‘कर्णाली उत्सवः कुडा कर्नालीका’ सम्पन्न

कर्णाली,  ‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौँ संस्करण सोमबार सम्पन्न भएको छ । ऋति फाउण्डेसन सुर्खेतले गत चैत २८-३० गतेसम्म सञ्चालन गरेको उत्सवमा कर्णालीका विभिन्न आयामका विविध विषयमा छलफल भएको हो ।कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारीका रूपमा विकास हुँदै गएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ कार्यक्रममा यहाँको साहित्य, कला, सङ्गीत, समाज र विकासका विविध विषयमा छलफल हुनुका साथै प्रस्तुति राखिएको उत्सव आयोजक समिति सचिवालयका संयोजक कमल लम्सालले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार उत्सवमा महिला नेतृत्वदेखि सिमान्त मान्ठ, सङ्घर्ष र सफलताको कथा निर्माण गरेका पैकला (नायक)हरूको कथा, जेनजी पुस्ताको सडकदेखि सदनसम्मको प्रभाव र पहुँच, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति रोवा रिग्पाको बौद्धिक चर्चा तथा उर्जा, प्रविधिको विकासका सवालमा बहस गरिएको हो । कार्यक्रमको पहिलो दिन चैत २८ गते वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ‘नारी नेतृत्व’ विषयमा प्रस्तुति दिनुभयो । सात वर्षसम्म सञ्चालन भएको उत्सवबारे ‘सात वर्ष सात प्रयास’ शीर्षकमा श्रव्यदृश्य सामग्री पनि प्रदर्शन गरिएको थियो । त्यसैगरी, देवन्द्ररमण खनालद्वारा ‘कर्णालीमा बैङ्किङ लगानी’ विषयक प्रस्तुति र केशव दाहालद्वारा ‘मोक्षभूमि कर्णाली’ विषयक विशेष प्रस्तुति प्रस्तुत गरिएको थियो ।

 

‘सुइना कर्णालीका’ विषयमा प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटा, खडकबहादुर बुढा, लक्ष्मीप्रसाद पोखरेल, रमेशकुमार मल्ल, राधिका रम्तेलसँग पत्रकार रविन्द्र सुवेदीले छलफल गर्नुभयो । ‘जेनेजीः सडकदेखि सदनसम्म’ शीर्षकमा पत्रकार आदित्य खनालको सहजीकरणमा प्रतिनिधिसभा सदस्य मनिष खनालका साथै जेनजी अगुवा रक्षा बम, धीरज जोशी, र प्रकाश बोहोराले बहस गर्नुभयो । पैकेलो शीर्षकमा डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले आफ्नो सङ्घर्ष र सफलताको कथा सुनाउनुभयो । ‘शक्तिको सोपानः बाँडफाँटदेखि विकाससम्म’ विषयमा कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति विन्दमान विष्ट, गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नेपाल सरकारका अर्थसचिव डा घनश्याम उपाध्याय, सुशासनविद् विष्णु अधिकारीसँग छलफल गरिएको थियो ।

 

‘उद्यमशील समाज र उजेलो अर्थतन्त्र’ विषयमा पत्रकार सुजन ओलीको सहजीकरणमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मालगायत व्यक्तिसँग छलफल र विमर्श गरिएको उत्सव आयोजक समिति सचिवालयका संयोजक लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ‘पोजिसन कर्णाली’ विषयमा हरिहर न्यौपानेले प्रस्तुति दिनुभएको थियो । उत्सवको आकर्षण ‘कर्णाली कन्सर्ट शीर्षकमा जुरुक्क कर्णाली’ जदौँ हजुर ब्यान्ड, देउडा गायक इब्सल सञ्ज्याल, स्मारिका फुयाँल, विपना सिंहलगायत कलाकारको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

 

उत्सवको दोस्रो दिन चैत २९ गते ‘प्रतिरोधका पाइला’ शीर्षकमा प्रस्तुति दिइएको थियो । ‘कनेक्टिङ कर्णाली’ शीर्षकमा नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख उमा थापा मगरले सहजीकरणमा स्वतन्त्र उर्जा उत्पादक सङ्घका कार्यकारी सदस्य सुमन जोशी, नेपाल सरकारका पूर्वसचिव केशवकुमार शर्मा, एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मासँग छलफल भएको छ । ‘शिक्षाको उकाली ओराली’ शीर्षकमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष खड्कबहादुर विश्वकर्मा, मध्यपश्चिम विश्वविद्यालयका अनुसन्धान निर्देशक डा पुष्पराज आचार्य, प्रधानाध्यापक नमकली नेपालीसँग शिक्षा अभियानकर्मी कौशीला चन्दको सहजीरकणमा छलफल भएको थियो ।

 

पत्रकार ज्योति कटुवालको सहजीकरणमा ‘विकासको गोरेटोः प्रकृतिको ओत’ शीर्षकमा प्रतिनिधिसभा सदस्य केपी खनाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदी, नेपाल सरकारका उपसचिव रुपक रावल र मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पवन थापासँग छलफल भएको थियो । ‘उद्यमको उडान’ शीर्षकमा होटल व्यवसायी पोषण रेग्मी, सर्जिकल व्यवसायी कल्पना विष्ट, कृषि व्यवसायी रोशन सिंह र रत्न व्यवसायी शिला नेपालीसँग पत्रकार पुरोषतम सापकोटाले संवाद गर्नुभयो । त्यस्तै, डट्पेनदेखि डटकमसम्म शीर्षकमा पत्रकार किरण नेपाल, उमेश श्रेष्ठ र कृष्णमाया उपाध्यायसँग सञ्चारमाध्यमका अध्येता ईन्द्रध्वज क्षेत्रीले सहजीकरण गरी छलफल गर्नुभयो ।

 

उत्सवको तेस्रो दिन चैत ३० गते चिकित्सक डा रामजीले ‘भूईदेखि भूमिकासम्म’ शीर्षकमा प्रस्तुति दिनुभयो । ‘घुमिफिरी कर्नाली’ शीर्षकमा दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सरकारका सचिव अजितकुमार कर्ण, पर्यटन उद्यमी देवराज जैसी, होमस्टे सञ्चालक रचना बाँठासँग पत्रकार ललित बुढाले बहस गर्नुभयो । ‘द स्टोरी किचन’का रणनीतिक सल्लाहकार राजन पराजुलीको सहजीकरणमा ‘महिला मुखिया’ शीर्षकमा भेरीगङ्गा नगरपालिका सुर्खेतका उपाध्यक्ष धनसरा बोहोरा, ठाकुरबाबा नगरपालिका बर्दियका उपप्रमुख बिनाकुमारी भट्टराई, गैँडाकोट नगरपालिका नवलपरासीका उपप्रमुख शान्ति कोइरालासँग छलफल भएको उत्सव आयोजक समिति सचिवालयका संयोजक लम्सालले जानकारी दिनुभयो ।

 

‘परम्परागत चिकित्सा पद्धति रोवा रिग्पा’ शीर्षकमा डोल्पाका याङ्कर आम्ची पेमा लामासँग जडीबुटीविज्ञ एवं उद्यमी राजेन्द्र विष्टले संवाद गर्नुभएको थियो । त्यसैगरी, ‘नखिचिएका सिनेमा’ शीर्षकमा महानायक राजेश हमालसँग पत्रकार एवं फिल्ममेकर देवकी विष्ट र ‘खस कुडा खास कुडाः टपक्क टप्पा, सपक्क सिङ्गारु’ शीर्षकमा डिल्ली बिसीले वक्ताहरू पृथ्वीबहादुर सिंह (सुर्खेत) र निर्मला गिरी (रुकुमपश्चिम) सँग छलफल गर्नुभयो । उक्त कार्यक्रममा गीत, कविता, गजललगायत साहित्यिक एवं सांगितीक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।  उत्सवमा कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरेका तीन पैकेला क्रमशः जुनु हमाल ढकाल (प्रमुख जिल्ला अधिकारी), रतन देवकोटा (रेथाने सङ्गीतकर्मी) र चिकित्सक डा अखण्ड उपाध्यायको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको थियो ।

 

उत्सवमा सहभागी वक्ताहरूले नीतिगत तहमा महिला नेतृत्व, वातावरणमैत्री विकास, सडक, बिजुली र इन्टरनेट, वित्तीय स्रोतको समुचित परिचालन, कर्णाली विकासको मूलधारमा पुर्याउन जनप्रतिनिधिको भूमिका, विकासभन्दा राज्यले कर्णालीलाई न्याय दिनुपर्ने, हिमाली चिकित्सा पद्धति अवलम्बन गर्नुपर्नेलगायत विविध विषयमा छलफल र संवादमार्फत सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभएको उत्सव आयोजक समिति सचिवालयका संयोजक लम्सालले बताउनुभयो । शुरबहादुर सिंह/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनधिकृत संरचना हटाइँदै

गण्डकी,  पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ । हङ्कङ बजारको पूर्वपट्टी रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको...

पर्यटकको दैनिक औसत खर्च १९ प्रतिशतले घट्यो

काठमाडौँ,  नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ । सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो ।नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२,  सङ्केत बत्ती...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन, जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो ।       उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी, जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९