पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा बुधबार गन्तव्य प्रवर्द्धन कार्यक्रम गरिएको हो ।

 

भ्रमणका क्रममा बागलुङ नगर पर्यटन विकास समितिले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले धार्मिक पर्यटनका हिसाबले प्रदेशमा प्रचुर सम्भावना रहेको बताउनुभयो । “पर्वत, बागलुङलगायत सिङ्गो धवलागिरि र प्रदेशमा महत्त्वपूर्ण धार्मिक सम्पदा र तीर्थस्थल छन्”, उहाँले भन्नुभयो, “प्रकृति र संस्कृतिले पनि यो क्षेत्र धनी छ, यिनको विकासमा सबैले हातेमालो गर्न जरुरी छ ।”

 

मन्त्री बस्यालले ‘भारत–नेपाल टुरिज्म मिट’ सन्दर्भमा भएको प्रवर्द्धनात्मक भ्रमणले यस क्षेत्रमा भारतीय धार्मिक पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले यस्ता कार्यक्रमले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने र पर्यटनलगायत क्षेत्रमा साझेदारी र सहकार्यका अवसर सिर्जना हुने बताउनुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रेम भट्टराईले नेपाल–भारतबीच पर्यटन क्षेत्रका सम्भावना र अवसर पहिल्याउनका लागि कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो ।

 

पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले नेपालमा धेरै पर्यटक पठाउने भारतीय टुर अपरेटर कम्पनी भ्रमणमा सहभागी रहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालमार्फत भारतीयमाझ यहाँका गन्तव्यस्थलको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरू पनि भ्रमणमा सहभागी रहेकाले पर्यटन गन्तव्य प्रवर्द्धनमा थप टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

 

होटल व्यवसायी महासङ्घ, गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बागलुङका गन्तव्यस्थलको प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भारतीय पर्यटकलाई यहाँका धार्मिक गन्तव्यस्थलमा आकर्षित गर्न सके पर्यटनले ठूलो फड्को मार्ने धारणा राख्नुभयो । भारतको उत्तर प्रदेशको पर्यटन विभागका सहनिर्देशक दिनेशकुमारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

कालिका भगवती मन्दिर अवलोकनकमा क्रममा उक्त मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष निशान खड्काले मन्दिरको इतिहासबारे जानकारी गराउनुभएको थियो । उहाँका अनुसार पाँच सय वर्ष पुरानो कालिका भगवती यस क्षेत्रकै प्रसिद्ध धार्मिकस्थल हो । यस्तै, बागलुङ नगरपालिका–४ कुँडुलेमा अवस्थित शालिग्राम सङ्ग्रहालयबारे सङ्ग्रहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी गराउनुभएको थियो । सुरुङभित्र बनेको संरचनामा सवा लाख शालिग्राम सङ्ग्रह गरिएका छन् । शालिग्रामलाई हिन्दु धर्मवालम्बीले विष्णु भगवान्का रुपमा पूज्ने गर्छन् । उक्त अवसरमा कालीगण्डकी सभ्यता र मुक्तिक्षेत्रको महिमाबारे पनि चर्चा गरिएको थियो ।

 

पर्वतको मोदीवेणी धाम र त्यहाँ रहेको नृसिंह भगवान्को मन्दिरबारे मन्दिर गुठीका अध्यक्ष केशवदास बैरागीले जानकारी गराउनुभयो । विसं १८९० मा स्थापना गरिएको उक्त मन्दिर वैष्णव समुदायको पवित्र तीर्थस्थलका रूपमा परिचित छ ।

 

पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा सहकार्यमा आयोजित गन्तव्य प्रवद्र्धन कार्यक्रम सोमबारदेखि सुरु गरिएको थियो । उक्त टोलीले सुनौली नाका हुँदै चितवनको सौराहा आएको थियो । मङ्गलबार तनुहँको बन्दीपुर हुँदै कास्कीका विभिन्न क्षेत्रसहित बेगनासको प्रवर्द्धनात्मक भ्रमण गरिएको थियो ।

 

आज बिहान पोखराको पुम्दीकोट भ्रमण गर्ने कार्यक्रम रहेको आयोजक पोखरा पर्यटन परिषद्ले जनाएको छ । आज साँझ पोखरामै दुवै देशका सरकारी प्रतिनिधि, टुर अपरेटर, व्यवसायीलगायतको उपस्थितिमा दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’को आयोजना हुने परिषद्का महासचिव सापकोटाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो : अकोराब

चितवन, सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।   सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये...

पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित

खाँदबारी (सङ्खुवासभा),  सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनुभएका उहाँलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो ।   आज यहाँ आयोजित...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम

काठमाडौँ,दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ ।नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९