प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर

 

सिरहा। सिरहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा वालुवा उत्खन्न गरे/गराएको अरोपमा धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ। धनगढीमाई नगरपालिका १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्र उत्खनन्, विक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड विपरित उत्खनन् अनुमति दिएको भन्दै वन कार्यालयले धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकास महतोमाथि मुद्दा दायर गरेको हो। सर्रेखोला सामुदायिक वन क्षेत्र भित्रबाट गत मंसिर १५ गते अवैधरुपमा उत्खनन तथा ओसारपोसारमा संलग्न रहेको अनटेस्ट जेसीवी एक थान गरी सात थान ट्याक्टरसहित चालक वन कार्यालयले नियन्त्रणमा लिएको थियो।
वनले सवारी साधन सहित पक्राउ परेका मंजित कुमार यादब, फुलकुमार यादब, संदिप कुमार यादब, राम कुमार यादब, अरविन्द किशोर यादब, ईन्द्रजित महतो, रमन किशोर यादब, पुरुषेत्तम यादवविरुद्ध दायर गरेको गरेको हो।
अनुसन्धानबाट खुलेका जेसीवीका. धनि वद्रि यादव, ट्रयाक्टर धनिहरु अजित पासवान, रधुनाथ कुमार महतो, विमल अधिकारी, सरोज कुमार यादब, राकेश यादब, हरी नेपाली माथी मुद्दा दायर गरेको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले जनाएको छ। त्यसैगरी, धनगढीमाई नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत ओम प्रकाश महतो, प्रशासन शाखा सहायक रंजित कुमार सिंह र वरुण कन्सट्रक्नका संचालक निलम कुमारी यादवमाथि समेत मुद्दा दर्ता गराएको छ।
उनीहरुले वन नियमावली, २०७९ को नियम ३०(५) र वातावरण संरक्षण ऐन, २०७६ को दफा ३(ख) वमोजिम तथा ढुङ्गा, गिट्टि, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड, २०७७ को दफा ४(ख) र ६(३) वमोजिमको प्रकृया पुरा नगरी अबैध ढुङ्गा, गिट्टि तथा वालुवाको उत्खनन् गर्ने गराउने कार्यमा संलगन रहेको अनुसन्धानबाट खुलेको सूचना अधिकारी चौधरीले बताए । प्रतिवादीहरुले एक लाख ५७ हजार आठ सय १५ रुपैयाँ बराबरको हानिनोक्सानी गरेको विगो सहित वन ऐन, २०७६ को दफा ४९(झ) वमोजिम कसुरमा सोही ऐनको दफा ५०(६)(ड.) वमोजिम सजाय हुन र बोझबाहकको हकमा सोही ऐनको दफा ६८(१) वमोजिम जफत हुने उल्लेख गरिएको छ। ‘फरार प्रतिवादीको हकमा अदालतबाटै मुलुकी फौजदारी कार्यविधि संहिता,  २०७४ को दफा ५७ वमोजिम हुने समेतको मागदाबी लिई डिभिजन वन कार्यालय, लहान, सिराहावाट समानित सिराहा जिल्ला अदालत सिराहामा मुद्दा दायर गरिएको छ।यता, सिरहाका विभिन्न ठाउँमा जनप्रतिनिधिहरु कै मिलोमतोमा अवैध रुपमा ढुङ्गा, गिट्टी, तथा वालुवा उत्खन्न भइरहेको छ। अवैध रुपमा ढुङ्गा, गिट्टी, तथा वालुवा उत्खन्न गर्ने व्यवसायीहरु संग जनप्रतिनिधिहरुले अतिरिक्त रकम लिएर उत्खन्न गराइ रहेको स्थानियहरुको आरोप छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९