काभ्रे । जिल्लाको पनौती नगरपालिका-५, सुन्दरबस्तीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। सर्लाहीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०४–००१ ज ००११ नम्बरको इलेक्टिक गाडी आइतबार साँझ ६ बजेतिर पनौती–५ सुन्दर बस्तीस्थित बिपी राजमार्ग सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो।दुर्घटनामा ३ महिला र ६ जना पुरुष घाइते भएका छन्। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...


































































































































































