‘राससले आफूलाई अझ व्यावसायिक रूपमा विकास गर्नेछ’

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले बदलिँदो सञ्चार परिवेशमा राष्ट्रिय समाचार समिति (रासस) ले अझ व्यावसायिक, प्रतिस्पर्धी र अन्तरराष्ट्रियस्तरमा समेत विश्वसनीय समाचार संस्थाका रूपमा आफ्नो भूमिका विस्तार गर्ने अपेक्षा गर्नुभएको छ ।

 

राससको ६५औँ वार्षिकोत्सवका अवसरमा मन्त्रालयका तर्फबाट शुभकामना व्यक्त गर्दै उहाँले लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समावेशी विकासको प्रवर्द्धनमा तथ्यपरक, निष्पक्ष र जिम्मेवार समाचार प्रवाह गर्दै राससले राष्ट्रका लागि उल्लेखनीय योगदान पु¥याएको समेत उल्लेख गर्नुभएको छ ।

 

विगतका निर्वाचनमा राससले निर्वाह गरेको निष्पक्ष र उत्तरदायी भूमिकाले यस संस्थाप्रति आमनागरिकको विश्वास थप बलियो बनाएको उल्लेख गर्दैै सचिव बस्नेतले डिजिटल पत्रकारिता, मल्टिमिडिया सामग्री, फोटो तथा भिडियो समाचार सेवामार्फत राससले आफ्नो पहुँच र प्रभाव विस्तार गर्नु प्रशंसनीय विषय भएको बताउनुभएको छ ।

 

शुभकामना सन्देशमा भनिएको छ, “विसं २०१८ फागुन ७ गते स्थापना भएको रासस नेपाली पत्रकारिता र सूचना प्रवाहको क्षेत्रमा विश्वासिलो र आधिकारिक संस्थाका रूपमा स्थापित हुँदै आएको छ । सूचना प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको प्रभाव र डिजिटल माध्यमको विस्तारसँगै पत्रकारिता क्षेत्र निरन्तर परिवर्तनको चरणमा रहेको वर्तमान सन्दर्भमा राससले आफ्नो संस्थागत क्षमता अभिवृद्धि गर्दै समयसापेक्ष रूपमा आफूलाई परिमार्जन गरिरहेको छ ।”

 

राससले सङ्घीय संरचनाअनुसार प्रदेश र स्थानीय तहसम्म सूचना प्रवाहलाई प्रभावकारी बनाउँदै आएको जनाउँदै सचिव बस्नेतले राससले सरकारी नीति, कार्यक्रम र विकास गतिविधिलाई आमनागरिकसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र त्यसलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै, राष्ट्रिय हित, जनचासो र सार्वजनिक उत्तरदायित्वका विषयमा सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्नु राससको पहिचान बनेको उहाँको भनाइ छ ।

 

सचिव बस्नेतले हरेक दिन २४सै घण्टा नेपाली समाचार सेवा सम्प्रेषण गरी ‘न्युज एजेन्सी सुत्दैन’ भन्ने सन्देश दिन सफल भएकामा राससको प्रशंसा गर्दै पछिल्ला दिनमा नेपाल भाषा, मैथिली र अवधि भाषामा समेत समाचार सेवा सञ्चालन गरी प्रशंसनीय काम गरेकामा नेतृत्वसहित संलग्न जनशक्तिलाई धन्यवाद पनि व्यक्त गर्नुभएको छ ।  उहाँले मुलुक निर्वाचन सङ्घारमा रहेको अवस्थामा अझ सत्यतथ्य समाचार सम्प्रेषण गरेर राससले निर्वाचनको माहोल बनाउन योगदान गर्ने विश्वाससमेत गर्नुभएको छ ।

 

सचिव बस्नेतले भन्नुभएको छ, “निर्वाचनका सम्पूर्ण प्रक्रियामा सूचनाको भूमिका महत्त्वपूर्ण र संवेदनशील हुन्छ, यस संवेदनशील समयमा फैलन सक्ने गलत सूचना, भ्रम र दुष्प्रचारको जोखिम निर्मूल गर्न आधिकारिक समाचार संस्थाका रूपमा राससले तथ्य जाँच, सन्तुलित प्रस्तुति र समयमै सही सूचना प्रवाह गरेर लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित बनाउने जिम्मेवारी बहन गर्नुपर्छ । सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको मूल्यलाई आत्मसात् गर्दै लोकतन्त्र, निर्वाचन प्रणाली र समृद्ध नेपालको निर्माणमा राससले निरन्तर योगदान पु¥याओस् हार्दिक शुभकामना ।” राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९