सिरहा l गोलबजारका व्यवसायी महेश साहको विषयमा एक अनलाईन न्यूज पोर्टलले प्रकाशन गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। आफ्नो चरित्रहत्या हुनेगरी बैंकबाट ऋण लिएर ‘एक करोड रुपैयाँको साप्ताहिक व्याज ५ लाख’ सम्म लिएको भन्ने प्रकाशित समाचारप्रति आफ्नाे गम्भीर ध्यानार्षण भएको उनले जारी गरेकाे विज्ञप्ति उल्लेख छ ।
व्यसायी साहले जारी गरेको विज्ञप्तिमा लेखिएकाे छ, ‘मैले बैंकबाट लिएको ऋणबाट गोलजबार र धनगढीमाईमा दुईवटा राईस मिल सञ्चालन गरिरहेको छु, बैकबाट ऋण लिएर व्यसाय गरिरहेको अवस्थामा मेरो चरित्र हत्या हुनेगरी एकतर्फी ढंगले प्रेसित सो समाचारप्रति मेरो गम्भीर ध्यानाकषर्ण भएको छ । विना प्रमाण र अपुष्ट तथ्यहिन सम्प्रेशण गरिएको सो समाचारलाई पुष्टि गर्न म खुल्ला चुनौती दिन्छु। समाचार लेख्दा सम्बन्धित पक्षको धारणासमेत समेट्नुपर्ने मान्यताविपरित कपोकलल्पित रुपमा लेखिएको यो समाचारले पत्रकारिता क्षेत्रकै खिल्ली उडाएको छ।’


































































































































































