विचारः नेपाली राजनीति र महिला सहभागिताको सवाल

काठमाडौँ,  यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा महिला नेताहरुको उमेदवारीलाई हेर्ने हो भने नेपाली समाजमा महिलाले गर्नुपर्ने सङ्घर्ष अझै धेरै छ भन्ने स्पष्ट गर्दछ । त्यसो त नेपाली महिलाहरुको राजनीतिक क्षेत्रमा इतिहासदेखि वर्तमानसम्मको अवस्थालाई अवलोकन गर्ने हो भने राजनीतिमा महिलाको योगदान ऐतिहासिक, सङ्घर्षशील र प्रभावशाली रहँदै आएको छ । यति योगदान ठूलो भए पनि त्यसको पहिचान र प्रतिनिधित्व अझै समानुपातिक हुन सकेको छैन । किन हुन सकेन भन्नेतर्फ दल र नेताले गहिरोसँग आत्मालोचना गरेको देखिदैन ।

 

 

महिलाहरुले राजनीति र हरेक राजनीतिक परिवर्तनको अप्ठ्यारो परिस्थितिमा ऐतिहासिक भूमिका खेल्दै आएको देखिन्छ । विगतलाई फर्केर हेर्दा २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि पञ्चायतविरुद्धको सङ्घर्ष, २०४६ र २०६२÷६३ सालको जनआन्दोलनमा महिलाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुको साथै सङ्गठन विस्तार, सडकदेखि सदनसम्म उल्लेखनीय भूमिका खेल्दै हरेक आन्दोलनदेखि भूमिगत सङ्गठनसम्म महिलाको सक्रियता निर्णायक रह्यो । यसले गर्दा यो देशको हरेक उपलब्धि र अवसरमा समान हक छ तर व्यावहारिक रुपमा महिलाको अस्तित्वलाई स्वीकार्न अझै गाह्रो नै छ ।

 

 

 

नेपालको संविधानले अलि अलि सम्बोधन गरेको छ । समानता र मानव अघिकारलाई सङ्घीय संसद्, प्रदेशसभा र स्थानीय तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुलाई राम्रो रुपमा लिन सकिन्छ । संविधानले महिला अधिकारलाई मौलिक हकको रूपमा स्थापित गर्नुको साथै समानुपातिक समावेशी सिद्धान्त संस्थागत हुनुमा महिला राजनीतिज्ञ, अधिकारकर्मी र आन्दोलनको संयुक्त परिणाम हो ।

 

 

 

यसले गर्दा नेपालले राज्य संरचनामा राष्ट्रपति, सभामुख÷उपसभामुख, मन्त्री, प्रदेश प्रमुख, स्थानीय तहका प्रमुख÷उपप्रमुखको रुपमा महिलाको उपस्थिति पाइसकेको छ । यसले शासन प्रणालीलाई नागरिक–मैत्री, पारदर्शी र सामाजिक मुद्दामुखी बनाएको छ । तर यस पटकको निर्वाचनमा विगतका निर्वाचनको तुलनामा महिलाको उपस्थिति कम हुनुले फेरि पनि महिलाको नेतृत्वसम्बन्धी आवाज उठाउने सामाजिक सङ्घ संस्था, राजनीतिक पार्टीहरु सबैमा नैतिक प्रश्न उठेको छ । पहिला पहिला झैँ महिलासम्बन्धी आवाज उठाउने संस्था सक्रिय नहुनुले पनि महिलाप्रति सकारात्मक वातावरण अलिक कमजोर देखिँदै आएको छ ।

 

 

त्यसो त महिला सुरक्षा दबाब समूहलगायतका संस्थाहरुले कम्तीमा संविधानले निर्देश गरेबमोजिम महिलालाई जिताएरै ल्याउनुपर्ने मतलाई जोडदार रुपमा अघि सारेर सबै राजनीतिक दल कहाँ मागपत्र बुझाएको छ । पछिल्लो जेनजी आन्दोलनपछि राजनीतिक पार्टीमा आफूलाई सच्याएर लाने पार्टीमध्ये नेपाली कांग्रेस अग्रपङ्तीमा पर्छ र यो सकारात्मक हो । राजनीतिक दलहरू अझै पनि ‘जित्ने क्षमता’ लाई पुरुषसँग जोडेर हेर्ने गर्छन् । तर कांग्रेसले पदाधिकारी तहमै तीन महिला ल्याउनु राम्रो सुरुवात हो तर नेपाली समाजको आवश्यकता चाहीँ अबको दिनमा विकास र देशप्रतिको कति जवाफदेही छ भन्ने नै मुख्य हो ।

 

 

 

महिला आफैँ चाहीँ अहिले पनि सबै हिसाबले पार्टीभित्र साँगुरिर बस्नुपरेको अवस्था छ । त्यसकारण पनि अझै महिला नेताहरुप्रति दलको लचिलो रणनीति हुन जरुरी छ । मैदानमा महिला किन कम छन् ? यो प्रश्नको जवाफ सबै पार्टीलाई नैतिक रुपमा जान्छ । देशलाई इमान्दार भएर कसले नेतृत्व गर्छ भन्ने नै प्रमुख सवाल हो । त्यसो त अग्रवादी सोचका पार्टी हौँ भन्ने धेरै पार्टीहरुले महिलालाई नेता मान्न र नेतृत्व तहमा उभ्याउन हिचकिचाइरहेको अवस्था छ ।

 

 

 

राष्ट्रिय जनगणना २०७८ ले नेपालमा महिलाको जनसङ्ख्या पुरुषभन्दा करिब छ लाख ५७ हजारले बढी रहेको स्पष्ट देखाउँछ । तर यही तथ्य निर्वाचन आयोगको मतदाता सूचीमा पुग्दा उल्टो चित्र देखिन्छ महिला मतदाताको सङ्ख्या पुरुषभन्दा चार लाखभन्दा बढीले कम छ । यही अन्तरले केबल मतदाता सूचीको प्राविधिक कमजोरी मात्र होइन, महिलाको राजनीतिक पहुँच, सहभागिता र प्रतिनिधित्वमा रहेको संरचनागत असमानता उजागर गर्छ । मतदाता सूचीमा महिलाको नाम दर्ता कम हुनु आफैँमा ठूलो समस्या हो तर किन यस्तो भइरहेछ भन्ने पछाडि पक्षलाई बुझ्दा नागरिकता लिन ढिलाइ, बसाइँसराइ, वैवाहिक नाम परिवर्तन, घरधन्दाको चाप, तथा राजनीतिक प्रक्रियाप्रति निराशाले महिलालाई मतदाता प्रक्रियाबाट टाढा राखेको देखिन्छ ।

 

 

 

जब निर्वाचन आउँछ तबमात्र यस विषयमा केन्द्रीत भएर गरिने जनचेतनामूलक कार्यक्रम वास्तवमा प्रभावहीन रहन्छन् । त्यसकारण पनि सन्दर्भमा आसन्न निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत महिला उम्मेदवारको सङ्ख्या न्यून हुनु कुनै संयोग होइन, यो लामो समयदेखि संस्थागत हुँदै आएको राजनीतिक प्रवृत्ति र पितृसत्तात्मक सोचको परिणाम हो । त्यसो त महिला उम्मेदवार किन कम छन् ? अथवा महिलाहरु नेतृत्व लिन सक्षम नै छैनन् तर त्यस्तो होइन । विगत र अहिलेसम्मको यात्राले महिला सचेत अवस्थामा आइसकेका छन् भन्ने तथ्य विर्सनु हुन्न । दक्षिण एसीयाली मुलुकमा राजनीतिमा महिलाको उपस्थितिलाई हेर्ने हो भने हामी कहाँ संविधानले बलियो समावेशी व्यवस्था गरेकै कारण स्थानीय तहमा महिलाको उपस्थिति उल्लेख्य छ तर कार्यकारी निर्णायक भूमिकामा अझै कम छन् । सार्क तहमा हेर्दा भारतमा स्थानीय तहमा आरक्षणले सहभागिता बढे तापनि संसद्मा महिला प्रतिनिधित्व अझै कम छ ।

 

 

 

बङ्गलादेशमा शीर्ष नेतृत्वमा महिला देखिए पनि पार्टी–तहमा आन्तरिक लोकतन्त्र कमजोर छ । पाकिस्तानमा आरक्षण छ, तर सुरक्षा र सांस्कृतिक अवरोधको कारण महिलाको वाकस्वतन्त्रता नै जोखिमपूर्ण छ । श्रीलङ्काले महिला नेतृत्व पायो तर फेरि पनि प्रतिनिधित्व न्यून छ । अफगानिस्तानमा महिलाको राजनीतिक अधिकार लगभग निष्क्रिय छ । नेपालको सन्दर्भमा हजार अवरोध र कठिनाइबीच पनि महिला राजनीतिक क्षेत्रमा यतिको टिकेर रहनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । समानुपातिक सुचीमा महिलालाई राखेर “कोटा पूरा” गर्ने प्रवृति र प्रत्यक्ष निर्वाचनमा टिकट दिँदा महिलाले हार्छ भन्ने मानसिकता यो दुवै सम्मुनत लोकतन्त्रको बाधा हो ।

 

 

 

निर्वाचन खर्चिलो हुनु पनि महिलाहरुको आर्थिक पहुँच कमजोर हुनु, पारिवारिक दायित्व, समाजको आलोचनात्मक दृष्टि र चरित्र हत्या हुने डरले धेरै सक्षम महिला उम्मेदवारीबाटै पछाडि हट्न बाध्यकारी जस्तै अवस्था हुनुले पनि महिला नेतृत्व तहमा पछाडि परेका हुन् । हामी कहाँ अहिलेसम्म पनि राजनीतिक दलहरूले महिलालाई अन्तिम समयमा मात्रै ‘उम्मेदवार’ बनाउँछन् । परिणामतः महिलालाई जित्न गाह्रो हुन्छ । सङ्ख्यात्मक रुपमा महिला उम्मेदवार कम छन्, भएकालाई कसरी जिताउन सकिन्छ भन्नेतर्फ सोच्न आवश्यक छ । भएका महिला उम्मेदवारलाई कमजोर देखाउने होइन, सङ्गठन, कार्यकर्ता र स्रोतसाधन पूर्णरूपमा परिचालन गरेर भए पनि जित्ने वातावरण दलहरुले नै बनाउनुपर्छ । महिला मतदातामाथि लक्षित अभियान महिला उम्मेदवारलाई जिताउन महिला मतदाताको सक्रियता अनिवार्य छ । महिलाको मुद्दा, दृष्टिकोण र नेतृत्व क्षमतालाई प्रचारको केन्द्रमा राख्नुपर्छ ।

 

 

सबै पार्टीहरुले समुन्नत समाजको परिकल्पना गर्दैगर्दा महिला उम्मेदवारलाई जिताउनु केबल एक व्यक्तिलाई जिताउनु होइन, आधा जनसङ्ख्याको आवाज संसद्सम्म पु¥याउनु हो भन्ने चेतना मतदातासम्म पुग्न आवश्यक छ । महिलाको जनसङ्ख्या बढी भएर पनि राजनीतिक प्रतिनिधित्व कम हुनु लोकतन्त्रको गम्भीर विरोधाभास हो । महिला उम्मेदवार कम हुनु केवल महिलाको कमजोरी होइन, दल, राज्य संरचना र समाजको सामूहिक असफलता हो ।विमला तुम्खेवा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तर्वार्ताः स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर

काठमाडौँ, गत भदौ महिनाको अन्तिम साताको जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटन भयो र नयाँ सरकार गठन भयो । त्यसलगत्तै नेपाल सरकार र निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेका हुन् । वर्तमान सरकारको पहिलो प्राथमिकता नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने भएकाले सरकारलाई यो प्राथमिकता पूरा...

एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

देउखुरी (दाङ)  दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले आफू निर्वाचित भएमा पाँचवर्ष भित्र गर्ने पाँच संकल्प सार्वजनिक गर्नुभएको छ ।   उहाँले आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका पाँच क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ,  आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य रु ६०० र चाँदीको मूल्य रु १० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन १५ हजार ४०० र एक तोलाको चाँदीको रु...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार

काठमाडौँ,  नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा उल्लेखनीय प्रगति हासिल गरेको तथ्याङ्कले देखाएको छ ।   उक्त अवधिमा निगमको कुल आम्दानी करिब सात प्रतिशतले वृद्धि...

निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

काठमाडौँ,  निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ ।   आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

शान्ति माध्यमिक विद्यालयको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिकोत्सव समारोह सम्पन्न

कैलाली। कैलाली जिल्ला स्थित शान्ति माध्यमिक विद्यालय मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनाको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गिरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ प्रमुख अतिथि रहनुभएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालयको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिकोत्सव समारोह सम्पन्न

कैलाली। कैलाली जिल्ला स्थित शान्ति माध्यमिक विद्यालय मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनाको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गिरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ प्रमुख अतिथि रहनुभएको...

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ ।   स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९