बाँसखोलीका जनाताको माग विद्यालय, बाटो, खानेपानी र स्वास्थ्य

नेपालगञ्ज । बाँकेको अति विकट तथा दुर्घम क्षेत्रको रुपमा पहिचान बनाएको बाँसखोली खयरभट्टीका स्थानीयले आफुहरुले राज्यको अनुभूति गर्न नपाएको सोही निर्वाचन क्षेत्रबाट लुम्बिनी प्रदेश सभामा निर्वाचति तथा लुम्बिनी प्रदेश सहरी विकास मन्त्री कृष्णा केसी नमुना समक्ष गुनासो गरेका छन् ।

 

मन्त्रीको सफथ लिएको दोस्र्रो दिन सो ठाँउ पुगेकी मन्त्री नमुना समक्ष सो गुनासो पोखेका हुन् । ‘हामी २०औ वर्षदेखि यहाँ बस्दै आएका छौ । न त हामी सजिलै वडा कार्यालय पुग्न सक्छौ न त सदरमुकाम नै’–बाँसखोलीका भक्त पुनमगरले भने–‘ यहाँ बाटोघाटो छैन, बाल बच्चा पढाउनको लागि विद्यालय छैन, स्वास्थ्य चौकी छैन समग्रमा भन्दा राज्य नै छैन हाम्रा लागि ।’

 

उनले पहिले गोठ ल्याउने गरेको अवस्थामा पछि बस्ती नै बस्न लागेको बाँकसखोली खयरभट्टी, चुनभट्टी गरी ८ वटो गाउ बस्ती रहेको सो ठाँउ दक्षिणमा भारतको सीमा र उत्तरमा चुरे पहाड रहेको बताए ।

 

सोही ठाँउमा बस्दै आएकी सत्तु थारुले आफ्नो जीवन नै यसै ठाँउमा बित्न लागेको बताईन । बैजापुरमा पनि पुरानो घर भएपनि सबै परिवार यतै बस्तै आएको बताईन । उनले भनिन- ‘ हामी महिलाको लागि खानेपानी बोकेरै पुराउन गाहो छ । हाम्रो सुरक्षा पनि छैन । खानेपानीको व्यवस्था मिलाईदिनु परो ।’

 

उनले जंगलको बीचमा गाउ भएको र दुख्ख विमार पर्दा पनि सदरमुकाम जानको लागि साथी खौज्दा खोज्दै समय बित्ने गरेको बताउदै भनिन- ‘ जंगलको बीचमा बस्ती छ । उत्तरतिर जाँदा बैजापुर पर्छ दक्षिण तिर भारत र पश्चिममा नरैनापुर छ । तर, जता गए पनि जंगलको बीचबाट जानुपर्छ न त बाटो नै छ ।’

 

माथिका सत्तु थारु भक्त पुनमगर त प्रतिनिधि पात्रमात्र हुन उनीहरु जस्ता बाँसखोलीका करिव ३ सय घरधुरीको एउटै समस्या छ । बाटोघाटो, खानेपानी, विद्यालय र स्वास्थ्य चौकी तथा सुरक्षाको गतिलो प्रबन्ध नभएको सो गाउ साच्चिकै राज्यको निगाहबाट ओझेलमा परेको छ ।

 

बाँकेको राप्तीसोनारी गाउपालिकाको वडा नंं ४ र १ मा पर्ने सो स्थानका ८ वटा गाउ पुग्नको लागि बाटोघाटोको असुविधा, विद्यालय, खानेपानी, विजुली बत्ति, स्वास्थ्य उपचार र सुरक्षाको लागि राज्यले विषेश चासो दिनुपर्ने उनीहरुको प्रमुख माग रहेका छन् ।

 

सो ठाँउ पुग्न अगैयाबाट जंगलको गोरेटो बाटो हुँदै चुरे छिचोलेर जानु पर्ने महिला बालबालिका सुरक्षित हुन नसक्ने भएकोले राज्यले सामान्य आधरभूत आवश्यकता पुरा गर्नतर्फ ध्यान पुग्न नसकेको गुनासो आएपछि आफु सपथ लिएर स्थलगत अवस्था बुझ्न आईपुगेको लुम्बिनी प्रदेश सहरी विकास मन्त्री कृष्णा केसी नमूनाले बताईन ।

 

सो क्षेत्रका जनताको गुनासो सुनेपछि मन्त्री नमूनाले निश्चय नै राज्यले सो क्षेत्रका जनाको निम्नतम आवश्यता पुरा गर्न नसकेपनि राज्य सरकार संघिय सरकार र स्थानीय तहबाट उनीहरुको मागको सुनुवाई गर्न सुरु गर्ने र यसैबर्षदेखि यसको नतिजा पनि देख्न पाईने प्रतिबद्धता व्यक्त गर्दै भनिन–‘ अव तपाईहरुको दुख्का दिन क्रमिक रुपले हराउदै जानेछन । राज्यले तपाईहरुलाई न्युनतम आधारभूत तहका सेवा पुरा गर्ने बाताबरण बनाउने छ ।’

 

गोठबाट बस्तीमा परिणत भएको सो क्षेत्र चुरेको फेदमा रहेको जंगलले घेरीएको अवस्थामा रहेको छ । भारतीय पक्षबाट निरन्तरको सीमा अतिक्रमण हुनेक्रम बस्तीकै कारणले रोकिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९