ओलम्पियन डम्बरदत्त भट्टः रिङको सङ्घर्षदेखि नेपाली बक्सिङको नेतृत्वसम्म

महेन्द्रनगर,  खेलाडीका रूपमा रिङमा मुक्का प्रहार गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराएका डम्बरदत्त भट्ट अहिले नेपाली बक्सिङको भविष्य निर्माण गर्ने जिम्मेवारीमा पुग्नुभएको छ ।करिब चार दशकअघि महेन्द्रनगरको सामान्य प्रशिक्षण केन्द्रबाट सुरु भएको उहाँको यात्रा सिओल ओलम्पिकसम्म पुग्यो । अहिले भने उहाँ राष्ट्रिय खेलकुद परिषद्को मुख्य बक्सिङ प्रशिक्षकका रूपमा नयाँ पुस्ताका बक्सर तयार पार्ने अभियानमा हुनुहुन्छ ।

 

 

विसं २०३९ सम्म फुटबल खेल्दै आएका भट्ट राष्ट्रिय खेलकुद परिषद्ले कञ्चनपुरमा बक्सिङ प्रशिक्षक सुरेश सिंह आलेलाई खटाएपछि बक्सिङतर्फ आकर्षित हुनुभएको थियो । त्यसपछि उहाँले पछाडि फर्केर हेर्नुपरेन । निरन्तरको मेहनत र लगनशीलताले उनलाई राष्ट्रियस्तरका सफल बक्सर बनायो र २०४५ सालमा दक्षिण कोरियाको सिओलमा आयोजित ओलम्पिक खेलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिलायो ।

 

 

सुदूरपश्चिमबाट उहाँ र विष्णुबहादुर सिंहसहित नेपालका पाँच बक्सरले उक्त ओलम्पिकमा सहभागिता जनाएका थिए । भट्टका अनुसार आफ्नो पहिलो प्रतिस्पर्धा नेपालमा टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण भएको थियो, जसले त्यसबेला सुदूरपश्चिमका खेलप्रेमीमा ठूलो उत्साह थपेको थियो ।उहाँका अनुसार २०४० सालमा मदनकुमार गुरुङ दोस्रो प्रशिक्षकका रूपमा महेन्दूनगर आएपछि कञ्चनपुरमा बक्सिङको विकासले थप गति लियो । प्रशिक्षकको उपलब्धतासँगै नयाँ खेलाडी उत्पादन उल्लेखनीय रूपमा बढ्दै गयो ।

 

 

ओलम्पिक सहभागितापछि राष्ट्रिय खेलकुद परिषद्ले भट्टलाई सहायक बक्सिङ प्रशिक्षकमा नियुक्त ग¥यो । त्यसयता उनले आफ्नो अधिकांश समय खेलाडी उत्पादनमा खर्चिनुभएको छ । कञ्चनपुर जिल्ला खेलकुद समितिमा रहेर उनले दर्जनौँ राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका बक्सर उत्पादन गरेका छन् ।

 

 

कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टका अनुसार ओलम्पियन डम्बरदत्त भट्ट सुदूरपश्चिममा बक्सिङको आधार निर्माण गर्ने व्यक्तित्वमध्ये एक हुन् । बक्सिङ प्रशिक्षण केन्द्र स्थापना, खेल संरचना विस्तार र खेलाडी उत्पादनमा उनको योगदान उल्लेखनीय रहेको उहाँ बताउनुहुन्छ ।

 

 

डडेल्धुराको भागेश्वर गाउँपालिका–२, रुपालमा जन्मिनुभएका भट्ट बाल्यकालमै परिवारसँग कञ्चनपुर बसाइँ सर्नुभएको थियो । विसं २०४० मा धरानमा आयोजित क्षेत्रीय बक्सिङ प्रतियोगिताको प्रदर्शन खेलबाट प्रतियोगितात्मक यात्रा सुरु गर्नुभएका उहाँले ४५ देखि ४८ केजी तौल समूहमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा थुप्रै पदक जित्नुभएको छ । २०५२ सालमा सक्रिय खेल जीवनबाट सन्यास लिएपछि पनि उहाँ बक्सिङबाट भने छाढा हुनुभएको छैन ।

 

 

प्रशिक्षकका रूपमा उहाँले राष्ट्रिय टोलीलाई अन्तरराष्ट्रिय प्रतियोगितामा नेतृत्व गर्दै धेरै सफलतासमेत दिलानुभएको छ । “म प्रशिक्षक भएर गएका प्रतियोगितामा टोलीले प्रायः पदक जितेरै फर्किएको छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले साथीहरूले मलाई ‘लक्की प्रशिक्षक’ पनि भन्ने गर्छन् ।”हालै राष्ट्रिय खेलकुद परिषद्ले उहाँलाई मुख्य बक्सिङ प्रशिक्षकमा नियुक्त गरेको छ । नयाँ जिम्मेवारीसँगै उहाँको ध्यान ग्रामीण क्षेत्रसम्म पुगेर लुकेका प्रतिभा पहिचान गर्ने र अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेमा केन्द्रित छ ।

 

 

“ग्रामीण तहसम्म पुगेर बक्सिङका प्रतिभावान खेलाडी उत्पादन गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “जागिरे जीवनको अन्तिम चरणमा पाएको यो जिम्मेवारीलाई देशका लागि सक्षम खेलाडी र प्रशिक्षक उत्पादन गर्ने अवसरका रूपमा उपयोग गर्नेछु ।” उहाँसँगै सिओल ओलम्पिकमा सहभागी भएका अर्का ओलम्पियन विष्णुबहादुर सिंह अहिले राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागका निर्देशक हुनुहुन्छ । सिंह ओलम्पिकमा एक बाउट जित्ने हालसम्मका एकमात्र नेपाली बक्सरका रूपमा परिचित हुनुहुन्छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा

सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९