कैलाली। बर्दगोरिया गाउँपालिका–३ निवासी तथा गाउँपालिका कार्यपालिका सदस्य भीम विश्वकर्माको हृदयघातका कारण निधन भएको छ।विश्वकर्मा २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट नेकपा (एमाले)को तर्फबाट बर्दगोरिया गाउँपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए। जनप्रतिनिधिका रूपमा उहाँ स्थानीय विकास तथा सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको थियो।
उहाँको निधनको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, विभिन्न संघसंस्था तथा शुभेच्छुकहरूले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिरहेका छन्।उहाँको असामयिक निधनले बर्दगोरिया गाउँपालिका तथा स्थानीय समुदायले एक सक्रिय जनप्रतिनिधि गुमाएको भन्दै सामाजिक सञ्जालमा शोक व्यक्त गर्ने क्रम जारी रहेको छ।






















































































































































