आलेखः प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा सेना ‘पहिलो र अन्तिम भरोसा’

धरान (सुनसरी), कोशीटप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा जैविक विविधता संरक्षण र विपद् व्यवस्थापनमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।आरक्ष र वरपरका क्षेत्रमा अप्ठ्यारो अवस्थामा सेना ‘सबैभन्दा पहिले र अन्तिम भरोसा’का रुपमा खटिइरहेको छ, जसले स्थानीय समुदाय, पर्यटक र वन्यजन्तुका लागि सुरक्षित वातावरण सुनिश्चित गरिरहेको छ ।

 

 

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले प्रकृति संरक्षण र जैविक विविधता कामय गर्ने सन्दर्भमा सेना अहोरत्र खटिइएर महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । “कोशी टप्पुमा सेनाको मुख्य जिम्मेवारी वन्यजन्तु संरक्षण गर्नु र अवैध चोरी, सिकारी नियन्त्रण गर्नु हो”, उहाँले भन्नुभयो, “यसका लागि आरक्षभित्र नियमित गस्ती, चोरी सिकारी गर्नेविरुद्ध कारबाही र संरक्षणसम्बन्धी कार्यक्रममा स्थानीय समुदायसँग सहकार्य गरिरहेको छ ।”

 

 

सहायक रथी बस्नेतले संरक्षित क्षेत्रभित्र हुने चोरी शिकारी, अवैध घुसपैठ र अन्य गैरकानुनी गतिविधि रोक्न निरन्तर निगरानी भइरहेको बताउनभुयो । यसबाट दुर्लभ जङ्गली जनावर र चराचुरुङ्गी सुरक्षित रहँदै आएका र स्थानीय समुदाय तथा पर्यटकका लागि विश्वासिलो वातावरण निर्माण भएको उहाँको भनाइ छ । सेनाले वन्यजन्तु संरक्षण, अवैध चोरी सिकारी नियन्त्रण, प्राकृतिक स्रोतको संरक्षण र विपद्मा उद्धार गर्दै स्थानीय समुदायका लागि भरपर्दो र विश्वासिलो साझेदारी गर्दै आएको छ । नियमित गस्ती, निगरानी र अपरेशनल गतिविधिका कारण आरक्षभित्रका दुर्लभ जङ्गली जनावर र चराचुरुङ्गी सुरक्षित रहँदै आएका छन् ।

 

 

विसं १८६९ मा सुरेन्द्रवीर विक्रम शाहको शासनकालबाट नेपालमा प्रकृति संरक्षणको थालनी भएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको शिलालेखमा भेटिन्छ । नेपालको संरक्षण प्रयास विश्वकै सबैभन्दा प्राचीन मानिन्छ । कूल सैनिक सङ्ख्याको झण्डै १० प्रतिशत जनशक्ति प्रकृति संरक्षणमा परिचालित छन् । यो विश्वकै लागि उदाहरण हो ।

 

 

विसं २०३२ मा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष प्रारम्भमा १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो । २०६१ सालमा मध्यवर्ती क्षेत्र थपिएपछि अहिले १७३ वर्ग किलोमिटर कायम भएको छ । सुनसरी–सप्तरी जिल्लाभित्र सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित यो आरक्ष जङ्गली भैँसी (अर्ना) का कारण चर्चित छ । कोशीटप्पु रैथाने अर्ना पाइने एक मात्र संरक्षित क्षेत्र हो ।

 

 

आरक्षभित्र सप्तकोशीको बालुवाबाट बनेका टापु, सिसौँ र खयरका जङ्गल, बसाइँसराइ गर्ने चराचुरुङ¬्गी र अतिदुर्लभ खरमयुरका वासस्थान छन् । सन् १९८७ देखि यो आरक्ष रामसार सूचीमा सूचीकृत छ । जलचर प्रजाति घडीयाल, मगरगोही, सोंस (डल्फिन) र माछा पनि यहाँ पाइन्छ । कोशीटप्पुलाई ‘चराहरूको राजधानी’ समेत भनिन्छ । पक्षी अवलोकन र अध्ययनका लागि उत्कृष्ट गन्तव्यका रुपमा रहेको सो आरक्षलाई पूर्वी भारततर्फको क्षेत्रमा जैविक मार्गका रूपमा लिइन्छ । चितुवाबाहेक अन्य ठूलो मांसाहारी जनावरको सङ्ख्या न्यून भए पनि आरक्षले पूर्वी तराई, मधेस क्षेत्रको वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्दै आएको आरक्ष कार्यलयले जनाएको छ ।

 

 

हिमाल, पहाड तथा तराईको विशिष्ट जैविक विविधता, लोपोन्मुख वन्यजन्तु, जलचर, पक्षी र विविध वन पैदावारका कारण नेपाल प्रकृति प्रेमी, अनुसन्धानकर्ता र पर्यटकका लागि विश्वकै प्रमुख आकर्षणको केन्द्र बन्दै आएको छ । यस्ता प्राकृतिक स्रोत र जैविक विविधतालाई दीर्घकालसम्म संरक्षण गर्नु चुनौतीपूर्ण भए पनि सेनाले पाँच दशकदेखि अनवरतरुपमा सुरक्षाका लागि पहरा दिँदै आइरहेको प्रवक्ता बस्नेतले बताउनुभयो । सेनाले ३३ जिल्लामा अवस्थित १४ राष्ट्रिय निकुञ्जसहित आरक्ष र संरक्षण क्षेत्र सुरक्षा गर्दै आइरहेको छ ।

 

 

वन्यजन्तु संरक्षण, अवैध गतिविधि नियन्त्रण, स्थानीय समुदायसँग सहकार्य, जैविक विविधता संरक्षणबारे जनचेतना विस्तार र पर्यावरणीय स्रोतको दीर्घकालीन उपयोग सुनिश्चित गर्दै आएको छ । विपद्को समयमा सेनाले उद्धार, राहत वितरण र पुनःस्थापनामा स्थानीय समुदायको भरोसा जितेको छ । कोशीटप्पु क्षेत्र सुरक्षार्थ खटिइएको श्री भीमकाली गुल्मले दैनिक गस्ती, चेकपोइन्ट, ‘स्वीप अपरेसन’, ‘एम्बुस’ तथा अन्य निगरानी गर्दै आएको छ । जङ्गली जनावरबाट हुने जोखिम, संरक्षणका उपाय तथा जैविक विविधताको महत्वबारे स्थानीय वासिन्दालाई सचेत पार्ने कार्य पनि नियमित रूपमा भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

 

स्थानीय समुदायसँगको सहकार्यमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जङ्गली जनावरलाई ‘कोर इलाका’तर्फ फर्काउने, घाइते जनावरको प्राथमिक उपचार र स्वास्थ्यचौकीसम्म पु¥याउने तथा क्षतिपूर्ति दिलाउने काममा सेना सक्रिय छ । स्थानीय समुदायलाई संरक्षणसम्बन्धी तालिम, जनचेतना कार्यक्रम, जङ्गली जनावरसँग कसरी व्यवहार गर्ने, जोखिम हुँदा कसरी बच्ने भन्ने प्रशिक्षणसमेत सञ्चालन हुँदै आएका छन् । यस्ता कार्यक्रमले समुदाय–संरक्षित क्षेत्र सहकार्यलाई अझ मजबुद बनाएको सेनाको भनाइ छ ।

 

 

आरक्ष क्षेत्र खुला र मानव वस्ती नजिक हुँदा चोरी निकासी बढ्न सक्ने सम्भावनाप्रति सचेत रहँदै सेनाले सो गतिविधि रोक्न असरदार कारबाही गर्दै आएको छ । त्यसका लागि सेनाले घरेलु प्रविधिसमेत विकास गरेको छ । यसमा स्मार्ट पट्रोल, ट्रयाकिङ डिभाइज, ड्रोन, सिसिटिभी, भ्वाइस रेकर्ड जस्ता आधुनिक निगरानी उपकरण, डेटा व्यवस्थापन प्रणाली र अन्य प्रविधि समावेश छन् ।

 

 

संरक्षित क्षेत्रको सुरक्षा मात्र नभई सेना विपद् व्यवस्थापनमा समेत सक्रिय छ । बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक विपद्मा समयमै उद्धार, राहत र पुनःस्थापनामा सेनाले खेलेको भूमिका स्थानीयबीचमा अविस्मरणीय छ । विसं २०३८ देखि कोशीटप्पुको संरक्षणमा सेना खटिइएको हो । सेना उपस्थितिपछि आरक्षभित्र पाइने दुर्लभ अर्नाको सङ्ख्या वृद्धि भएको आरक्ष कार्यालयले जनाएको छ ।

 

 

 

सन् १९७६ को गणनाअनुसार कोशीटप्पुमा ६३ वटा अर्ना थियो भने सन् २०२१ को गणनाअनुसार कोशीटप्पुमा चार सय ९८ वटा अर्ना रहेका छन् । आरक्ष प्रमुख भूपेन्द्रप्रसाद यादवका अनुसार, कोशीटप्पुमा स्तनधारी ४२, पक्षी ५३५, माछा १४१ र पुतली ७७ प्रजातिका छन् । विसं २०८० को गणनाअनुसार खरमयुर ३२ वटा र २०७९ को गणनाअनुसार डल्फिन १९ वटा रहेको प्रमुख यादवले जानकारी दिनुभयो ।

 

 

कोशीटप्पुमा धेरै जसो चराहरु साइबेरियाबाट आउने गरेका छन्, धेरैजसो चराहरु जाडो छल्न आउने गरेको यादबले बताउनुभयो । जङ्गली हात्ती, एकसिङ्गे गैँडा, ढाड नहुने प्राणी ५७ प्रजाति, जडिबुटी १८ प्रजाति, डाले घाँस ३३ प्रजाति, उन्यु १२ प्रजाति, कालो भूँडिफोर, सेतो भूँडिफोर, अजिङ्गर, सरिसृप, सुन गोहोरो, घडियाल गोही, निलगाई, चितल, रतुवा, लगुना, मलाह बिरालो, मगर गोहीलगायत दुर्लभ प्रजाति यहाँ रहेका छन् । रात्री गस्ती, आकस्मिक तैनाथी, सूचना सङ्लन र विश्लेषणका कारण चोरी, विकारी तथा पैठारीका गतिविधिमा विगतका वर्षको तुलनामा उल्लेख्य कमी आएको सेनाले जनाएको छ ।

 

नेपाली सेना र कोशीटप्पु वन्यजन्तु आरक्षको संयुक्त टोलीले आर्थिक वर्ष २०७६÷७७ देखि २०८१÷८२ सम्मको अवधि विभिन्न अवैध क्रियाकलापमा संलग्न व्यक्तिबाट अवैध वन्यजन्तु तथा सामग्री बरामद गरेको छ । मध्यवर्ती क्षेत्र भनेको आरक्ष तथा निकुञ्जभित्रको महत्वपू्र्ण संरचना भएकाले यसको संरक्षण हाम्रो पहिलो जिम्मेवारी हो, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष जङ्गबहादुर खड्काले भन्नुभयो, स्थानीय समुदायका समस्या बुझ्ने, उनीहरूलाई सहयोग गर्ने र ती समस्यालाई सरकारले सुन्नेगरी सम्बोधनका लागि पु¥याउने काम हाम्रो प्रमुख दायित्व हो ।

 

 

उहाँका अनुसार मानव–वन्यजन्तु द्वन्द्वका घटनामा स्थानीय बासिन्दाले भोग्ने पीडा र क्षति निकै चुनौतीपूर्ण हुने भएकाले यसको व्यवस्थापनमा समुदाय, नेपाली सेना र निकुञ्ज कार्यालयबीच सहकार्य गर्दे आएको बताउनुभयो । उहाँले भन्नुभयो,हात्ती वा अन्य वन्यजन्तुबाट बाली नोक्सान, घर भत्किने, ज्यान–धनको क्षति हुने जस्ता घटनामा राहत उपलब्ध भइरहे पनि धेरैजसो समयमा त्यो सहयोग ढिलो पुग्ने गरेको छ । राहत तथा क्षतिपूर्तिको प्रक्रिया सरल, छिटो र सहज हुने नीतिगत सुधार भए जनताले अझ प्रभावकारी सहयोग पाउने अध्यक्ष खड्काले बताउनुभयो ।

 

 

अध्यक्ष खड्काले द्वन्द्व न्यूनीकरणका लागि क्षति बढी हुने क्षेत्रपहिचान गरी अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ । उहाँले भन्नुभयो, “पहिले क्षतिको प्रकृति बुझेर तत्काल राहत व्यवस्थापन गर्नुपर्छ । संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण छ, किनकी जनावर पनि बाँच्न पाउनुपर्छ भन्ने बुझाइ समुदायमा छ । हामी त्यही समझदारी र राज्यबीच पुलको भूमिकामा काम गरिरहेका छौँ ।”

 

 

सेनाको नियमित गस्ती, तस्करी नियन्त्रण, साना ठूला अवैध गतिविधिमा निगरानी, सूचना आदान–प्रदान, संयुक्त अपरेसन, जोखिमयुक्त क्षेत्र पहिचान र अस्थायी चेकपोइन्ट स्थापनाले सुरक्षामा उल्लेखनीय सुधार ल्याएको आरक्ष प्रमुख यादवको भनाइ छ । “सेनाको उपस्थितिबाट आरक्षको वन्यजन्तु गणना, जैविक पर्यटन, पर्यटक सुरक्षा र संरक्षण गतिविधि व्यवस्थित र प्रभावकारी भएको छ”, उहाँले भन्नुभयो, “आरक्ष कार्यालयले सेना, स्थानीय सरकार र समुदायसँग मासिक बैठक गरी उच्च जोखिम क्षेत्र पहिचान गरी आवश्यक अपरेसन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु),  यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ ।इन्टरनेट लाइन मर्मत गर्ने क्रममा पञ्चकन्या जेविएम केबुल नेट चन्द्रौटामा कार्यरत प्राविधिक लेखु थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

लागूऔषधसहित चौध जना पक्राउ

काठमाडौँ, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधिसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन÷तीन, मोरङ र चितवनबाट दुई÷दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक÷एक जना पक्राउ परेका हुन् ।लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९