४८ औँ नेत्रज्योति दिवसः नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ

काठमाडौँ, नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ । सीमित स्रोत, जटिल भौगोलिक अवस्था र स्वास्थ्य सेवाको सीमित पहुँचका बाबजुत नेपालले अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यस उपलब्धिको केन्द्रमा रहेको संस्था हो– नेपाल नेत्रज्योति सङ्घ ।

 

 

प्रतिष्ठित समाजसेवीहरु रविशमशेर राणा, प्रा डा रामप्रसाद पोखरेल, मणिहर्ष ज्योति, बद्रीविक्रम थापा, अनङ्गमान शेरचन, बनवारीलाल मित्तल, तोलाराम दुगड, राजकृष्ण श्रेष्ठ र कमलमणि दीक्षितको अथक पहलमा नेपाल नेत्रज्योति सङ्घको स्थापना सन् १९७८ मा भएको हो । यसमा पनि नेपालमा आँखा स्वास्थ्य सेवाको प्रवद्र्धन र विस्तारमा प्रा डा पोखरेलको योगदान अतुलनीय एवं ऐतिहासिक रहेको छ । उहाँलाई नेपालमा आधुनिक आँखा स्वास्थ्य सेवाको परिकल्पनाकारका रूपमा लिइन्छ । उहाँले आँखा उपचार सेवालाई व्यवस्थित, विस्तार र सर्वसुलभ बनाउने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

 

 

 

स्थापनापश्चात् सङ्घले नेपाल सरकार, विभिन्न वैदेशिक दातृ निकायसँगका सहकार्यमा तत्कालीन समयमा १४ वटै अञ्चलमा आँखा अस्पताल स्थापना गर्ने उद्देश्यले समुदायसँग सहकार्य सुरुआत गरेको थियो । सङ्घको आह्वानमा देशका विभिन्न स्थानमा समुदायले जग्गा दान गरेका थिए भने समाजसेवीले आर्थिक सहयोगसमेत गरेका थिए । यसबाट नेपालमा सर्वसुलभ, गुणस्तरीय र सहजरुपमा आँखा उपचार सेवाको विस्तारमा महत्वपूर्ण आधार तयार गरेको छ ।

 

 

 

प्रत्येक वर्ष चैत १३ गते नेपाल नेत्रज्योति सङ्घको स्थापना दिवसका अवसरमा नेत्रज्योति दिवस मनाइन्छ । यस विशेष दिनका अवसरमा नेपालमा आँखा स्वास्थ्य सेवाको विकास, अन्धोपन न्यूनीकरण तथा सर्वसाधारणलाई सर्वसुलभ, गुणस्तरीय र सहज आँखा उपचार सेवा विस्तारमा सङ्घले पु¥याएको योगदानलाई स्मरण गर्दै आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै सुरक्षित दृष्टिका लागि सबै सरोकारवालालाई सहकार्य र सक्रिय सहभागिताका लागि प्रेरित गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।

 

 

यस वर्ष ४८ औँ नेत्रज्योति दिवस ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ मनाइँदैछ । यस नाराले आँखा स्वास्थ्य सेवा विस्तार र अन्धोपन न्यूनीकरणको अभियान केवल सरकार, कुनै एक निकाय वा संस्थाको जिम्मेवारी मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व भएको सन्देश दिएको छ ।

 

 

 

अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि

नेपालले पछिल्ला चार दशकमा आँखा स्वास्थ्य सेवामा उल्लेखनीय प्रगति गरेको छ । राष्ट्रिय सर्वेक्षण (सन् १९८१) ले नेपालमा अन्धोपनको दर ०.८४ प्रतिशत रहेको देखाएको थियो । निरन्तर प्रयास, उपचार सेवाको विस्तार, जनचेतना अभिवृद्धि र आधुनिक शल्यक्रिया प्रविधिको प्रयोगका कारण अहिले यो दर घटेर ०.२८ प्रतिशतसम्म झरेको छ ।

 

 

यो उपलब्धि केवल स्वास्थ्य सेवाको विस्तार मात्र होइन, प्रभावकारी योजना, समुदायको सहभागिता र संस्थागत प्रतिबद्धताको परिणाम हो । नेपालले अपनाएको अन्धोपन न्यूनीकरणको ‘मोडेल’ विश्वका अन्य विकासोन्मुख मुलुकहरूका लागि समेत उदाहरणीय मानिएको छ ।

 

 

 

देशभर फैलिएको आँखा सेवा सञ्जाल

नेपाल नेत्रज्योति सङ्घले देशभर आँखा स्वास्थ्य सेवा सञ्जाल निर्माण गरेको छ । हाल सङ्घअन्तर्गत २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् ।यी संस्थाहरूमार्फत हिमाली क्षेत्रका दुर्गम गाउँदेखि तराईका समथर भूभागसम्मका नागरिकलाई सहज र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराइँदै आएको छ । हजारौँ स्वास्थ्यकर्मी, प्राविधिक तथा स्वयंसेवकहरूको सक्रिय योगदानले आँखा स्वास्थ्य सेवा विस्तारलाई प्रभावकारी बनाएको छ ।

 

 

सङ्घको स्थापनादेखि सन् २०२४ को अन्त्यसम्म आइपुग्दा सङ्घको सञ्जालमार्फत चार करोड ६८ लाख ६८ हजारभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गरिसकिएको छ भने ५३ लाखभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ । यी तथ्याङ्कहरूले नेपालमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारमा सङ्घले खेलेको भूमिकालाई स्पष्ट रूपमा उजागर गरेको छ ।

 

 

 

समुदायमै पुग्ने आँखा सेवा

नेपालको भौगोलिक बनावट जटिल भएकाले स्वास्थ्य सेवा दुर्गम क्षेत्रमा पु¥याउनु चुनौतीपूर्ण हुन्छ । यही चुनौतीलाई ध्यानमा राख्दै नेपाल नेत्रज्योति सङ्घले समुदायमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।घुम्ती आँखा शिविर, विद्यालयस्तरीय जाँच कार्यक्रम, निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर, आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभियान लगायतका गतिविधिहरूबाट दुर्गम क्षेत्रका लाखौँँ नागरिकले सुलभ आँखा उपचार सेवा प्र्राप्त गरेका छन् । सङ्घले यसका अलावा दृष्टिदोष, बाल दृष्टिविहीनता, जलविन्दु, ‘डाइबेटिक रेटिनोपेथी’, न्यूनदृष्टि तथा पुनःस्थापना सेवाजस्ता विशेष कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।

 

 

 

अन्तरराष्ट्रियस्तरमा नेपालको आँखा सेवा

नेपालको आँखा उपचार सेवा अन्तरराष्ट्रियस्तरमा पनि अनुकरणीय एवं प्रशंसित हुँदै गएको छ । गुणस्तरीय सेवा, दक्ष जनशक्ति तथा तुलनात्मक रूपमा कम लागतका कारण छिमेकी देशहरू भारत, बङ्गलादेश र भुटानलगायतका मुलुकका नागरिकहरू समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् ।

 

 

नेपाल नेत्रज्योति सङ्घका अस्पतालहरूमा उपलब्ध प्रभावकारी सेवा र उच्च सफलता दरका कारण विदेशी बिरामीहरूको सङ्ख्या क्रमशः बढ्दै गएको छ । उपलब्ध तथ्याङ्कअनुसार सन् २०२४ मा मात्र नेपाल नेत्रज्योति सङ्घको सञ्जालमार्फत नौ लाख सात हजारभन्दा बढी विदेशी नागरिकहरूको आँखा परीक्षण गरिएको थियो भने करिब एक लाख ६२ हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया गरिएको थियो ।

 

 

यसले नेपाललाई आँखा उपचारको सम्भावित चिकित्सा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना पनि बढाएको छ । नेपाल सरकारसँगको सहकार्यमा नेपाललाई आँखा उपचारको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने प्रयासहरू पनि अघि बढिरहेका छन् ।

 

 

 

नेपाल नेत्रज्योति सङ्घले नेपाली दूतावासहरूको सहकार्यमा विदेशमा समेत आँखा शिविर सञ्चालन गर्दै प्रवासी नेपाली तथा स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएको छ । साथै, विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गरी विदेशमा थप आँखा शिविर सञ्चालन गर्ने योजनासमेत अघि बढाइएको छ, जसले उनीहरूको आँखा स्वास्थ्य पहुँचलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

 

 

 

आधुनिक प्रविधि र हरित अस्पतालतर्फ

पछिल्लो समय नेपाल नेत्रज्योति सङ्घले आधुनिक प्रविधिको प्रयोगमा विशेष ध्यान दिँदै आएको छ । मोबाइल हेल्थ, टेलि–अफ्थाल्मोलोजीलगायतका प्रविधिको प्रयोगमार्फत दुर्गम क्षेत्रमा समेत विशेषज्ञ सेवा विस्तार गर्ने प्रयास भइरहेको छ ।यसका साथै सङ्घले आफ्ना अस्पताल तथा उपचार केन्द्रहरूलाई हरित अस्पताल (Green Hospital) का रूपमा विकास गर्ने लक्ष्य पनि अघि सारेको छ ।

 

 

आगामी चुनौतीहरू

 

नेपालले अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि आगामी दिनमा चुनौतीहरू अझै बाँकी छन् ।

बढ्दो जनसङ्ख्या
औसत आयुमा वृद्धि
मधुमेहजन्य आँखाका रोगहरूको वृद्धि
बाल दृष्टिविहीनता
ग्रामीण क्षेत्रमा सेवा पहुँच विस्तार

यी चुनौतीहरूको सामना गर्न जनचेतना अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति उत्पादन तथा सार्वजनिक–निजी साझेदारीलाई अझ सुदृढ बनाउनु आवश्यक छ ।

 

 

साझा जिम्मेवारीको अभियान

अठ्चालीसौँँ नेत्रज्योति दिवस नेपालको आँखा स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धिहरूको स्मरण गर्ने मात्र होइन, आगामी दिनका लागि नयाँ प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि हो । नेपाल सरकार, विकास साझेदार, स्वास्थ्यकर्मी, स्वयंसेवक, आम सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायको सहकार्यबाट मात्रै अन्धोपन न्यूनीकरणको अभियानलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।नेपाल नेत्रज्योति सङ्घले विगत चार दशकभन्दा बढी समयदेखि सञ्चालन गर्दै आएको दृष्टि जोगाउने अभियानलाई अझ सशक्त बनाउन आज सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ ।

 

 

 

यस अवसरमा नेपाल नेत्रज्योति सङ्घले विगत चार दशकभन्दा बढी समयदेखि सञ्चालन गर्दै आएको आँखा स्वास्थ्य सेवाको अभियानलाई अझ प्रभावकारी र सर्वसुलभ बनाउँदै देशका दुर्गम तथा पिछडिएका समुदायसम्म गुणस्तरीय आँखा उपचार सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने नारालाई आत्मसात् गर्दै विभिन्न सरकारी निकाय, विकास साझेदार, स्वास्थ्यकर्मी तथा समुदायको सहकार्यबाट नेपालमा अन्धोपन न्यूनीकरण तथा दृष्टि संरक्षणको अभियानलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ । अठ्चालीसौँ नेत्रज्योति दिवसको अवसरमा सबै सरोकारवालाहरूलाई आँखा स्वास्थ्य प्रवद्र्धन र सुरक्षित दृष्टिका लागि सक्रिय सहभागिताको हार्दिक आह्वान गर्दछौँ ।– डा शैलेशकुमार मिश्र

(लेखक डा मिश्र नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक हुनुहुन्छ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९