नवलपुरमा घटे महिला मतदाता

नवलपुर (नवलपरासी),  अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको सङ्ख्या घटेको हो ।

 

नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार २०७९ को निर्वाचनमा नवलपुरमा एक लाख ३६ हजार १२१ जना महिला मतदाता रहेका थिए । अहिले यो सङ्ख्या घटेर एक लाख ३४ हजार १७० कायम रहेको भुसालले बताउनुभयो । जिल्लामा महिला मतदाताको सङ्ख्या घटेको भए पनि समग्र मतदाताको सङ्ख्या भने करिब आठ हजारले बढेको भुसालको भनाइ छ ।

 

महिला मतदाताको सङ्ख्या घटेकोबारे कार्यालयले सुक्ष्म रूपमा खोजी नगरे पनि विवाह भएर जिल्ला बाहिर जाने तथा विभिन्न कारणबाट मतदाता नामावलीबाट नाम हटाइएको कारण हुनसक्ने उहाँले बताउनुभयो । पुरुषहरूको सङ्ख्या बढ्नुको कारण भने विदेशमा भएका तथा यसअघि छुटेका मतदाताले नाम दर्ता गराउनुभएको उहाँको भनाइ छ । नेपालकै कान्छो जिल्लाका रूपमा रहेको गण्डकी प्रदेशको यस जिल्लामा पुरुष र महिला मतदाता बराबर देखिएका छन् ।

 

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार जिल्लामा महिला पुरुष मतदाता लगभग बराबरी अवस्थामा रहेका भुसालले बताउनुभयो । नवलपुरमा एक लाख ३४ हजार १७० महिला तथा एक लाख ३४ हजार ३५२ पुरुष मतदाता रहेका उहाँको भनाइ छ । शर्माकाअनुसार जिल्लामा जम्मा दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन् जसमा चार जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता छन् ।

 

फागुन २१ मा हुने निर्वाचनमा जिल्लाको ११४ मतदानस्थलको ३११ मतदान केन्द्रबाट मतदान हुने भुसालले जानकारी दिनुभयो । अघिल्लो निर्वाचन २०७९ मा जिल्लामा एक लाख ३६ हजार १२१ महिला तथा एक लाख २४ हजार ३३६ पुरुष मतदाता एवं चार जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक गरी जम्मा दुई लाख ६० हजार ४६१ मतदाता रहेका भुसालले बताउनुभयो । उहाँका अनुसार जिल्लामा आठ हजार ६५ नयाँ मतदाता थपिएका छन् ।

 

जिल्लामा प्रतिनिधिसभा सदस्यको दुईवटा निर्वाचन क्षेत्र छ । निर्वाचन क्षेत्र नं १ मा महिला मतदाता धेरै देखिएका छन् । यहाँ ७१ हजार ९८ महिला, ६५ हजार ९८२ पुरुष तथा एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता गरी कुल एक लाख तीन हजार ८१ मतदाता रहेका भुसालले जानकारी दिनुभयो । यस क्षेत्रमा ५८ मतदानस्थलको १५७ मतदान केन्द्रबाट मतदान हुने भुसालको भनाइ छ ।

 

त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा महिला मतदाताको तुलनामा पुरुष मतदाता धेरै छन् । यहाँ ६३ हजार ७२ महिला, ६८ हजार ३७० पुरुष एवं तीन जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक गरी जम्मा एक लाख ३१ हजार ४४५ मतदाता छन् । यस क्षेत्रको ५६ वटा मतदानस्थलका १५४ मतदान केन्द्रबाट मतदान हुने भुसालले बताउनुभयो ।

अघिल्लो निर्वाचनको तुलनामा आगामी निर्वाचनका लागि जिल्लामा नौवटा मतदान केन्द्र थप भएका भुसालले बताउनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ मा चारवटा मतदान केन्द्र थप गरिएको छ । गैँडाकोट–४ को सानो जनक आधारभूत विद्यालय झपर्दी, गैँडाकोट–१८ को बालज्योति आधारभूत विद्यालय दमार, देवचुली–४ को शान्ति सृजना आधारभूत विद्यालय झाक्रे र बुलिङटार–३ को त्रिभुवन माध्यमिक विद्यालय बाझगरा मतदान केन्द्र थप गरिएको भुसालले बताउनुभयो ।

 

त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा पाँचवटा मतदान केन्द्र थप भएका छन् । भुसालका अनुसार यस क्षेत्रमा मध्यविन्दु–१ को नवज्योति आधारभूत विद्यालय पतवारी, मध्यविन्दु–४ को जनसिद्ध माध्यमिक विद्यालय लसलहरी, मध्यविन्दु–७ को नवजागरण मावि चोरमारा, विनयी त्रिवेणी–२ को जनजागृति आधारभूत विद्यालय ज्यामिरे र विनयी त्रिवेणी–४ को दीपेन्द्र माध्यमिक विद्यालय सर्दीमा मतदान केन्द्र थप गरिएको छ ।

 

आठवटा स्थानीय तह रहेको जिल्लामा गैँडाकोट र देवचुली नगरपालिका तथा बुलिङटार गाउँपालिकाको पूरै वडा एवं कावासोती नगरपालिकाको वडा नं १, २, ५ देखि १३ सम्म निर्वाचन क्षेत्र नं १ मा पर्दछ । निर्वाचन क्षेत्र नं २ मा मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाको पूरै वडा तथा कावासोती नगरपालिकाको वडा नं ३, ४, १४ देखि १७ सम्मका वडा पर्दछन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९