
नवलपरासी । पश्चिम नवलपरासीमा दवरले भाउजूको हत्या गरेका छन् ।रामग्राम नगरपालिका वडा न.१० मंझरिया स्थित बस्ने तेजनारायण चौधरीको श्रीमती वर्ष २६ की मिरा चौधरीलाई आफ्नै देवर वर्ष २७ चन्दन चौधरीले मोटरसाइकलको सकर प्रहार गरि हत्या गरेका नवलपरासी प्रहरीले जनाएको छ ।
आइतबार साझ जग्गाको विषयलाई लिएर वादविवाद झै-झगडा हुदा देवार चन्दनले भाउजू मिरालाई टाउकोमा मोटरसाइकलको सकरले प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भेजराज पाण्डेले बताउनुभयो ।
देवरले प्रहार गरेको सकरले घाईते भएकी मिराको उपचारको लागी पृथ्वी चन्द्र अस्पताल परासी ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी मेडिकल कलेज भैरहवा लगिएकोमा राति ९ बजे उपचारको क्रममा डाक्टरले मिरालाई मृत घोषणा गरेको थियो ।
लास जिल्ला अस्पताल परासी ल्याई शव गृहमा राखिएको र पोस्टमार्टम हुन बाकी रहेको छ भने हत्या गरेका चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक मिराको एउटा २ वर्षको छोरा छन् र उनका श्रीमान वैदेशिक रोजगारीको लागि बिदेश बसिरहेका थिए । मिराको हत्या भएको थाहा पाएपछि मृतक मिराको श्रीमान पनि बिदेशबाट आज घरमा आइपुगेका छन् ।
प्रहरीले प्ररम्भिक अनुसन्धान गरि म्याद थपको लागि जिल्ला अदालत लैजान लागेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।