एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण

टीकापुर (कैलाली),  रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कैलालीको टीकापुरमा निर्माण गरिरहेको शीतभण्डार यसै वर्षबाट सञ्चालन गर्ने तयारी गरिएको छ । शीतभण्डार निर्माणको अन्तिम चरणका विद्युत् जडान तथा ‘रेफ्रिजेरेसन’लगायतका काम भइरहेका छन् ।

 

 

 

निर्माणको म्याद २०८३ मङ्सिर मसान्तसम्म रहेकाले यसै वर्षबाट सञ्चालन गर्नेगरी काम भइरहेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेलले बताउनुभयो ।शीतभण्डार निर्माणपछि रानी जमरा कुलरिया शीतभण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिनेछ । रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल कुला समितिले यतिबेला शीतभण्डारको सेयर वितरण गरिरहेको छ । एकाइका प्रमुख कँडेलले शीतभण्डार गत वर्ष ८५ प्रतिशत निर्माण सम्पन्न भएको र यस वर्ष बाँकी काम सुरु भएको जानकारी दिनुभयो ।

 

“बाँकी रहेको निर्माण र विद्युत् तथा रेफ्रिजेरेसन कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “यी दुई कार्यका लागि छुट्टाछुट्टै ठेक्का गरी रु एक करोड ३४ लाख ६६ हजार ९१५ मा निर्माण सुरु भएको छ । अहिले आयोजनाको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत लगानी छ ।”

 

 

 

यसअघि आयोजनाको ८० प्रतिशत र उपभोक्ताको २० प्रतिशत लगानीमा रु सात करोड छ लाख ६९ हजारमा शीतभण्डार निर्माण भएको हो । एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार विशेष गरी आलु भण्डारणका लागि प्रयोग गर्ने योजना छ । “आयोजनाले शीतभण्डार सञ्चालन कार्यविधि निर्माण गर्दैछ र व्यावसायिक योजना बनाइसकेको छ”, उहाँ भन्नुहुन्छ, “भवन निर्माणपछि जल उपभोक्ता मूल समितिलाई हस्तान्तरण गर्ने र केही समय सञ्चालनमा लागि आयोजनाले सघाउनेछ ।”

 

 

शीतभण्डार सञ्चालनका लागि मूल कुला समितिमा आबद्ध किसान उपभोक्ताले यसअघि रु एक करोड ३१ लाख लागत सहभागिता जनाएका छन् । यसपटक रु ३३ लाख लगानी गर्नुपर्नेछ । यस वर्ष जल उपभोक्ता समितिले रु सात लाख लगानी गरेको बाँकी रकम उठ्ने क्रममा रहेको जनाइएको छ । उपभोक्ताले शीतभण्डार निर्माणका लागि तिर्नुपर्ने रकममा २०८१ सालमा टीकापुर नगरपालिकाले रु ७४ लाख सहयोग गरेको थियो भने चालु आवमा जानकी गाउँपालिकाले पनि रु १५ लाख छुट्याएको छ ।

 

 

 

उपभोक्ता समितिमा चार हजार ५९६ सेयर सदस्य छन् । जसमा ७१ हजार ६८३ सेयर कित्ता रहेको छ भने सेयर रकम ७१ लाख ६८ हजार ३०० पुगेको रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल कुला समितिका सचिव परशुराम महतोले बताउनुभयो । “अहिले पनि किसानलाई सेयर वितरण भइरहेको छ”, उहाँले भन्नुभयो, “शीतभण्डार सञ्चालन भएमा यहाँका आलु र फलफूलखेती गर्ने किसानलाई राहत हुनेछ ।”

 

 

जानकी गाउँपािलकाका अध्यक्ष गणेश चौधरीले आयोजना सुरु गर्दा सिँचाइ सुविधा पुर्याउने र कृषि उत्पादन बढाउने उद्देश्यमात्र रहे पनि विस्तारै शीतभण्डार, विद्युत् उत्पादनजस्ता कार्य गरी सुविधा विस्तार गरेको बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, “हाम्रा पुर्खाले खनेर बनाएका कुला आधुनिकीकरण भएका छन् । खेतमा सिँचाइ सुविधा पुगेको छ । आयोजना विस्तारका क्रममा बाटो, पुलपुलेसा, तटबन्ध निर्माणसँगै बिजुली उत्पादन गरी वार्षिक रु १५ करोडको विद्युत बिक्री भइरहेको छ । अब हामीले हाइड्रोपावरको किसानले पनि सेयर पाउनुपर्ने माग गरेका छौँ ।”

 

 

अध्यक्ष चौधरीले हरेक परियोजनाबाट लक्षित वर्गलाई फाइदा हुनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै शीतभण्डार सञ्चालनले पनि यहाँका किसानको आर्थिकस्तरमा सुधार आउनुपर्नेमा जोड दिनुभयो । टीकापुर साना सहरी खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष खडक धामीले सिँचाइ आयोजनाले किसानको क्षमता अभिवृद्धि, उत्पादन वृद्धिसँगै उत्पादन भण्डारणमा समेत सघाउँदा खुसी लागेको बताउनुभयो ।

 

 

मूल कुला समिति टीकापुरका अध्यक्ष कुमारराज शाहीले शीतभण्डार सञ्चालनमा सघाउने सिँचाइ आयोजना, स्थानीय पालिका टीकापुर र जानकी, सेयर लिएर सघाउने किसान सबैलाई धन्यवाद दिनुभएको छ । पहिले रानीजमराको कमाण्ड क्षेत्र टीकापुर, जानकी, लम्कीचुहामात्र थियो भने अहिले तेस्रो चरणसम्म पुग्दा क्षेत्र विस्तार भएर भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर, बर्दगोरिया गाउँपालिका पनि थपिएकाले त्यहाँका किसान सेयर सदस्य बन्न पाउने व्यवस्था छ ।

 

सिँचाइ आयोजनाले शीतभण्डार सञ्चालनमा आउने भएपछि यहाँ आलुखेती प्रवर्द्धनमा किसानलाई सघाइरहेको छ । आयोजनाले चालु आवमा दुई हेक्टरमा आलुको बिजवृद्धि सहयोग र १६२ हेक्टरमा आलु क्षेत्र विस्तार सहयोग कार्यक्रम गरेको छ । यसमा २५६ किसान लाभान्वित भएका छन् । आयोजनाले आगामी वर्ष आलु बालीको उत्पादन, बजारीकरण र स्याहारका लागि रु तीन करोड बजेट प्रस्ताव गरेको छ । आगामी वर्ष २५० हेक्टरमा आलुखेतीमा सघाउने योजना बनाएको जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

मन्त्रिपरिषद्को बैठक केहीबेरमा

काठमाडौँ, मन्त्रिपरिषद्को बैठक केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दैछ ।प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको जानकारी दिनुभएको हो ।राष्ट्रिय समाचार समिति (रासस) ...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९