पुस्तक समीक्षा ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो

काठमाडौँ,  “शिक्षक पाठ्यक्रम पूरा गर्नुपर्ने दबाबमा हुन्छ । शिक्षकलाई थाहा छ, सिकाइ पूरा भएको छैन, विद्यार्थीले सिक्नुपर्ने जति सिकेको छैन तर अर्काे पाठ सुरू गर्नुपर्ने बाध्यता भइदिन्छ ।”साढे तीन दशक सामुदायिक विद्यालयको शिक्षणमा संलग्न एक शिक्षकको यो स्वीकारोक्तिले हाम्रो नेपाली शिक्षण पद्धति र प्रक्रियालाई प्रतिविम्बित गर्छ । लेखक शिक्षक मात्रै रहेको भए सायद यस तहको स्वीकारोक्ति हुने थिएन होला ।
 

 

शिक्षकका साथै लेखक र पत्रकारसमेत भएकाले आफ्ना काम र अनुभवको समीक्षालाई रचनात्मक अभिलेखीकरणसहित साहित्यिक कृतिका रूपमा पाठकमाझ लेखक गोविन्द लुइँटेलले अनुभवका राम्रा नराम्रा पक्षहरूलाई खुलेर पस्कनुभएको छ । हालै प्रकाशित पुस्तक ‘कक्षाकोठामा ३५ वर्ष’ का लेखक लुइँटेलले आफ्ना २१ अनुभव निबन्धलाई शिक्षा सुधारको मार्गमा हिँडाउनुभएको छ ।
 

 

हरेक पृष्ठमा शिक्षकले आफूलाई भेट्न सक्ने शैलीमा लिएको पुस्तकमा शिक्षकले कसरी पढाउने वा सिकाउने ? पढाउन, सिकाउन र सिक्नमा प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकको जिम्मेवारी कस्तो हुनुपर्छ ? जस्ता सवालहरू गहनरूपमा उल्लेख गरिएको छ ।
 

 

वास्तवमा शिक्षण केवल पाठ्यपुस्तकको ज्ञान हस्तान्तरण गर्ने प्रक्रिया मात्र होइन, यो शिक्षक र विद्यार्थीबीचको निरन्तर संवाद, अनुभव, सम्बन्ध र जीवनबोधको यात्रा पनि हो । यही यात्राका विविध आयामलाई पत्रकार तथा लेखक लुइँटेलले आफ्नो निबन्धकृतिमा समेट्नुभएको छ ।
 

 

‘ओरिएन्टल पब्लिकेसन’द्वारा प्रकाशित कृतिका हरेक आलेखले नेपाली विद्यालय शिक्षाको भित्री संसारलाई नजिकबाट नियाँलेर त्यसको सारलाई प्रस्तुत गरेको छ । साढे तीन दशकभन्दा लामो शिक्षण अनुभव बोकेका लेखक लुइँटेलले पुस्तकमा शिक्षकका रूपमा आफूले भोगेका अनुभव, विद्यार्थीका स्वभाव र अपेक्षा, शिक्षण–सिकाइका चुनौती तथा सम्भावना, प्रधानाध्यापकको भूमिका, शिक्षक–अभिभावक सम्बन्ध र कक्षाकोठाका विविध गतिविधिलाई सरल, आत्मीय र संस्मरणात्मक शैलीमा गर्नुभएको छ । यस अर्थमा यो पुस्तक एक शिक्षक र लेखकको अनुभव मात्र नभई एउटा शिक्षकको व्यावसायिक जीवनयात्राको साक्षी भएको छ ।
 

 

शिक्षालाई व्यवहार र अनुभवसँग जोडेर हेर्ने आफ्नो दृष्टि प्रस्तुत गर्नु पुस्तकको महत्वपूर्ण पक्ष हो । यसले कक्षाकोठाभित्र हुने सामान्य लाग्ने घटना, विद्यार्थीका जिज्ञासा, उनीहरूका आनीबानी र शिक्षकका संवेदनालाई लेखकले रोचक ढङ्गले अभिव्यक्त गर्नुभएको छ । पाठकले पुस्तक पढ्दै जाँदा आफ्नै विद्यालय जीवन, शिक्षक र सहपाठीका स्मृतिलाई पुनः सम्झने अवसर पाउँछन् । लेखकलाई ‘म’ पात्रको शैलीबाट सबै शिक्षकका अनुभव अभिव्यक्त गर्नुभएको छ ।

 

सस्मरण र निबन्धको मिश्रित शैलीमा लेखिएको पुस्तक विशेषगरी शिक्षक, विद्यार्थी, अभिभावक, शैक्षिक नेतृत्व र शिक्षा क्षेत्रमा रुचि राख्ने पाठकका लागि यो उपयोगी हुने देखिन्छ । पुस्तकले विद्यालय शिक्षाका सकारात्मक पक्ष मात्र होइन, सुधार गर्नुपर्ने विषयलाई पनि सङ्केत गरेको छ । शिक्षक–विद्यार्थीका सम्बन्धमा विश्वास, संवाद र सहकार्यको महत्वलाई पुस्तकले विशेष रूपमा उजागर गरेको छ । बदलिँदो शैक्षिक परिवेशमा शिक्षकको भूमिकालाई पुनः विमर्श गर्ने आधार पनि यसले प्रस्तुत गर्छ ।

 

 

सेवानिवृत्तिको सङ्घारमा प्रकाशित यो कृति लेखकले बिताएका ३५ वर्षको अनुभवको सार हो । एक शिक्षकले कक्षाकोठाभित्र देखेका, भोगेका र अनुभूत गरेका पक्षलाई शब्दमा उतारिएको यो पुस्तक नेपाली शिक्षा क्षेत्रको अनुभवमूलक दस्तावेजका रूपमा लिन सकिन्छ । विद्यार्थीको समस्या विद्यार्थीकै तहबाट नबुझेसम्म शिक्षकले विद्यार्थीलाई सही मार्गमा लान सक्दैन । शिक्षक, विद्यार्थी र अभिभावक र सरोकार भएकाहरूको चाहना राज्य र सम्बन्धित निकायले नबुझेसम्म शिक्षामा सुधार हुन सक्दैन भन्ने निचोड पुस्तकले दिएको छ ।

 

पुस्तकले शिक्षकको हैसियत, स्वाभिमान, मर्यादा, पीडा र दायित्वलाई घटनामूलकरूपमा परिचर्चा गरेको छ । विद्यार्थीको चाहनाबमोजिम शिक्षकले पढाएका छन् या छैनन् मात्र होइन विद्यार्थीले शिक्षकको चाहनालाई बुझ्न सकेका छन्, छैनन् भन्ने कुरालाई पनि चिन्तन गरिएको छ । शिक्षक, विद्यार्थी र अभिभावकबीचका खाडल पूर्तिमा देखिएका समस्या र समाधानलाई पनि पुस्तकले मार्गनिर्देश गरेको छ । आम्दानी गर्न सक्ने सीपसँग शिक्षालाई जोड्न सकिएमा नेपाली शिक्षा सुधारको बाटोमा सहज लम्कने लेखकको निचोड रहेको छ ।
 

समग्रमा, पुस्तकले शिक्षण पेसाको गरिमा, शिक्षक–विद्यार्थीको सम्बन्धको आत्मीयता र विद्यालय जीवनका अनुभव व्यक्तिका मात्र होइनन्, सार्वजनिक सम्पत्ति हुन् भन्ने देखाएको छ । नेपाली शिक्षा जगत्को यथार्थ बुझ्न चाहने पाठकका लागि यो पुस्तक पठनीय र सङ्ग्रहणीय बन्न सक्छ । पुस्तक बिक्रीबाट आर्जित रकमको आधा ‘कृष्ण–बिन्दा शिक्षाकोष’ मा जम्मा गर्ने लेखकीय घोषणालाई पनि शिक्षा सुधार र विकासमा लेखकको समर्पण थप झल्कन्छ ।
 

अनुभव निबन्ध भनिए पनि कुनै आलेखमा कथा, कुनैमा सस्मरण, कुनैमा घटना विवरण जस्तो देखिनु पुस्तकको विशेषता र कमजोरी पनि हो । घटनासहितको संस्मरण दिँदा वास्तविक नाम या पात्रहरूको उल्लेख गरिएको भए  सुनमा सुगन्ध हुने थियो ।प्रकाश सिलवाल/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा

सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९