अछाम । अछाममा अरिङ्गालको टोकाइबाट एक वृद्धा घाइते भएकी छन्। जिल्लाको साफेँबगर नगरपालिका–७ रिडकोटकी अन्दाजी ७० वर्षीया जलु देवी कुमाललाई अरिङ्गालले टोकेको हो।कुमाललाई घरको आगनमा बसिरहेका बेला अरिङ्गालले टोकेको थियो। घाइते वृद्धाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।





















































































































































