देउसी भैलो प्रतियोगिता : सगीना देउवी समूह प्रथम बन्दै जित्यो ५१ हजार नगद

काठमाडौँ, २० कात्तिक । अमेरिकाको कोलम्बसमा आयोजीत देउसी भैलो प्रतियोगितामा सगीना देउवी समूहले प्रथम स्थान ओगट्न सफल भएको छ । त्यस्तै एभरेस्ट क्लब दोस्रो हुँदा, देउराली देउसी भैलौ ग्रुप तेस्रो र डिभाइन म्युजिक ग्रुपले सान्तवना स्थान ओगट्न सफल भएका छन् ।

 

११ वटा समूहमा प्रतिस्पर्धा भएको देउसी भैलो प्रतिस्पर्धामा प्रथम हुने समूहले ट्रफी  र ५१ हजार रुपैयाँ नगद जित्न सफल भएका छन् । त्यस्तै द्वितीय र तृतीय हुने समूहले क्रमश ट्रफीसहित ३१ हजार  र ३० हजार पाएका छन् । त्यस्तै सान्तवना हुने समुहले ट्रफी र २० हजार जित्न सफल भएका छन् ।

 

प्रतिस्पर्धाको जजका रुपमा नबिन खड्का, दीपक गजमेर, योगिता खनाल र केशव पौडेल  रहेका थिए । प्रतिस्पर्धामा ३ वटा समूह मध्ये एक्रोन शहरको आमा समुह, एक्रोन मारुनी समुह र कोलम्बस मारुनी समुहले निकै नै आर्कषक मारुनी नृत्य प्रस्तुत गरेकाले उनीरुको सर्वत्र चर्चा भएको थियो ।

 

सो अवसरमा जजहरुको टिमले नै स्टेजमा नै पुगेर उनीहरुप्रति शिर निहुराउँदै उहाँहरुले प्रतिस्पर्धा भन्दा माथिको प्रस्तुती दिएको प्रतिक्रिया दिएका थिए । सो अवसरमा विभिन्न समुहहरुले कलात्मक नृत्य पस्किएका थिए । विश्वकर्मा सोसाइटी अफ अमेरिका

 

(बिएसए) को आयोजनामा ओहायो राज्यको कोलम्बस शहरमा सम्पन्न भएको हो । नेपाली कला, संस्कृति र साहित्यको प्रवद्धन र उत्थानमा निकै नै क्रियाशिल रहँदै आएको विश्वकर्मा सोसाइटी अफ अमेरिकाले विभिन्न किसिममा सामाजिक कामहरु  गर्दै आएको छ ।

 

सोसाइटीले आफ्नो हात सबैभन्दा बढी शिक्षा , खेलकुदका अलावा समाजसेवामा पनि फैलाउँदै आएको छ । उसले नेपाली कला र संस्कृतिको जर्गेनमा बेला बेलामा विभिन्न किसिममा सांस्कृतिक गतिबिधिहरु गर्दै आइरहेको छ । गत महिना मात्रै सोसाईटीको आयोजनामा एक्रोनमा नै विश्वकर्मा पूजा र भावी रणनीतिका बारेमा भव्य गोष्टीको आयोजना गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९