पार्किङ’ शुल्कबाट सङ्कलित रकम शैक्षिक सुधारमा

गलकोट (बागलुङ),  बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरको ‘पार्किङ’ शुल्कबाट सङ्कलन गरिएको रकमलाई शिक्षा क्षेत्रमा खर्च गर्न थालिएको छ ।कालिका भगवती गुठी व्यवस्थापन समितिले पार्किङ शुल्कबाट सङ्कलित रकमलाई विद्यालयको शैक्षिक सुधारमा खर्च गर्न दुई विद्यालमा रु चार लाखको अक्षयकोष स्थापना गरेको हो । व्यवस्थापन समितिले पदभार ग्रहण गरेको माघ महिनादेखि वैशाखसम्म सङ्कलित रकमबाट बालमन्दिर आधारभूत विद्यालय बागलुङ नगरपालिका–२ र रामरेखा आधारभूत विद्यालय बागलुङ नगरपालिका–१ रामरेखामा रु दुई÷दुई लाखको अक्षयकोष स्थापना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो ।

 

 

उहाँले माघ महिनादेखि पार्किङबाट सङ्कलन भएको रु चार लाख रकमलाई विद्यालयको शैक्षिक सुधारमा खर्च गर्नका लागि विपन्न्न र गरिब परिवारका छोराछोरी पढ्ने विद्यालयमा अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयो । “पहिलो चरणमा दुई विद्यालयको कोष स्थापना गरेका छौँरु उक्त कोषको ब्याजबाट विद्यार्थीलाई शैक्षिक सामग्री खरिदमा सहयोग पुग्नेछ, पार्किङ शुल्कबाट आएको रकमले दुई वटै विद्यालयमा कोष वृद्धि गरेर चार÷चार लाख पु¥याइने छ”, उहाँले भन्नुभयो, “मन्दिरको पार्किङबाट सङ्कलन भएको रकम यसअघि मानव सेवा आश्रमलाई प्रदान गरिएको थियो, अब जिल्लाका विपन्न परिवारका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयमा उक्त कोष स्थापना गरिनेछ ।”

 

 

समितिले आवश्यकताका आधारमा थप सामुदायिक विद्यालयमा क्रमशः ‘कालिका भगवती गुठी अक्षयकोष’ स्थापना गर्दै जाने जनाएको छ । उक्त कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । मन्दिरको सामाजिक उत्तरदायित्वअनुसार शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले कोष स्थापना गरिएको हो ।

 

 

 

कोष स्थापनाले विद्यालयलाई केही राहत पुग्ने रामरेखा आधारभूत विद्यालयका प्रधानाध्यापक सिर्जना पौडेलले जानकारी दिनुभयो । विद्यालयमा सीमान्तकृत माझी समुदायका छोराछोरी, अपाङ्ग भएका विद्यार्थीसहित १३० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो ।

 

 

उहाँले अधिकांश विद्यार्थी निम्नआय भएका परिवारबाट भएकाले सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्रबहादुर केसीले विद्यार्थीको पोसाक, खाजा, झोला तथा यातायातजस्ता आवश्यकता विभिन्न निकायको सहयोगबाट व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै कालिका गुठीको सहयोग विद्यार्थीको उज्ज्वल भविष्यका लागि महत्वपूर्ण हुने जानकारी दिनुभयो ।

 

 

समितिका अनुसार पार्किङ व्यवस्थापनमा खटिएका कर्मचारीको खर्च कटाएर २०८२ माघदेखि २०८३ वैशाखसम्म चार लाख रकम सङ्कलन भएको कालिका मन्दिरले जनाएको छ ।हाल पार्किङ शुल्क स्वेच्छिक राखिएको भए पनि सामान्यतया मोटरसाइकल रु १० देखि चारपाङ्ग्रे सवारीसाधनबाट रु ५० सम्म सङ्कलन हुँदै आएको छ । आर्थिक अवस्था कमजोर भए पनि अध्ययन गर्न इच्छुक विद्यार्थीलाई यस्तो अक्षयकोषले महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौँ,  सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक प्रदूषण नियन्त्रण र वातावरणीय मापदण्डको पालनामा राज्य कठोर रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।     वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा आयोजित छलफलमा उहाँले उद्योगीलाई वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न र प्रदूषण नियन्त्रणमा गम्भीर बन्न...

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

दाङ,  तुलसीपुरको प्रमुख पर्यटकीयस्थल राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब शनिबारका दिनमा निःशुल्क रूपमा आँखा जाँच सेवा पाउने भएका छन् ।तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा अवस्थित सो उद्यान अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकले राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग...

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन,  नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।   कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार हस्ताक्षरित राष्ट्रिय सहमतिले यसअघि गरिएको...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९