सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकामा आवास निर्माणका लागि खर काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ।भूकम्पले चर्काएको घरमा बस्न डर भएपछि नयाँ आवास निर्माणका लागि खर काट्न गएकी नलगाड नगरपालिका-१०
रक्ताकी ३३ वर्षीया रमिता थापाको लडेर ज्यान गएको हो।उनी जन एकता प्राथमिक विद्यालयको कार्यालय सहयोगी रहेकी थिइन्। मृतक थापाका १४ वर्षीया छोरी र ९ वर्षीया छोरा छन्।


































































































































































