बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’

लमजुङ,  कुनै समय असार लागेसँगै खेतमा रोपाइँको चहलपहल बढ्थ्यो । असारभित्रै अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो । साउन लाग्दा नलाग्दै रोपाइँ भएको खेत हरियाली छाएको देखिने किसानको परम्परागत क्यालेन्डर थियो । तर पछिल्ला वर्षमा मौसममा आएको परिवर्तनसँगै  रोपाइँ हुने समय असारमा वर्षाद् नहुँदा पानीको अभावमा किसानको विगतको ‘क्यालेन्डर’ फेरिन थालेको छ ।

 

 

यो वर्ष असार सकिन लाग्दा खोला र खोल्सामा पानी नहुँदा अहिलेसम्म लमजुङका धेरै खेतमा रोपाइँ हुन सकेको छैन । अझै पनि किसान पानी पर्ने आशामा आकाशतिर हेरिरहेका छन् । धान रोपाइँको मुख्य समय मानिने असारको अन्त्यसम्म पनि जिल्लामा अपेक्षित रूपमा रोपाइँ हुन नसक्दा कतिपय किसान चिन्तित छन् । समयमा पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा नभएका क्षेत्रका किसान बढी प्रभावित भएका छन् । कतिपय स्थानमा खोलाको पानी, कुलो तथा अन्य वैकल्पिक स्रोत प्रयोग गरेर रोपाइँ भइरहेको छ भने धेरै किसान अझै वर्षाको प्रतीक्षामा छन् ।

 

 

कृषि विकास कार्यालयका प्रमुख किरण सिग्देलका अनुसार असार २७ गतेसम्म जिल्लामा करिब ३० प्रतिशत मात्र धान रोपाइँ भएको छ । समयमा पानी नपर्नु र सिँचाइ सुविधा नभएका क्षेत्रमा पानीको अभाव हुनु रोपाइँ ढिलाइको मुख्य कारण रहेको उहाँ बताउनुहुन्छ । गत वर्ष भने यो  समयमा धेरै रोपाइँ भइसकेको थियो । अघिल्लो वर्षको तुलनामा यस बर्ष रोपाइँ निकै पछाडि परेको प्रमुख सिग्देलले बताउनुभयो । “समयमा पानी नपरेका कारण रोपाइँ ढिला भएको छ । केही ठाउँमा खोलाको पानी तथा अन्य स्रोत प्रयोग गरेर रोपाइँ भइरहेको छ भने धेरै किसान अझै पानीको पर्खाइमा छन्,” उहाँले भन्नुभयो ।

 

 

धान रोपाइँको समय स्थानअनुसार उत्पादनमा फरक पर्छ । गर्मी क्षेत्रका किसानले केही ढिला रोप्दा पनि उत्पादनमा ठूलो असर नपर्न सक्छ भने चिसो क्षेत्रका लागि समयमै रोपाइँ गर्नु आवश्यक हुन्छ । चिसो क्षेत्रमा ढिलो रोप्दा किराको समस्या आउने, बाली बिग्रने तथा उत्पादनमा असर पर्न सक्ने भएकाले असार १५ भित्रै रोपाइँ सक्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।

 

 

पछिल्लो समय लमजुङमा स्थानीय जातको धानभन्दा हाइब्रिड जाततर्फ किसानको आकर्षण बढेको छ । हाइब्रिड जातको धान ढिलो रोप्दा तुलनात्मक रूपमा कम असर पर्ने र उत्पादन राम्रो हुने भएकाले किसान त्यसतर्फ आकर्षित हुँदै गएको पाइन्छ । कृषि मजदुरको अभाव र अनुकूल समयमा पानी नपाउनु पनि किसानका लागि चुनौती बनेको छ ।

 

 

कृषि विकास कार्यालयका अनुसार लमजुङमा कुल ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये नौ हजार २९९ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । दोर्दी गाउँपालिकामा पनि यस वर्ष धान रोपाइँ गत वर्षको तुलनामा निकै पछाडि परेको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख निरञ्जन पौडेलका अनुसार असार अन्त्यसम्म पालिकाभित्र करिब ५५ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा करिब ७० देखि ८० प्रतिशतसम्म रोपाइँ सकिइसकेको थियो । दोर्दी गाउँपालिकाका अधिकांश क्षेत्र आकाशे पानीमा निर्भर छ । स्थायी सिँचाइ सुविधा न्यून रहेका कारण किसान वर्षाको भरमा खेती गर्न बाध्य छन् । पर्याप्त पानी नपर्नु र खेतमा भल नआउनु यस वर्ष रोपाइँ ढिलाइको कारण बनेको छ ।

 

 

दोर्दी गाउँपालिका–४ नौथर सेराका किसान लक्ष्मण गुरुङ पनि ढिला रोपाइँबाट प्रभावित हुनुहुन्छ । करिब आठ रोपनी जग्गा रहेका उहाँले पानी पुगेको क्षेत्रमा मात्र रोपाइँ गर्नुभएको छ । “करिब चारदेखि साढे चार रोपनी जति जग्गामा रोपाइँ भइसकेको छ । बाँकी जग्गामा पानी नभएकाले रोपाइँ रोकिएको छ । पानी परेपछि रोप्ने तयारीमा बसेका छौँ,” उहाँले भन्नुभयो ।

 

 

दोर्दी गाउँपालिका–८ दुबार गाउँकी किसान लालमाया मिजार पनि खेत तयार पारेर पानीको प्रतीक्षामा हुनुहुन्छ । गत वर्ष यही समयमा पाँच–छ हल खेतमा रोपाइँ सकिसकेको भए पनि यस वर्ष गाउँका अधिकांश किसानको रोपाइँ बाँकी रहेको उहाँले बताउनुभयो ।  दुबार, बन्सार, खिमचोक क्षेत्रमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था  छ । विगतमा मूल फुटेर खोला–नाला बढेपछि त्यही पानी प्रयोग गरेर रोपाइँ गर्ने गरिए पनि यस वर्ष पर्याप्त पानी नपरेपछि किसान अन्यौलमा रहन बाध्य छन् ।

 

 

अर्कातर्फ लामो समयसम्म रोपाइँ नभएर बीउ राख्दा उत्पादनमा असर पर्ने किसानको चिन्ता छ । सामान्यतया ४० दिनभित्र रोप्नुपर्ने धानको बीउ कतिपय किसानको दुई महिनासम्म पुग्न लाग्दा रोप्न नपाएको किसान मिजारको गुनासो छ । मौसममा आएको फेरबदलले लमजुङका किसानको खेती गर्ने समय र परम्परागत कृषि क्यालेन्डरमा समेत परिवर्तन ल्याएको छ । रोपाइँका लागि खेत र बीउ तयार छ, पानीको अभावले काम रोकिएको धान रोपाइँ प्रभावित भएको छ ।समयमै रोपाइँ हुन नसक्दा धान पाक्ने समय पछाडि सर्ने र उत्पादन घट्ने किसानमा चिन्ता उत्तिकै छ । असारमा सकिनुपर्ने रोपाइँ साउन कुर्नुपर्ने बाध्यता पर्नुले बदलिँदो प्राकृतिक अवस्थासँग किसानले गरिरहेको सङ्घर्ष उदाहरण बनेको छ ।जनक श्रेष्ठ / रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९