वाईसीएल जाजरकोटका अध्यक्ष बस्नेतले एम्बुलेन्स फुटाए, नगरपालिकाले गुपचुपमै मिलायो

सुर्खेत, १ असार । १७ चैत २०७९ मा जाजरकोटमा नेकपा माओवादी केन्द्रनिकट युवा स‌ंगठन वाईसीएल  जाजरकोटका अध्यक्ष यज्ञराज बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरे । जाजरकोट भेरी नगरपालिका १ कालेगाउँ बस्ने वर्ष २७ का बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेका हुन् ।संघीय सरकारका ऊर्जा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतका दाइका छोरा बस्नेतले नगरपालिकामा पार्किङ गरेर राखेको कर्णाली प्रदेश ०२००१ झ ०११७ नम्बरको एम्बुलेन्सको सिसा फुटालेको थिए । १७ चैतको साँझ करिब ८ बजे भेरी नगरपालिकाको स्वामित्वमा रहेको एम्बुलेन्स तोडफोड भेरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण जैसीले बताए भेरी नगरकार्यपालिकाको बैठक संचालन भइरहेको समयमा बाहिर ठेक्कासम्बन्धी केही व्यक्तिहरुको विवाद गर्दै बस्नेतले एम्बुलेन्स तोडफोड गरेका थिए । बिरामी पुर्‍याएर फर्किएको पार्किङका लागि राखेको एम्बुलेन्सकाे सिसा फुटेको थियो ।सार्वजनिक सम्पत्तिमा तोडफोड भएको भन्दै तत्काल बस्नेतलाई आवश्यक क्षतिपूर्ति तिर्न नगरपालिकाले कागज गराएको थियो । जानाजान सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याउने उद्देश्य आफ्नो नरहेको बस्नेतले स्वीकार गरेका थिए ।भुलवस अन्जानमा सार्वजनिक सम्पत्तिमा क्षति भएको भन्दै बस्नेतले क्षमा मागेका थिए । आफ्नो कारणले एम्बुलेन्समा भएको क्षतिबापतको रकम तिर्न आफू तयार रहेको समेत बताएका थिए । घटना भएको तीन महिना बितिसक्दा पनि उनले क्षतिपुर्तिबापत पैसा तिरे नतिरेको कसैलाई पनि जानकारी छैन । यता, नगरपालिकाले भने उनले पैसा तिरिसकेको भने दाबी गरेको छ ।

पैसा तिरेको हाकिमलाई समेत थाहा छैनभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसीले वाईसीएल जाजरकोटका अध्यक्ष बस्नेतले नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेको आफूलाई जानकारी भएको र क्षतिपुर्तिबापत रकम तिरेको भने कुनै पनि जानकारी नभएको बताए । उनले रकम तिर्छु भनि कागज गरेको तर आफुलाई पैसा तिरेको कुनै पनि जानकारी नभएको उनले बताए ।एम्बुलेन्स तोडफोड गरेको स्वीकार गर्दै पैसा तिर्छु भनी कागज समेत गर्नुभएको थियो’ उनले भने, ‘तर के गर्नुभयो त्यो मलाई केही जानकारी भएन्, एम्बुलेन्स मर्मत भइसक्यो सायद तिर्नुभयो होला ।’यस्तै नगरपालिका राजश्व शाखा प्रमुख प्रकाश बटालाले पनि पैसा तिरे नतिरेको आफूलाई कुनै पनि जानकारी नभएको बताए । ‘तिर्छु भन्नुभएको थियो तर के गर्नुभयो मलाई केही जानकारी भएन,’ उनले भने । यस्तै, वाइसियलका अध्यक्ष बस्नेतलाई सम्पर्क गरी यस विषयमा बुझ्न खोज्दा उनले कुनै पनि जवाफ दिन चाहेनन् । ‘गएको कुरा किन गर्नुपर्‍याे, मैले जानी जानी तोडफोड गरेको हो र ? जे भइसक्यो भइसक्यो । तपाइँलाई के भयो भन्दै उल्टै उनले राम्रोसँग पत्रकारिता गर्न धम्की समेत दिए ।रकम तिरिसक्नुभयो भरपाइ बनाएन गल्ती भयो :  जिन्सी प्रमुख थापाभेरी नगरपालिका जिन्सी शाखा प्रमुख कृर्तिबहादुर थापाले बस्नेतले क्षतिपुर्तीबापत ५ हजार ५०० रुपैयाँ तिरिसकेको बताए । उनले एम्बुलेन्सको सिसा फुटाएको एक हप्तापछि कार्यालयमा आएर पैसा बुझाएको जानकारी दिए । ‘हामीले गाडी कला मोटर पाटर्स नेपालगञ्जमा बनाएका थियौँ, गाडी बनाएबापतको रकम ५ हजार ५००  मैले मेराे खाताबाट हालेको थिएँ,’ उनले भने, ‘त्यसपछि उहाँ कार्यालयमै आएर मलाई ५ हजार ५०० रुपैयाँ दिनुभयो । तर, मैले बिल भरपाई केही पनि बनाएन गल्ती भयो ।’उनले भनेको कुरालाई आधार मान्दा बस्नेतले तिरेको पैसा थापाले व्यक्तिगत खर्च चलाएको बुझिएको छ । सरकारी राजश्व सरकारको खातामा दाखिला गर्नुपर्ने कानुनी प्रावधान छ । तर, भेरी नगरपालिका कर्मचारी व्यक्तिगत खातामा पैसा असुली गर्दै आएका छन् । नगरपालिका राजश्व प्रमुख र स्टोर प्रमुख थापाले व्यक्तिगत खातामा पैसा लिएर व्यक्तिगत खर्च चलाउने गरेको स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न

लिस्वन (पोर्चुगल),  पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले पोर्तो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ’कन्सुलर सेवा प्रदान गरेको छ ।   दूतावासले पोर्तोको भिला नोभा दि गइयामा दुई दिने घुम्ती शिविरको आयोजना गरेर सो क्षेत्रमा रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी...

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

नेपालगञ्ज, आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् । दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।     जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी...

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत,  यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ । यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ ।   जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र रु २० करोडका...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला,  हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ ।दुई दिनको हिमपातले गर्दा नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई उडानसमेत बन्द भएको छ । यही माघ १४ गते भारी हिमपातका बावजुद...

पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना

म्याग्दी,  मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो । समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा लोकबाजा सङ्ग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।   मालिका गाउँपालिकाले रु सात लाख ७६ हजार अनुदान...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध

गुल्मी,  छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको...

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान (सुनसरी),  धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।   यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९