तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित

काठमाडौं, २० कार्तिक । तिहारको  मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित भएका छन् ।दुईतीन दशक अगाडिदेखि चलिआएको यस्ता फूलको बिक्री बितरणमा रोक लगाएपछि साना व्यापारीहरुले हारगुहार गर्न थालेका छन् ।

 

आफ्नो चलअचल सम्पत्ति बैंकमा धितो राखी बैंकलाई चरम ब्याज तथा शुल्क तिरी लिएको ऋणबाट आयात गरेको यस्ता सामानहरु बिक्रीबितरण गर्न सरकारले रोक लगाएपछि त्यसबाट बैकको ऋण र त्यसको ब्याज कसरी भुक्तान गर्ने हो ? भनेर

 

उनीहरु प्रश्न गर्न थालेका छन् । तिहारलगायतका बेलामा त्यसको बिकल्प नभएको सम्बन्धित ब्यवसायीहरुको दुखेसो छ । अतः राज्यस्तरबाट आम ब्यवसायीप्रति समान ब्यवहार होस् भनी यस ब्यवसायसँग सम्बन्धित सबै ब्यवसायीकोतर्फबाट सरकारसँग हार्दिक अनुरोध गरेका छन् ।

‘फूल आफैमा एउटा सुन्दर शब्द हो र यसको सजावटबाट हने आर्कषणबारेमा जानकार नभएको भने सायद कोही नहोला,’ एकजना साना व्यापारी पुजन ट्रेड्सका प्रोपाइटर प्रकाश खड्काले भने, ‘बर्तमान समयमा त यसको प्रयोग बिश्वभरका अन्तराष्ट्रिय बिमानस्थल, होटल, रेष्टुरेन्टलगायत ठूलाठूला सहर बजारहरु यस्ता फूलहरुबाट सजावट गरी आकर्षित गर्न होडबाजी नै भएको छ । यो कुरा जो कोहीले जहाँपाई त्यही यस्तो दृश्य देख्न सकिन्छ ।’

 

प्लाष्टिकबाट नभई कपडा तथा अन्य पदार्थबाट मित्र राष्ट्र चीनमा उत्पादन हुने यस्ता फूलहरु बिश्वका सबै देशहरुमा निर्बाध रुपमा बिक्री बितरण भैरहेको र पटकपटक सफा गर्दै लामो समयसम्म प्रयोग गर्न मिल्ने यस्ता कृत्रिम फूलहरु प्राकृतिक फूल भन्दा सयौ

 

गुणा सस्तो पर्ने अर्का साना व्यापारी केदार श्रेष्ठले बताए । यस्ता कृत्रिम फूलहरु नेपालको होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा निजी घरमासमेत यस्ता फूलहरुले सजावट गरेको सर्वबिदित भएको उनको भनाई छ ।

नेपालमा पनि देशभर हजारौ ब्यवसायीहरुले यस्ता फूलहरु ब्यवसाय गरी आफ्नै देशमा रोजगाशरको श्रृजना गरेको बताइन्छ । देशको नीति नियमभित्र रही आयत गर्न ब्यावसायीहरुले राज्यको नीति अनुसार राजश्व र ब्यवसायीहरुले राज्यलाई कर तिरेकै अवस्थामा यस्तो निर्णय हुनु दुखद् भएको अर्का व्यापारी धिरन शाहले बताए ।

 

राज्यलाई कही कतैबाट पनि अहित नहुने र बिश्वको कुनै पनि देशमा प्रतिबन्ध नभएको यस्ता फूलहरुलाई नेपालमा भने अपव्याख्या गरी यस्ता बस्तुहरुमा राज्यले किन र कसका लागि प्रतिबन्ध भएको भनी उनको प्रश्न छ । नेपाल सरकारसँग सम्वन्धित सरोकारवालाहरुले अनुसन्धान गरी यसको यर्थात रुप जनतासमक्ष ल्याउन जरुरी भएको उनको माग छ ।

बिश्वको कूनै पनि जनप्रेमी सरकारले प्रचलनमा आइरहेको कुनै पनि आयतित सामानहरु आफ्नो मुलु्कको लागि अहित हुने देखेमा त्यस्ता बस्तुको आयात तथा बिक्रीमा सम्बन्धित ब्यवसायीहरुलाई एउटा समय सिमा दिएर मात्र रोक लगाउने एउटा सम्मानित नियम नै हुन्छ, अर्का व्यापारी देभिद श्रेष्ठले भने, तर हाम्रो देशमा देशको नीतिनियमभित्र रही एल.सि.÷टि.टि. को

 

माध्यमबाट आयत भई राज्यलाई भंसार महसुल तिरी ल्याएको सामानहरु पूर्ण रुपमा बिक्रीबितरण र भण्डारणसम्म गर्न नपाउने यस्तो पासविक निर्णय किन र कसको लागि गरेको छ ? यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने यी बस्तुसँग सम्बधित ब्यवसायको माग रहेको उनी बताउँंछन् ।

सामान्य रुपमा प्लाष्टिको प्रयोग बिश्वको जुनसुकै मूलुकमा पनि हुन्छ । मानिसले खाने पानीका बोटल वा भान्छामा प्रयोग हुने प्लाष्टिक चम्चा होस, बच्चाहरुलाई दिइने खेलैना किन नहोस् वा हाम्रै दैनिक जीवनमा प्रयोग हुने अधिकांश बस्तुहरुमा प्लाष्टिको प्रयोग हुन्छ नै । यस्ता बस्तुहरु हाम्रो देशमा पनि निर्वाध रुपमा आयत भएकै छ्न । पूmल पनि त्यस्तो एउटा बस्तु हो, जुन

 

कपडाबाट बनेको हुन्छ र त्यसलाई बिभिन्न रुपमा आकार प्रकार दिन अन्य साहायक पर्दाथको प्रयोग गरिन्छ । तर नेपाल सरकारको केही बिभाग तथा मन्त्रालयले बास्तबिक कपडाले बनेको पूmललाई छाँयामा पारी त्यसलाई आकार प्रकार दिनको लागि प्रयोग हुने केही सामान्य पदार्थलाई चाहि बास्तविक बस्तु हो भनी अत्यन्त लज्जास्पद अपव्यख्या गरेको उनीहरुको आरोप छ ।

 

त्यस्ता बस्तुको ब्यवसाय बन्द गर्दा एकातिर राज्यलाई आउने राजश्व प्रभावित भएकै छ भने अर्काेतिर यस्ता ब्यवसायी रोजगारको लागि बिदेश पलायनको स्थीतिमा पुरयाइदिएको उनीहरुको भनाई छ । राज्य र ब्यवसायीे दुबैको लागि अहित हुने र

 

राज्यस्तरबाट यस्ता ब्यवसायप्रति कारवाही हुने भनी कार्तिक २ मा गृह मन्त्रालयको सहसचिवको सयोजकत्वमा गरेको बैठकको सूचना राज्यस्तरबाट नभई कसैको दवाबमा भएको उनीहरुको ठहर छ ।

चाडपर्वको मुखमा हुने अनुगमनको नाममा बजार आतंक गरी जरिवाना गर्ने, फलोरिकल्चर ब्यवसायसँग सम्वन्धित सबै ब्यवसायीहरुको मोबाइलमा सरकारी अनुगमन कहाँ र कहिले हुदै छ भन्ने फलोरिकल्चर एसोसिएसन नेपालले आफ्ना

 

ब्यवसायीहरुलाई म्यसेज गरी सर्तक गराउनु यो एउटा संयोग हो या त्यस्ता ब्यवसायी र बिभागको अप्रबृत्र गठबन्धन हो ? उनीहरुको सामूहिक भाबना छ, यसमा छानबिन हुन आवश्यक भएको महसुस गरेको छौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९