धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा, सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ । बुधबार दिउँसो घर आँगनको छेउमा चुपचाप बसिरहेका उहाँ वर्षभरि पसिना बगाएर फलाएको धान एकैरातमा खरानी बनेको क्षण सम्झिँदै टोलाइरहनुभएको थियो ।

पाँच जनाको परिवार रहेको ७२ वर्षीय रमेशी र उहाँको घरपरिवारका आँखा चार दिनसम्म पनि  ओभाएको सकेको छैन । अज्ञात समूहले शनिबार खेतमा रहेको कुन्यूमा आगजनी गरेपछि विपन्न मुसहर परिवारमाथि बज्रपात परेको छ ।करिब १४ क्विन्टल धान जलेर खरानी भएपछि सदाय परिवारको वर्षभरिको अन्नको जोहो गर्ने सपना पनि खरानी भएको छ । मानो रोपेर मुरी उब्जाएको त्यो अन्नसँग वर्षभरि पेट पाल्ने आशा पनि थियो । खडेरीका बेला अतिरिक्त पैसा तिरेर सिँचाइ गरी दुई दिन लगाएर छोरा–बुहारीसहित काटेको धान भित्र्याउन नपाउँदै मध्यरातमा कसैले आगो लगाएपछि धानसँगै यो परिवारको सपना पनि जलेको हो ।

“खडेरीका बेला अतिरिक्त रकम तिरेर छिमेकीको बोरिङबाट सिँचाइ गरेँ । दुःख गरेर रोपेको धान भित्र्याउन नपाउँदै एकैरातमा खरानी बनाइयो”, एकछिन आवाज अवरुद्ध गर्दै सदायले भन्नुभयो, “अब हामी के खाएर बस्ने ? हामीले कसको के बिगारेका थियौँ र ? गरिबको हातले उब्जाएको अन्नको के दोष थियो ? नाति, छोराबुहारीसहित पाँच जनाले वर्षदिन खाने अन्न नै जलाइदिएर हामी गरिबमाथि ठूलो अन्याय गरे ।” सदायकी श्रीमती भुल्लीदेवी सदायका अनुसार १३० वटा बोझा (बिटा) बनाएर त्रिपाल बिछ्याई धानको कुन्यू लगाइएको थियो । आठ कट्ठा खेतको करिब १६ क्विन्टल धान भित्र्याउन नपाउँदै जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

बाबुआमासँग बस्दै आएका कान्छा छोरा लाले सदाय पनि दुःख गरेर फलाएको धान भित्र्याउन नपाउँदै शत्रु लागेको बताउनुहुन्छ । “साँझ पर्न लागेकाले कुन्यू बनाएर १३० बोझा राखेका थियौँ । भोलिपल्ट बोरामा हालेर घर ल्याउने तयारी थियो, तर बिहान पुग्दा एक गेडा धान पनि बाँकी रहेन । मान्छेले कसरी यस्तो गर्न सक्छ ? यो प्रश्नले रात–दिन सताइरहेको छ”, उहाँले भन्नुभयो,“त्यो १६ क्विन्टल धान अन्न मात्र थिएन, त्योसँग वर्षभरिको पराल, गुइँठा, चामल, चाडपर्व, छोरोको शैक्षिक खर्च जस्ता थुप्रै योजनाहरू जोडिएका थिए ।”

सदाय परिवारले आगलागी भएको कुन्यू नजिकै मदिरा पसल चलाउने आशाकुमार रायसहित अन्य केही व्यक्तिविरुद्ध भोलिपल्टै प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार स्थानीय प्रहरी टोलीले घटनास्थलमा पुगेर कागजी प्रमाणसहित सूक्ष्म अनुसन्धान गरिरहेको छ । “धनगढीमाईस्थित इलाका प्रहरी कार्यालयमा कुर्वा गाउँका आशङ्का गरिएका पाँच जनालाई बोलाई सोधपुछ गरिएको छ र उनीहरूलाई दैनिक हाजिरीमा राखिएको छ”, उहाँले भन्नुभयो ।

धनगढीमाई–३ का वडाध्यक्ष वीरेन्द्रकुमार साह विपन्न मुसहर परिवारले उब्जाएको धानमा गरिएको आगजनीलाई अक्षम्य अपराध भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जो–जसले गरे पनि गरिबको पेट जलाउनु अक्षम्य अपराध हो । जस्तोसुकै रिसइवी भए पनि खाने अन्न जलाउनु हुँदैनथ्यो । प्रहरीले जसरी भए पनि अपराधी पत्ता लगाएर कारबाही गर्नुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।”

वडाध्यक्ष साहका अनुसार नगरप्रमुख शिव शङ्कर महतोसहितको टोलीले घटनाको भोलिपल्ट घटनास्थल निरीक्षण गरेको थियो । त्यस क्रममा नगरप्रमुख महतोले पीडितलाई उचित राहत उपलब्ध गराउने आश्वासन दिनुभएको थियो । सदाय परिवारले पनि यो पीडालाई केवल अन्न जलन मात्र होइन, विपन्नतामाथि भएको निर्मम प्रहारको रूपमा लिएको छ । यो परिवार घटनामा जोडिएका व्यक्तिलाई कारबाही, सम्बन्धित निकायबाट तत्काल राहत र न्यायको पर्खाइमा छ । सुदिप राउत/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

राँझा (बाँके), रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताउनुभयो । निःशुल्क माटो जाँच शिविरको प्रतिवेदनले...

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौँ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ । रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो...

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ ।...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

एसिया–प्यासिफिक जेरियाट्रिक्स’ सम्मेलन सुरु

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले  आज यहाँ ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपिजिएन)’ सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरुलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले देशका नीतिहरू ज्येष्ठ नागरिकमैत्री भए पनि स्रोतसाधन अभावले जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको...

टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’

काठमाडौँ,  काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको छ । टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत््् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको हो । उक्त सडकबक्तिको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । स्मार्ट सडकबक्तिको शुभारम्भ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर,  जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो ।   स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण...

‘एफक्यान रोड रेस’मा आर्मी क्लबका रोकाय प्रथम

काठमाडौँ,  नेपाल निर्माण व्यवसायी महासङ्घले १८औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘एफक्यान रोड रेस’ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय प्रथम भएका छन् । आर्मी क्लबका सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ राई तेस्रो भएका छन् ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९