सार्वजनिक जग्गा बेचबिखन :जनप्रतिनिधि नै जग्गा बेचबिखनमा संलग्न

सरकारी स्वामित्वको जग्गा बेचबिखन गरिनु प्रचलित कानुनी विपरीत हुने भन्दै विरोध

कैलाली,—सरकारी स्वामित्वमा रहेकोे सार्वजनिक जग्गा अवैध रूपमा बेचबिखन गरेको पाइएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–३ खैरेनीस्थित मुक्तकमैया शिविरमा सरकारी श्रेस्ता कायम रहेकोे जग्गा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ र वडाका जनप्रतिनिधि समेतको रोहवरमा बेचबिखन गरिएको तथ्य बाहिरीएको हो । १२ वर्षअघि नाप नक्सांकन गरि कित्ताकाट भएको सरकारी श्रेस्ता कायम १० कट्ठा सार्वजनिक जग्गा एकमुष्ट मोलमोलाइ गरि रु १२ लाख मूल्यमा सामुदायिक विद्यालयले मनोमानी रुपमा बेचबिखन गरेको तथ्य भेटिएको छ ।

 

वडाको खैरेनी शिविरमा २०६६ असोज २८ गते मुक्तकमैया पुनर्स्थापन जिल्ला समिति कैलालीले भूमिहिन मुक्तकमैयाको बसोबास व्यवस्थापनका लागि ४५ कित्तामा जग्गा नापनक्सांकन गरि जग्गाधनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराएको थियो । सो क्षेत्रमा ४५ कित्तामध्ये १ देखि ९ सम्म कुनैपनि व्यक्ति तथा संस्थाको नाममा जग्गा धनी दर्ता प्रमाण पुर्जा नभएको मालपोत कार्यालय टीकापुरले जनाएको छ । मुक्तकमैया पुनर्स्थापित जिल्ला समितिका संयोजक एवं स्थानीय विकास अधिकारी गोकर्णप्रसाद शर्माको संयोजकत्वमा रहेकोे सर्वदलीय बैठकले २०६६ असोज २८ निर्णय गरि मुक्तकमैयालाई जग्गाधनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराएको थियो । मुक्तकमैया परिचयपत्र प्राप्त ३६ परिवारले कित्ता नम्बर १० देखि ४५ सम्म ५ कट्ठाका दरले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएका थिए ।

 

सोमध्ये कित्ता नम्बर ४ देखि ९ सम्म प्रमाणपत्र नभएका कारण सो समयमा ६ परिवारले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाउन सकेका थिएनन् । तर, मुक्तकमैयाका ती परिवारलाई जग्गा उपलब्ध गराएपछि उनीहरूले आवादी गरि भोगचलन गर्दै आइरहेका छन् । निर्माणाधिन सेती लोकमार्गसंग सीमा जोडिएको कित्ता नम्बर २ र ३ मा पर्ने सार्वजनिक जग्गा बेचबिखन भएपछि अहिले विवाद चुलिएको हो । २०७६ फागुन ५ गते जगदम्बिके भगवती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरी, प्रधानाध्यापक नेत्रबहादुर खड्का, मुक्तकमैया समाजका अध्यक्ष तुल्सीराम चौधरी, सदस्य सुरेन्द्र चौधरी, रामबहादुर चौधरी, पुस्पराज थारुसहितले जग्गाको हक हस्तान्तरण तथा सट्टाभर्ना गर्ने सहमति गरेको पाइएको छ । सोही सहमतिअनुसार सो क्षेत्रमा रहेको सार्वजनिक १० कट्ठा जग्गा कुल १२ लाख मूल्य कायम गरि २०७६ फागुन १५ गते पहिलो किस्ता बापत २ लाख रुपैयाँ र २०७७ कार्तिक ४ अन्तिम किस्ता बापत १० लाख रुपैयाँ नगद बुझेको तमसुक कागज बनाइएको छ ।

 

जग्गा बिक्री भएको तथ्य बाहिर आएपछि स्थानीयले सरकारी स्वामित्वको जग्गा बेचबिखन गरिनु प्रचलित कानुनी विपरीत हुने भन्दै विरोध जनाएका छन् । यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरीले जग्गा बेचबिखन भएको स्वीकार गर्नुभएको छ । उहाँले कानुनी रूपमा बेचबिखन गर्न मिल्ने, नमिल्ने बारे आफू अनविज्ञ रहेको समेत बताउनुभयो । उक्त जग्गा सम्बन्धमा विवाद समाधानका लागि केही दिनमै बैठक बोलाउने र उक्त रुपैयाँ सम्बन्धित पक्षलाई निर्णय गरि फिर्ता गरिने उहाँले बताउनुभयो ।

 

मालपोत कार्यालय भन्छ, सार्वजनिक जग्गा बेचबिखन गर्न मिल्दैन :

 

सार्वजनिक जग्गा बेचबिखन गर्न कानूनी रूपले नमिल्ने मालपोत कार्यालय टीकापुरले जनाएको छ । नापनक्सांकन गरि कित्ताकाट गरिएको सार्वजनिक श्रेस्ता कायम भएको जग्गा अनाधिकृत रूपमा बेचबिखन गर्न नमिल्ने मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले बताउनुभयो । त्यस्तै, जिल्ला मालपोत कार्यालय धनगढीका प्रमुख सुरेन्द्र केसीले सार्वजनिक जग्गा बेचबिखन गर्न कानूनी रूपले नमिल्ने बताउनुभयो । उहाँले कानुन विपरीत सार्वजनिक जग्गा खरिदबिक्री गरेको पाइए छानबिन गरि कानुनी कार्वाही हुने बताउनुभयो ।

 

जनप्रतिनिधि नै जग्गा बेचबिखनमा संलग्न :

 

स्थानीय तहको गठनसंगै स्थानीय सरकारका जनप्रतिनिधिको हैसियतले आफ्नो क्षेत्राधिकार भित्रको सम्पत्तिको संरक्षण, रेखदेख, मर्मत तथा प्रबन्ध मिलाउनुपर्ने स्थानीय तह शासन ऐन तथा नियमावलीमा व्यवस्था छ । उक्त व्यवस्थाको परिच्छेद–१३ को २ मा उल्लेख भएअनुसार गाउँपालिका तथा नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा सार्वजानिक सम्पत्ति बेचबिखन गर्न वा अरु कुनै व्यहोरामा स्वामित्व हस्तान्तरण गर्न वा लिजमा दिन समेत पाइँदैन । यस्तो सम्पत्तिमा नेपाल सरकारको स्वीकृतिबिना स्थानीय तहले कुनै अधिकार राख्न नसक्ने स्पष्ट प्रावधान तोकिएको छ ।

 

यस्तो सम्पत्तिको वर्षेनी अद्यावधिक गर्नुपर्ने कर्तव्य स्थानीय सरकारको रहन्छ । तर, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय जनप्रतिनिधिको दायित्व रहेको भएपनि आफ्नो क्षेत्राधिकार विपरीत जग्गा बेचबिखनमा संलग्नता रहेकोे पाइएको छ । विद्यालय र मुक्तकमैया प्रतिनिधिबीच २०७६ फागुन ५ गते जग्गा किनबेच गर्ने भएको द्विपक्षीय सम्झौता पत्रमा वडाअध्यक्ष करने सुनार र न्यायीक समिति सदस्य टंकराज ओलीले समेत हस्ताक्षर गरेको खुलेको छ । प्रचलित ऐन तथा नियमावलीलाई लत्याउँदै वडाध्यक्ष सुनार र सदस्य ओलीले किनबेचको तमसुक कागजातलाई समेत प्रमाणित गरिदिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर, जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार...

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

अमरगढी (डडेल्धुरा), डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।  विक्रम संवत् २०६१ मा स्थापना भएको पुस्तकालयले २०७३ सालदेखि सुदूरपश्चिमको परम्परागत जीवनशैली, रहनसहन र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित सङ्ग्रहालयमार्फत पुराना सामग्री सङ्कलन र संरक्षण गर्ने काम सुरु गरेको हो ।   पछिल्लो समय ग्रामीण...

अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । युरोपियन युरो एकको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर, जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर, जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९