कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा

भैरहवा । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत टाई योङ पार्कले कोरियाली उत्पादन सामसुङको एसेम्बल प्लाण्ट बन्दै गरेको कोरियाली कम्पनी हुण्डाई एसेम्बल प्लाण्ट, बेलहिया सिमा नाका र बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका छन् ।दुइ दिने भ्रमणमा रूपन्देही आएका उनले नवलपरासीको रामग्राक नगरपालिका स्थित गोल्छा अर्गनाईजेशन अन्तर्गतका कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन गरेका हुन् ।उनले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हुण्डाई एसेम्बल प्लाण्टको समेत अवलोकन गरेका छन् । कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन पश्चात उनले कोरियाली कम्पनीले नेपालमा पनि रोजगारी श्रृजना गर्न सकेकोमा खुशी ब्यक्त गरे ।कोरियाकै ठूलो ब्यापारीक प्रतिष्ठान मध्येको एक सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको कारण यस क्षेत्रमा राजगारीको अवसर श्रृजना भई सरकार–सरकार तथा ब्यवसायीक प्रतिष्ठान बिच पनि सम्बन्ध बिस्तार भएको गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकर थापाले बताए ।यस सँगै राजदूत पार्कले सोही प्राङण मै रहेको बजाज मोटरसाईकलको एसेम्बल प्लाण्ट र २ मेगावाटको सौर्य उर्जाको पनि अवलोकन गरेका थिए । सो पश्चात प्लानट परिसरमा बृक्षारोपण समेत गरेका छन् ।

राजदूत पार्कले नवलपरासी मै निर्माणाधिन अवश्थामा रहेको लक्ष्मी मोटर कर्पोरेशन प्राली अन्तर्गतको हुण्डाई कार एसेम्बल कारखानाको पनि अवलोकन गरेका थिए । लक्ष्मी मोटर कर्पोरेशनका कार्यकारी निर्देशक निराकर श्रेष्ठले कोरियाली कार कम्पनी हुण्डाईको बारे जानकारी गराएका थिए ।अवलोकनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, पार्ककी श्रीमती, नेपालका लागि गणतन्त्र कोरिया दूतावासका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।यस्तै पहिलो दिन नै राजदुतले नेपाल भारत सिमा नाका बेलहियाको पनि अवलोकन गरेका छन । परिवारसहित आएका उनले सिमाको अवस्था र पुर्वाधारहरुको अवलोकन गरे । रुपन्देही आएको दोस्रो दिन राजदूत पार्कले बुद्ध जन्मस्थल मायादेवी मन्दिर र लुम्बिनीको अवलोकन गरी काठमाण्डौ फर्किएका छन् । राजदुत पार्कसहित श्रीमती यूनही चोङ, राजदूतावासका काउन्सिलर काङ, आर्थिक तथा विकास बिशेषज्ञ च्याङ हानले लुम्बिनी भ्रमण गरेका हुन् ।राजदुत पार्कलाई लुम्बिनी विकास कोषका तर्फबाट चन्द्रप्रकाश पाठकले स्वागत गर्दै बिफ्रिङ गरेका थिए । राजदुत पार्कले मायादेवी मन्दिर, पुष्करणी पोखरी, अशोक पिल्लर सहित कोरियन, थाई, म्यानमार, कम्बोडियन मन्दिरको भ्रमण गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९