बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रामजानकी भक्तिनिया अस्थान व्यवस्थापन समिति आयोजना र कैलाली इभेन्ट एण्ड मिडिया नेटवर्क प्रा.लि को सहआयोजनामा माघी मेला सञ्चालन हुने भएको छ ।
हमार भेष भुषा हमार पहिचान, धर्म ओ साँस्कृती बचैना हमार अभियान भन्ने मूल नारा सहित रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ माघी मेला २०८२ सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
यस क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठाउँको बृहत प्रचारप्रसार, स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन एवम यस ठाउँको विकास गर्ने मुल उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा वडा नम्बर ६ सुगरखाल स्थित रामजानकी भक्तिनिया अस्थान मन्दिर परिसरमा रहेको खेल मैदानमा २ वर्ष देखि मेला सञ्चालन हुँदै आएको छ ।
यस वर्षको माघी मेला माघ २ गते देखि सुरु भई माघ ५ गते सम्म सञ्चालन हुने जनाईएको छ । मेलामा विभिन्न सांस्कृतिक झाँकी, नाचगान तथा थारु गाउँ लगायत विभिन्न कलाकारहरुको प्रस्तुति मुख्य आकर्षणको रूपमा रहने आयोजक रामजानकी भक्तिनिया अस्थान व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर कठरियाले बताउनु भयो ।
माघी मेलामा चर्चित थारु महालोक गायक मनिराम करियाबखरिया, चर्चित गायक ऐ.के थारु , चर्चित मोडल समु चौधरी, मोडल रशिला कठरिया,मोडल पृतु चौधरी, डन्सर टिकटक स्टर दिपिका चौधरी (पडानी), डन्सार अञ्जली चौधरी, डन्सर पुष्पञ्चलि चौधरी ,डन्सर युगल जोडी रेमु र गिता, गायक अकित चौधरी गायक किसनलाल चौधरी, गायक भरत तम्रकार, गायक राजबन्दु चौधरीको प्रस्तुति देख्न पाइनेछ । साँस्कृतिक संयोजक सागर चौधरीले जानकारी दिएका छन ।
यसैगरी रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेलामा स्थानीय विद्यालयका विद्यार्थीहरुको समेत प्रस्तुति रहने चौधरीले जनाएको छ । यस बर्ष मेला अवधिभर करिब १लाख भक्तजन तथा पर्यटकले अवलोकन गर्ने आश गरिएको छ ।
मेलामा व्यापार व्यवसाय गर्न इच्छुक व्यापारीहरूको लागि पुस १२ गते बाट स्टल बुकिङ खुल्ला गरिने पनि आयोजकले बताएको छ।



























































































































































