उत्पादनमा आधारित अनुदानले किसान उत्साही

म्याग्दी (बेनी),  बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गानाको दिन बिहानै गोठबाट सुरु हुन्छ । पचासवटा गाईभैँसीको स्याहार, दूध दुहुनु, बजारसम्म पुर्याउनु र फार्म व्यवस्थापनमै दिन बित्छ । जसबाट उहाँ सन्तुष्ट हुनुहुन्छ । तर, पछिल्लो समय उहाँ सन्तुष्टसँग उत्साही र थप आशावादी बन्नुभएको छ । कारण हो, अनुदान । अहिले उहाँलाई अनुदानका लागि कार्यालय धाउनुपर्दैन, उत्पादनले नै उहाँको मिहिनेतको मूल्य निर्धारण गर्छ ।

 

 

‘ढुङ्गाना कृषि तथा पशुपन्छी फार्म’ सञ्चालन गर्दै दैनिक करिब ३०० लिटर दूध उत्पादन गर्ने उहाँले बेनी नगरपालिकाको उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट लगातार तीन वर्षसम्म वार्षिक रूपमा रु ४५ हजार प्राप्त गर्नुभएको छ । उहाँका अनुसार रकम ठूलो नभए पनि यसले किसानलाई सम्मान र उत्साह दुवै दिएको छ ।“पहिला अनुदान पाउन धेरै प्रक्रिया पूरा गर्नुपथ्र्यो, अहिले वास्तविक उत्पादनका आधारमा अनुदान पाइन्छ, कार्यालय पनि धाइरहनु पर्दैन, हामीलाई काम गर्न प्रेरणा मिलेको छ”, उहाँले भन्नुभयो ।

 

 

बेनी नगरपालिकाले आव २०८१ मा ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन कार्यविधि’ लागू गरेपछि कृषि अनुदान वितरणको शैली परिवर्तन भएको हो । कृषि औजार वा सामग्री वितरण गर्ने परम्परागत अभ्यासभन्दा फरक यो कार्यक्रमले उत्पादन र बिक्रीलाई आधार मानेर किसानलाई नगद अनुदान उपलब्ध गराउँछ । नगरपालिकाको विश्वास छ, यसले उत्पादन बढाउनेमात्र होइन, वास्तविक किसानलाई प्रोत्साहन पनि गर्छ ।

 

 

नगरप्रमुख सुरत केसीका अनुसार युवालाई उत्पादनमुखी व्यवसायतर्फ आकर्षित गर्ने, वैदेशिक रोजगारीको विकल्प सृजना गर्ने र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । “वडास्तरबाट कृषि औजार वितरण हुँदै आएको छ, नगरपालिकाले उत्पादनपछि अनुदान दिने व्यवस्था गरेको छ, यसले किसानलाई व्यावसायिक बन्न र उत्पादन बढाउन सहयोग पुगेको छ”, उहाँ भन्नुहुन्छ ।

 

 

नगरपालिकाको तथ्याङ्कले पनि कार्यक्रमको प्रभाव देखाउन थालेको छ । बेनी नगरपालिका अहिले दूध उत्पादनमा आत्मनिर्भर हुँदै अतिरिक्त उत्पादन निर्यातको अवस्थासम्म पुगेको छ । स्थानीय तहको प्रोत्साहन र किसानको लगानीले पशुपालन व्यवसाय विस्तार हुँदै गएको नगरपालिकाको निष्कर्ष छ ।

 

 

यस वर्षदेखि कार्यक्रम पशुपालनमा मात्र सीमित छैन । व्यावसायिक तरकारीखेती गर्ने किसान पनि यसमा समेटिएका छन् । आर्थिक वर्ष २०८२/८३ मा पशुपालनतर्फ रु १२ लाख २० हजार र तरकारी खेतीतर्फ रु १३ लाख ५० हजार बजेट परिचालन गरिएको छ ।

 

 

पशु सेवा शाखामा परेको ६६ आवेदनमध्ये स्थलगत अनुगमनपछि ५७ वटा व्यावसायिक फार्म छनोट भएका छन् । पशु चिकित्सक डा सुदीप पौडेलका अनुसार किसानलाई न्यूनतम रु १३ हजारदेखि अधिकतम रु ४५ हजारसम्म अनुदान उपलब्ध गराइएको छ ।

 

 

तरकारीतर्फ कृषि शाखामा ६३ वटा आवेदन परेकामा ५९ किसान तथा कृषक समूह छनोट भएका छन् । कृषि अधिकृत आकृति ढुङ्गानाका अनुसार काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, अकबरे खुर्सानी, मूला, गाजर, प्याज र लसुन उत्पादन गर्ने किसानलाई खेती गरिएको क्षेत्रफल र बिक्री भएको उत्पादनका आधारमा अनुदान प्रदान गरिएको छ ।

 

 

बेनी नगरपालिका-२ खबराका अगुवा किसान सोवित शर्माका अनुसार यो कार्यक्रमले मिहिनेत गर्ने किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । “उत्पादनका आधारमा अनुदान दिँदा वास्तविक किसान छुट्दैनन् । साना किसानलाई पनि व्यवसाय विस्तार गर्ने आत्मविश्वास बढेको छ”, उहाँ भन्नुहुन्छ ।

 

 

कार्यक्रमलाई व्यवस्थित बनाउन नगरपालिकाले किसानलाई लघु, साना, मझौला र व्यावसायिक उद्यमी गरी चार वर्गमा विभाजन गरेको छ । वर्गअनुसार रु १५ हजारदेखि ४५ हजारसम्म अनुदान उपलब्ध गराइन्छ । यसका लागि दूध उत्पादन, बाख्रापालन वा तरकारी उत्पादन तथा बिक्रीका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

 

कार्यक्रमको अर्को विशेषता यसको सरल प्रक्रिया हो । किसानले एकपटक मात्र निवेदन दर्ता गरेपछि आवश्यक स्थलगत अनुगमन नगरपालिकाले आफैँ गर्छ । छनोट भएका किसानको बैंक खातामै अनुदान रकम जम्मा गरिने भएकाले प्रशासनिक झन्झट हटेको छ । प्राप्त रकम किसानले आफ्नै आवश्यकता र उत्पादन विस्तारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न सक्ने व्यवस्था छ ।

 

 

बेनी नगरपालिकाको यो अभ्यासले अनुदानलाई उत्पादनसँग जोडेर वास्तविक किसानसम्म पुर्याउने नयाँ मोडेल प्रस्तुत गरेको छ । उत्पादनलाई प्रोत्साहन गर्ने, किसानलाई आत्मनिर्भर बनाउने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य बोकेको यो कार्यक्रम सफल भए अन्य स्थानीय तहका लागि पनि अनुकरणीय अभ्यास बन्न सक्ने देखिन्छ ।गोठमा बिहानदेखि साँझसम्म पसिना बगाउने सुरेश ढुङ्गानाजस्ता किसानका लागि यो अनुदान केवल केही हजार रुपैयाँको सहयोगमात्र होइन, मिहिनेतको मूल्याङ्कन र कृषि पेसाप्रतिको सम्मानको अनुभूति पनि बनेको छ ।कमल खत्री/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९