सम्पदा परियोजना कार्यशालाका लागि आवेदन खुला

काठमाडौँ,  नेपालका सांस्कृतिक तथा सम्पदा क्षेत्रमा काम गर्ने व्यक्तिका लागि, ब्रिटिस काउन्सिलले ‘सम्पदाः समृद्धिका लागि धरोहर’ नामक तीनदिने परियोजना व्यवस्थापन कार्यशालाका लागि आवेदन खुला गरेको छ । यो कार्यशाला २०२६ जनवरी २१ देखि २३ सम्म काठमाडौँमा आयोजना हुँदैछ ।

 

बुझाइ, अन्वेषण र कार्यान्वयन गरी तीन विषयगत चरणमा केन्द्रित यो कार्यशालाले सहभागीलाई दिगो विकास र साझा समृद्धिको बृहत् सन्दर्भमा सम्पदासम्बन्धी कार्यलाई अघि बढाउन मद्दत गर्ने उद्देश्य राखेको काउन्सिलले जानकारी दिएको छ । सहभागीले प्रस्तुतीकरण, प्यानल छलफल र केस स्टडीमार्फत तल्लो तहका अवसर तथा चुनौतीको खोजी गर्नेछन्, उत्कृष्ट अभ्यासको समीक्षा गर्नेछन् र समावेशीकरण एवं जलवायु परिवर्तनजस्ता मुद्दालाई सम्बोधन गर्ने ब्रिटिस काउन्सिल नेपालका कला प्रमुख न्हुजा तुलाधरले बताउनुभयो ।

 

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रले अहिले परिवर्तनको महत्वपूर्ण चरण भोगिरहेका सन्दर्भमा यो कार्यशाला आवश्यक रहेको जनाइएको छ । हालका नीतिगत पहलले सांस्कृतिक सम्पदालाई समावेशी आर्थिक विकाससँग जोड्ने दिशामा सोच अघि बढाइरहेका छन् तर व्यवहारमा सम्पदा संरक्षणलाई दिगो आय, जीविकोपार्जन र समुदायको लाभसँग जोड्ने सीप तथा अवसर अझै सीमित छन् ।

 

पर्यटन, शिल्प तथा सिर्जनात्मक उद्योगजस्ता क्षेत्रले सम्पदा संरक्षणलाई दीर्घकालीन दिगोपन र स्थानीय लाभसँग जोड्ने महत्वपूर्ण सम्भावना बोकेका छन् । यही सन्दर्भमा, यस कार्यशालाले सम्पदाकर्तालाई स्थानीय परिवेशमा आधारित, व्यावहारिक र प्रभावकारी सांस्कृतिक सम्पदा परियोजनाको परिकल्पना र विकास गर्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

 

यस कार्यशालामा ३० जनासम्म सहभागीहले सम्पदा परियोजनाको तर्जुमा, कार्यान्वयन र मूल्याङ्कन गर्ने सीप विकास गर्न अन्तरक्रियात्मक कार्यक्रम, विज्ञहरूसँगको छलफल र समूहगत सिकाइमा भाग लिने काउन्सिलले सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

 

ब्रिटिस काउन्सिल नेपालका कला प्रमुख तुलाधर भन्नुहुन्छ, “सांस्कृतिक सम्पदा नेपालको पहिचानको अभिन्न अङ्ग हो र यसले भविष्यको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यस कार्यशालाले देशभरका सम्पदाकर्ताहरूका लागि आफ्नो सीप निखार्न, ज्ञान आदानप्रदान गर्न र समुदायलाई लाभ पु¥याउने प्रभावकारी तथा दिगो परियोजना विकास गर्न एक समावेशी वातावरण सिर्जना गर्नेछ ।” यही डिसेम्बर २८ सम्मका लागि आवेदन खुला गरिएको उक्त कार्यशालालाई बेलायत सरकारसँगको साझेदारीमा ब्रिटिश काउन्सिलको ‘सांस्कृतिक संरक्षण कोष’को सहयोग रहेको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९