लागूऔषधसहित विभिन्न पाँच ठाउँबाट आठ जना पक्राउ

काठमाडौं। अवैध लागूऔषध सहित सिन्धुलीबाट ३ जना, पर्साबाट १ जना, महोत्तरीबाट २ जना, तनहुँबाट १ जना र कैलालीबाट १ जना गरी जम्मा ८ जना पक्राउ परेका छन्।सिन्धुली, कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ५ ग्राम ९ सय ६० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नुवाकोट तार्केश्वर नगरपालिका-७ बस्ने २२ वर्षीय भरत रिमाल र खोटाङ खोट्टेहाङ गाउँपालिका-५ बस्ने २३ वर्षीय बिपिन मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले बा.५ ख ३१४९ नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। साथै सवारी साधन र चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

 

पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चौकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्रामसहित बारा परवानीपुर गाउँपालिका-५ बस्ने २० वर्षीय युवराज सिंहलाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सिंहलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

 

महोत्तरी, सम्सी गाउँपालिका-५ देवीस्थानबाट अवैध लागूऔषध गाँजा करिब २ सय ९० केजीसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २५ वर्षीय लिला बहादुर थिङ र हेटौंडा उपमहानगरपालिका-१३ बस्ने राजेश घलान रहेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले सम्सीबाट जलेश्वरतर्फ जाँदै गरेको ना.०५ ख ९७११ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक सिटको पछाडि लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी चालक लिला र सहचालक राजेशलाई पक्राउ गरेको हो।

 

तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्रामसहित पर्सा पर्सागढी नगरपालिका-९ बस्ने १९ वर्षीय राहुल पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय आबुखैरेनिबाट खटिएको प्रहरीले ग.२ ख ००९८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

 

कैलाली, गोदावरी नगरपालिका-५ गेटी बस्ने २८ वर्षीय नबिन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २७० मिलिग्राम र डिजिटल तराजु १ थानसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई कोठाबाट उक्त पदार्थ र तराजुसहित फेला पारी पक्राउ गरेको हो।सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९