वन्यजन्तुका डरले बसाइँसराइ

चैनपुर (बझाङ), खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशुचौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ । यसरी बेँसी झर्दा तिनलाई पछ्याउँदै वन्यजन्तुहरू पनि तल झर्न थाल्छन् । आहाराको खोजीमा चितुवा, भालु, स्याललगायत वन्यजन्तु बेँसी झर्दा बाली र पशुधन क्षतिका घटना बढ्दै गएका छन् ।

 

 

बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका १० वटा वडा, बाजुराको छेडेदह गाउँपालिकाका दुई  वडा, अछामको साँफेबगर नगरपालिकाका छ वडा, डोटीका सायल गाउँपालिका र पूर्वीचौकी गाउँपालिकाका छ वटा वडा गरी खप्तड फेदीका पाँच गाउँपालिका र एक नगरपालिकाका कुल २४ वटा वडाका बासिन्दाले यस्तै समस्या भोग्नु परेको छ । यहाँ मानव— वन्यजन्तु द्वन्द्वको जोखिमसमेत बढ्दै गएको छ ।

 

 

वन्यजन्तुको बढ्दो जोखिम

राष्ट्रिय निकुञ्जबाट आउने चितुवा, भालु, बँदेल, स्याल, दुम्सी र बाँदरबाट स्थानीयवासी हैरान छन् । चार दशक पशुपालनमा बिताउनुभएकी खप्तड छेडेदह गापा–१, शेरागाउँकी अम्बादेवी रोकायाले वन्यजन्तुबाट पशुधनको रक्षा गर्न निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । “चितुवा, भालु, स्यालले हरेक वर्ष मेरै पनि दुई÷चार चौपाया मारेकै हुन्छन्”, उहाँ भन्नुहुन्छ ।

 

 

रोकायाले बँदेल, स्याल, दुम्सीले बाह्रैमास तथा चितुवा र भालुले प्रायः हिउँदमा बढी नोक्सान पु¥याइरहेका छन् । खप्तडछान्ना गाउँपालिकाको पशु शाखाको तथ्याङ्कले पनि जङ्गली जनावरबाट हुने पशुधन क्षति भदौ, असोज र पुस महिनामा बढी हुने गरेको देखाउँछ । दुई वर्षको तथ्याङ्क हेर्दा असोजमा एकै गाउँमा ११, भदौमा आठ र पुसमा पाँच वटा चौपाया वन्यजन्तुले मारेको शाखा प्रमुख अमरराज गिरीले बताउनुभयो ।

 

 

उक्त पालिकाको मेल्तडीमा मात्रै मङ्सिरमा दुई, जेठमा तीन, फागुन, कात्तिक र साउनका एक÷एक पशुधनको क्षति भएको उहाँले बताउनुभयो । “यो तथ्याङ्क एउटा गाउँ मेल्तडीको मात्रै हो । यहाँ वैशाख, असार, माघ र चैतमा भने यस्ता घटना भएको देखिँदैनन् ”, गिरीले भन्नुभयो ।

 

 

तथ्याङ्कअनुसार गत वर्ष पुस १७ गते चितुवाले थलारा, देवस्थलीमा घर नजिकै बाँधेर चराउँदै गरेका तीन वटा बाख्रा मारेको थियो । यस्तै, पुस २५ मा थलारा गाउँपालिका–८, कोइरालकोटमा खडकबहादुर सिंहका १० बाख्रा मारेको थियो । घर नजिकैको डाँडाबाघ मध्यवर्ती सामुदायिक वनको ककनेडी घोडिबिन्ना हलाने वनमा चर्दै गरेका बेला चितुवाले उहाँका बाख्रा मारको हो । सोही महिना आसपास अदुकाली, घोडादाउना, दुवाली, कोइरालकोट र देवस्थलीमा चितुवाले दुई दर्जनभन्दा बढी पशुचौपाया नोक्सान गरेको देखिन्छ ।

 

 

त्यसअघि २०८१ सालमा चितुवाले खप्तड छेडेदह–१, शेरागाउँकी अम्दादेवी रोकायाको गोठ नै रित्तो पारिदियो । यस्तै, खप्तड राष्ट्रिय निकुञ्जबाट दशौँ किलोमिटर टाढा थलारा–२ कालापानी बिसौनामा रवीन्द्र खातीका ११ वटा बाख्रा नोक्सान गरेको थियो । भारतमा १२ वर्ष काम गरेर गाउँमै आत्मनिर्भर हुन फर्केका खाती जङ्गली जनावरले क्षति गरेपछि उहाँ फेरि भारत फर्किन बाध्य हुनुभएको छ ।

 

 

सोही वर्ष बर्खे ‘सिजन’ सकिनै लाग्दा खप्तडछान्ना गाउँपालिका–३, लोखाडाका सर्जन रावलका हल गोरूसहित सात वटा गाई र तीन वटा बाख्रा भालुको सिकार भए । पशुचौपाया मात्रै होइन, यहाँ मानिसहरू पनि जङ्गली जनावरको आक्रमणमा पर्ने गरेका छन् ।

 

 

गत वर्ष फागुनमा खप्तडछान्ना गाउँपालिकाको खालीगडामा भेडा–च्याङ्ग्रा चराइरहेका राजमल शाहीलाई चितुवाले दिउँसै चितुवाको आक्रमण गरेको थियो । त्यसअघि खप्तडछान्ना गाउँपालिका–३, लोखाडाको माथिल्लो डाँडामा बाख्रा चराइरहेका हिक्मत रावललाई भालुले आक्रमण ग¥यो ।  त्यसबाट उहाँ डेढ वर्ष थला पर्नुभयो । यी त प्रतिनिधिमूलक घटना मात्रै हुन्, खप्तड राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा आउने वन्यजन्तुबाट यहाँका धेरै नागरिक समस्यामा पर्ने गरेका छन् ।

 

 

 

वन्यजन्तुका डरले बसाइँसराइ

डोटीको सायल गाउँपालिका, भल्माका धनबहादुर विष्ट जङ्गली जनावरले पशुधनको मात्र नभई खेतीबालीको पनि नोक्सान गर्ने गरेको बताउनुहुन्छ । वन्यजन्तुको बढ्दो गतिविधिले पशुधन र खेतीबाली नष्ट हुने क्रम नरोकिएपछि मानिसहरू यहाँबाट बसाइँसराइ गर्न बाध्य हुन थालेको उहाँको गुनासो छ ।

 

विष्टका अनुसार, केही वर्ष अघिसम्म भल्मा गाउँमा ८२ परिवार थिए, हाल यहाँ करिब १२ परिवार मात्रै रहेका छन् । “निकुञ्जबाट गाउँ पस्ने जनावरहरूकै कारण बस्ती खाली हुँदैछन् । यहाँ रहेका धेरै परिवार बसाइँ सरिसके, हाल १०÷१२ परिवार मात्र बाँकी छौँ”, उहाँले भन्नुभयो ।

 

डिभिजन वन कार्यालय बझाङका वरिष्ठ अधिकृत (उपसचिव) शम्भु तिवारीले जङ्गलमा बाघ, चितुवालगायत हिंस्रक जनावरको सङ्ख्या बढ्न थालेकाले समस्या पनि बढेको बताउनुभयो । बाघ, चितुवा प्रजातिका भाले आहारा र आफ्नो क्षेत्र विस्तारका लागि पनि जङ्गलको बाहिरी क्षेत्रमा आउन थालेको उहाँले सुनाउनुभयो ।
“एकापसमा भिडेर हार्ने भाले बाघ वा चितुवाले नयाँ क्षेत्र बनाउँदा बस्ती नजिक पनि पुग्ने गरेको पाइन्छ”, वरिष्ठ अधिकृत तिवारी भन्नुहुन्छ, “त्यसरी गएको ठाउँमा आफू सुरक्षित हुन र आहारा खोज्दा मानव वा घरपालुवा जनावरलाई सिकार बनाउन खोजेको देखिन्छ ।”

 

 

मान्छेबाट वन्यजन्तु पनि असुरक्षित

वन्यजन्तुले मान्छेलाई मात्र होइन, मान्छेले पनि निकुञ्जका संरक्षित वन्यजन्तुलाई नोक्सान पु¥याउने गरेका छन् । खप्तड राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०४२÷४३ देखि २०८१÷८२ सम्म वन्यजन्तुसम्बन्धी १६ वटा मुद्दा दायर भएको तथ्याङ्क छ । यस्तै, आठवटा वनसम्बन्धी र एउटा अतिक्रमणसम्बन्धी मुद्दा परेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम कडायतले बताउनुभयो ।

 

 

मध्यवर्ती क्षेत्रवासीले हरेक वर्ष वैशाखपछि हजारौँ पशुचौपाया चरिचराउका लागि निकुञ्जमा छाड्ने चलन छ । कतिपयले पोषिलो बुकी घाँस खाऊन् भनेर त कतिले घरमा पाल्नका दुःखले पनि खप्तडमा वस्तु छोडेका हुन्छन् । तीमध्ये कतिपय बाघ, भालु, ब्वाँसोको सिकार बन्छन् । यसरी निकुञ्जभित्र वन्यजन्तुबाट नोक्सान हुने पशुधनको यकिन भने हुँदैन ।

 

राहतको व्यवस्था

वन्यजन्तुबाट हुने जीउधनको क्षतिबापत राहत उपलब्ध गराई वन्यजन्तु र स्थानीय बासिन्दाबीचको अन्तरसम्बन्ध कायम गर्ने उद्देश्यले वन तथा भू–संरक्षण मन्त्रालयले ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९ (दोस्रो संशोधन २०७४) बनाई कार्यान्वयन गरिरहेको छ ।

 

 

खप्तड राष्ट्रिय निकुञ्जले पनि सोही निर्देशिकाअनुसार क्षति व्यहोरेका र आवश्यक सबै कागजात पु¥याउने पशुधनीहरूलाई राहत दिइरहेको छ । आर्थिक वर्ष २०७६÷७७ देखि २०८१÷८२ सम्मको अवधिमा चितुवा र भालुको आक्रमणबाट नोक्सान भएका चार सय ६८ पशुधनको राहत दिएको निकुञ्ज कार्यालयले जनाएको छ । यसैगरी, सोही अवधिमा अन्नबाली क्षतिमा पनि एक सय २० वटा घटनाको राहत दिएको देखिन्छ ।

 

 

सामुदायिक वनअन्तर्गतको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष खप्तडछान्ना गाउँपालिका–३ मेल्तडीका मेखराज रावल वन्यजन्तुले गरेको क्षतिमा राहत लिन निकै कम गाउँलेले मात्र रिफारिस लिएको बताउनुहुन्छ । राहत लिन झन्झटिलो प्रक्रिया भएकाले क्षति बेहोरेकामध्ये धेरैले चासो नराख्ने गरेको उहाँको भनाइ छ ।

 

 

राहत प्रक्रियालाई सहज बनाउन वनले सबै अधिकार स्थानीय तहलाई दिनुपर्ने समाजका अगुवा खप्तडछान्ना गाउँपालिका–५ का दीपेन्द्रकुमार जोशी बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “हालसम्म वन ऐनअनुसार सबै प्रक्रिया पूरा गरेर राहत दिने गरिएको छ । यसको अधिकार स्थानीय तहमा दिए धेरै पीडित नागरिक लाभान्वित हुने थियौँ”, उहाँले भन्नुभयो ।

 

 

खप्तड राष्ट्रिय निकुञ्जका पूर्वप्रमुखसमेत रहनुभएका सरोजमणि पौडेल क्षति न्यूनीकरणका लागि वन्यजन्तुहरू सहजै गाउँ र गाउँका चौपाया पनि निकुञ्ज क्षेत्र पस्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुहुन्छ । त्यसका लागि वस्ती नजिक भएका ठाउँमा घरपालुवा र वन्यजन्तुको आवतजावत रोक्नका लागि सोलारबाट सञ्चालित करेन्टको झट्का दिने दुईसरो तार लगाउन सके मानव—वन्यजन्तु द्वन्द्व र अन्य क्षति कम गर्न सकिने उहाँको भनाइ छ ।

 

 

“राहत प्रक्रियालाई सहज बनाउने कुरा त छँदैछ । त्योभन्दा पनि वन्यजन्तु र पशुधन क्षति न्यूनीकरणका लागि निकुञ्ज, मध्यवर्ती क्षेत्रका समुदाय र स्थानीय सरकारबीच थप प्रभावकारी समन्वय गरी घरपालुवा जनावरलाई जङ्गलमा नलिने र जङ्गली जनावरलाई जङ्गलबाहिर नआउने अवस्था बनाउन लाग्नुपर्छ”, हाल बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख रहनुभएका पौडेलको सुझाव छ । भूमिराज पिठातोली / रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड

काठमाडौँ,  नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।पर्यटन बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र अनलाइन ‘प्लेटफर्म’मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र लागू गरिएको, नेपालमा बसाइ...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बाबु–छोरा नै जटिल रोगबाट थला परेपछि गाउँलेले थाले सहयोग

महेन्द्रनगर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुबा–छोरा नै जटिल रोगबाट थला परेपछि स्थानीयले उपचारका लागि चन्दा सङ्कलन गर्न थालेका छन् । शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४२ वर्षीय महेन्द्र राना दुवै मिर्गाैला खराब गएर उपचारत रहेकै बेला उहाँका १९ वर्षीय छोरा रोहित रानालाई ‘ब्लड क्यान्सर’ देखिएपछि स्थानीयले सहयोगको याचना...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९