कारागारभित्र कैदी मृत फेला

बाँके, २१ असार । बाँकेको नेपालगञ्जस्थित कारगारभित्र कैदी मृत फेला परेका छनन् । कारागारभित्रको शौचालयमा कैदीबन्दी जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता झुन्डिएको अवस्थामा फेला परेका हुन् । तीन वर्षदेखि कैद भुक्तान गर्दै आइरहेका गुप्ता बिहीबार बिहान मृत फेला परेका हुन् । घटनाबारे मृतकको परिवारलाई खबर गरिएको र गुप्ताको मृत्युबारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?