस्कुलका करिब...

बाल क्यान्सरका बारेमा सचेतना

चितवन, अन्तरराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा बिपी कोइराला मोमोरियल क्यान्सर अस्पतालले बालबालिकासँग चेतना मूलक एवं सिर्जनात्मक कार्यक्र गरी मनाएको छ । अस्पतालले बालबालिका र उनीहरुको अभिभावकलाई बाल क्यान्सरको बारेमा जानकारी गराएको हो ।   अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९