एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती

कञ्चनपुर,  एचआइभी एडस सङ्क्रमणको उपचार र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सङ्क्रमित व्यक्तिप्रति समाजमा कायम रहेको लाञ्छना, भेदभाव र गलत धारणा अझै ठूलो चुनौतीका रूपमा रहेको छ । एचआइभीबारे पर्याप्त जानकारी नहुँदा सङ्क्रमितहरू सामाजिक बहिष्कार, अपमान, मानसिक तनावलगायत समस्या भोग्न बाध्य छन् ।

 

स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा आज शुक्लाफाँटा नगरपालिकामा सम्पन्न ‘एचआइभी एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम’मा सहभागी वक्ताहरूले एचआइभी सङ्क्रमित व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नसकेसम्म सङ्क्रमण नियन्त्रणको अभियान पूर्ण रूपमा सफल हुन नसक्ने बताए  ।

 

कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका एचआइभी फोलक पर्सन नरेन्द्रसिंह रावलले एचआइभीको वर्तमान अवस्था, सङ्क्रमणका कारण, रोकथामका उपाय तथा सङ्क्रमित व्यक्तिमाथि हुने सामाजिक विभेदका विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ सम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा एचआइभी सङ्क्रमित तीन हजार ७२३ रहेका छन् । सोही क्रममा ५५ हजार २२८ गर्भवतीको जाँच गरिएकामा जसमध्ये एचआइभी सङ्क्रमित तीन जना मात्रै रहेका छन् ।

 

प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा एचआइभी पोजेटिभको सङ्ख्या एक हजार ७४५ रहेको छ । दार्चुलामा सङ्क्रमितको सङ्ख्या ४५ रहेको छ । यसैगरी, अछाममा ५८४,  डोटीमा ४९३, कञ्चनपुरमा ४६०, बैतडीमा ११८, डडेल्धुरामा ११५, बझाङमा ९१ र बाजुरामा ६२ एचआइभी सङक्रमित रहेका छन् । उहाँका अनुसार नेपालमा एचआइभी सङ्क्रमितको अनुमानित सङ्ख्या ३४ हजार ३३७ छ । तीमध्ये १९ हजार २७९ पुरुष, १४ हजार महिला तथा एक हजार ५८ बालबालिका रहेका छन् ।

 

सन् २०२४ को अन्त्यसम्म ३० हजार २१७ जनामा सङ्क्रमण पहिचान भइसकेको छ भने २६ हजार २८८ जना नियमित उपचारमा रहेका फोलक पर्सन रावलले बताउनुभयो । उहाँले एचआइभी सङ्क्रमितलाई समाजले अझै पनि नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताउँदै यसले सङ्क्रमितको आत्मविश्वास घटाउने, मानसिक समस्या निम्त्याउने र उपचार प्रक्रियामा समेत असर पार्ने बताउनुभयो ।

 

“धेरै व्यक्तिहरू एचआइभीको नाम सुन्नासाथ डराउने र सङ्क्रमितलाई अलग व्यवहार गर्ने गर्छन्,” शुक्लाफाँटा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत पदमबहादुर महराले भन्नुभयो, “तर अहिले औषधि सेवन गरेर एचआइभी सङ्क्रमित व्यक्तिले सामान्य जीवन बिताउन सक्छन्, उहाँहरूलाई समाजबाट टाढा राख्नु वा अपमान गर्नु गलत हो ।”

 

एचआइभीसम्बन्धी गलत धारणाकै कारण धेरै जना परीक्षण गराउन हिच्किचाउने गरेका छन् । समयमै परीक्षण र उपचार सुरु गर्न नसक्दा सङ्क्रमण थप जटिल बन्ने जोखिम छ । कार्यक्रममा एचआइभी सङ्क्रमणका मुख्य माध्यमबारे जानकारी दिँदै असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग, लागूऔषध प्रयोग गर्दा सुई साटासाट गर्ने व्यवहार, सङ्क्रमित औजारको प्रयोग तथा आमाबाट बच्चामा सङ्क्रमण सर्न सक्ने बताइएको थियो ।

 

गर्भावस्था, प्रसूति तथा स्तनपानको समयमा आमाबाट बच्चामा सङ्क्रमण सर्न सक्ने भएकाले गर्भवती महिलाको नियमित परीक्षण आवश्यक रहेको जानकारी दिइयो । स्वास्थ्यकर्मी हरि नाथले  खोक्दा, हाछ्युँ गर्दा, हात मिलाउँदा, अँगालो हाल्दा, सँगै बसेर खाना खाँदा, एउटै भाँडाकुँडा प्रयोग गर्दा, सार्वजनिक शौचालय प्रयोग गर्दा, लामखुट्टेले टोक्दा वा एउटै कार्यस्थलमा काम गर्दा एचआइभी नसर्ने स्पष्ट पार्नुभयो । उहाँले एचआइभी सङ्क्रमितसँग सामान्य सामाजिक सम्बन्ध राख्न कुनै जोखिम नरहेको बताउँदै यस्ता भ्रमले नै लाञ्छना र विभेदलाई बढावा दिएको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा एचआइभी सङ्क्रमित व्यक्तिमाथि हुने लाञ्छना र भेदभावका असरबारे पनि चर्चा गरिएको थियो । सङ्क्रमित व्यक्तिमा एक्लोपनको भावना बढ्ने, आत्मविश्वास घट्ने, मानसिक तनाव, चिन्ता, निराशा तथा सामाजिक गतिविधिबाट टाढा हुने समस्या देखिने स्वास्थ्यकर्मीहरूले बताएका छन् । यस्ता व्यवहारका कारण कतिपय व्यक्तिहरू उपचारबाट समेत टाढा रहने, आफ्नो स्वास्थ्य अवस्था लुकाउने तथा परीक्षण नगराउने प्रवृत्ति बढ्ने बताइएको थियो । कार्यक्रमका सहभागीले एचआइभी सङ्क्रमितप्रति सम्मानजनक व्यवहार गर्दै भेदभावरहित र समावेशी समाज निर्माणका लागि जनचेतना अभिवृद्धि गर्नुपर्ने निष्कर्ष निकालेका थिए । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम,  कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो ।   सर्पदंशपछि उपचारका लागि उहाँलाई राति नै...

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

दाङ,  तुलसीपुरको प्रमुख पर्यटकीयस्थल राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब शनिबारका दिनमा निःशुल्क रूपमा आँखा जाँच सेवा पाउने भएका छन् ।तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा अवस्थित सो उद्यान अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकले राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र...

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम,  कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो ।   सर्पदंशपछि उपचारका लागि उहाँलाई राति नै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार हस्ताक्षरित राष्ट्रिय सहमतिले यसअघि गरिएको...

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम,  कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो ।   सर्पदंशपछि उपचारका लागि उहाँलाई राति नै...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९