दिल रोकायाको ‘पावर रूपैयाँ’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बौनियाँ,_गायक सर्जक तथा संगीतकार दिल रोकायाको लोक पप "पावर रूपैयाँ"गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । पूर्ण विरहीको स्वरमा रहेको लोक पप गीतमा दिल रोकायाको शब्द र संगीत रहेको छ । भिडियोमा अभिनय साइना वीसी र गणेश आइकलको अभिनय रहेको छ ।

 

उक्त लोक पप गीतमा झलक संगीतमको/एरेन्ज रहेको छ । गणेशले निर्देशन गरेको भिडियोलाई दिल,पूर्ण, गणेशले निर्माण तथा सम्पादन गरेका छन् । यो म्युजिक भिडियोमा प्रेम सम्बन्धमा हुने गरेको चोखो माया भन्दा पैंसा ठूलो हो पैसाले सबै चिज किन सकिन्छ भन खोजिएको छ। प्रेमप्रेमीका बीचको मिलन बिछोडको प्रसंगलाई उठान गरिएको छ । आलप रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौँमा रहेको आलाप युट्युब च्यानलमार्फत उक्त गीत बजारमा सार्वजनिक गरिएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका–३ का दिल रोकायाको शब्द संकलनमा ४ वटा लोकदोहोरी २ वटा आधुनिक र डिजे गीत २ गरी हालसम्म ८ वटा गीत रेकर्ड भइसकेका छन् । यस्तै, यसअघि दीपक बुढाक्षेत्री र सम्झना लामिछाने मगरको स्वरमा रहेको ‘ओइ मुटु’, बिमल डाँगी र विष्णु मगरको आवाजमा ‘के छ नी हालखबर’ र शंकर बि.क. र मुना थापामगरको स्वरमा ‘अन्त कतै’ बोलको लोकदोहोरी गीत बजारमा आइसकेको रोकायाले बताए । उनले दर्शक तथा श्रोतामाझ छिट्टै आगामी नयाँ लोकदोहोरी गीतको एल्बम बजारमा ल्याउने तयारीमा रहेको जानकारी दिए ।

गीत संगीतप्रति माया र कलाकारिता क्षेत्रमा भविष्य खोज्दै हिंड्ने गीत संगीतप्रेमीलाई प्रोत्साहनको वातावरण हुन नसकेको रोकाया बताउँछन् । कला, संगीतमा अभिरुची राख्ने स्थानीय प्रतिभालाई स्थानीय स्तरबाट नै प्रोत्साहनको वातावरण हुन सकेमा गाँउ समाजमा लुकेर रहेका थुप्रै प्रतिभाहरुको उजागर र विकास गर्न सकिने रोकायाको भनाइ छ । सार्वजनिक मेला, महोत्सव तथा कार्यक्रममा स्थानीय कलाकार, स्रष्टा तथा सर्जकलाई स्थान दिनुपर्नेमा उनको जोड रहेको छ ।(भिडियो सहित) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९