दार्चुला, १७ असोज । दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ।नौगाड गाउँपालिका–६ थालिगडा की २५ वर्षीया हिरा धामीको आज शुक्रबार मृत्यु भएको हो।
धामी बिहीबार थालिगडाको नजिकैको रातापड भिरमा लडेकी थिइन्। उनलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।


































































































































































