काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुँदै छ । क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर जबरजस्तीकरणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन लागेकाके हो ।
उक्त मुद्दाको आइतबार फैसलाका लागि पेसी तोकिएको छ । यसअघि नै वादी र प्रतिवादी दुवै पक्षका अधिवक्ताहरुले बहस नोट बुझाइसकेका छन् । गत १५ फागुनमा सर्वोच्च अदालतले चाँडो फैसला गर्न आदेश दिए पनि विभिन्न कारणले सुनुवाइ ढिलाइ भएको थियो ।


































































































































































