मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण कार्यसम्पादन नेपाल सरकारले गत कात्तिक २९ गतेको निर्णयअनुसार कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) र स्थानीय तहलाई हस्तान्तरण गर्ने योजनाअनुसार आन्तरिक राजस्व कार्यालय बाग्लुङले मुस्ताङमा पहिलो पटक लोमान्थाङ गाउँपालिकाबाट दर्तासम्बन्धी अख्तियारी हस्तान्तरण गरेको आन्तरिक राजस्व कार्यालय बाग्लुङका कर अधिकृत राजन गमालले जानकारी दिनुभयो ।

 

 

यसअघि विभागको परिपत्रअनुसार आन्तरिक राजस्व कार्यालय बाग्लुङले पर्वतको पैँयु गाउँपालिका, बाग्लुङको गल्कोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकामा कर दर्ता सेवासम्बन्धी सेवा विस्तार गरेको थियो । कर अधिकृत गमालका अनुसार यसअघि व्यक्ति तथा व्यवसाय दर्ताका लागि आन्तरिक राजस्व कार्यालय बाग्लुङ धाउनुपर्ने अथवा जोमसोम जानुपर्ने अवस्था रहेकामा व्यवसाय दर्ता गर्ने सम्बन्धित व्यक्ति वा व्यवसायीहरूले गाउँपालिकाबाटै व्यवसाय दर्तासम्बन्धी सबै काम गर्न सकिने व्यवस्था मिलाइएको कर अधिकृत गमालको भनाइ छ ।

 

 

मुस्ताङमा आन्तरिक राजस्व कार्यालयले यहाँका पाँच स्थानीय तहमध्ये उपल्लो मुस्ताङको लोमान्थाङबाट कर सेवा सञ्चालनमा ल्याएको हो । योसँगै आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्र पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा कर सेवा विस्तार गर्ने क्रममा  लोमान्थाङ गाउँपालिको चौथो स्थानीय तह भएको आन्तरिक राजस्व कार्यालय बाग्लुङले जनाएको छ ।

 

 

गाउँपालिकामा करदाता सेवा सञ्चालन भएसँगै स्थानीय उद्योगी र व्यवसायी करदातालाई कर दर्तासम्बन्धी सहज भएको छ । सरकारले कर भुक्तानी तथा कर चुक्ता प्रमाणपत्र लिने लगायतका व्यवस्था ‘अनलाइन’ प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था गरिसकेको छ ।

 

 

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा आन्तरिक राजस्व कार्यालयको कर सेवा हस्तान्तरण भएसँगै स्थानीय व्यवसायीहरूलाई निकै सहज भएको गाउँपालिका उपाध्यक्ष छ्युमी बिष्टले उल्लेख गर्नुभयो । व्यवसाय दर्ताका लागि लामो यात्रा र महँगो खर्च गरेर जोमसोम र बाग्लुङ कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको र यसले व्यवसायको समय बचत भएको उपाध्यक्ष बिष्टको भनाइ छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९