बाँकेमा परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिने पुरुष भन्दा महिला बढी

नेपालगञ्ज । बाँकेमा परिवार नियोजनको अस्थायी साधनको अधिक प्रयोगका कारण स्थायी बन्ध्याकरण सेवा लिने पुरुषको तुलनामा महिलाको संख्या अत्याधिक रहेको पाईएको छ ।

 

नेपाल परिवार नियोजन संघ बाँके शाखा र जिल्ला स्वास्थ्य कार्यालय बाँकेद्वारा सञ्चालन गरेको १० वटा निशुल्क बन्ध्याकरण शिविरबाट १० पुरुष र १ सय १५ महिला गरी १ सय २५ जनाले सेवा लिएको तथ्याङ्क अनुसार परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिनेमा पुरुषको संख्या भन्दा महिलाको अत्यन्तै बढी रहेको पाईएको हो ।

 

परिवार नियोजनको अस्थायी साधन प्रतिको आकर्षण बढ्नु र स्थायी बन्ध्याकरण गर्न डराउने प्रबृत्तिका कारण स्थायी बन्ध्याकरण गर्नेको संख्या घटेको नेपाल परिवार नियोजन संघ बाँकेका चिफ कन्सल्टेन्ट सर्जन डा. केएन जोशी बताउछन् ।

 

उनले भने–‘जन्मान्तरको समय बढाउन प्रयोग गरिने अस्थायी साधनको प्रयोग गर्न सेवाग्राही आकर्षित हुन र अस्थायी साधनको प्रयोग नै समाधान हो भन्ने गलत बुझाईको कारण स्थायी सेवा लिनेको संख्या न्यून हुन गएको हो ।’

 

 

उनले मात्र दुई सन्तानबीचको जन्मान्तरको समय बढाउन अस्थायी साधन प्रयोग गर्नु पर्नेमा नियमित प्रयोग गर्दा खासगरी महिलाहरुमा मोटोपन, तथा विभिन्न प्रकारको साईड ईफेक्ट भई सेतो पानीबग्ने। महिनावारी नियमित नहुने, क्यान्सर जस्तो रोगका कारण स्वास्थ्यमा समस्या हुने गरेको बताए ।

 

 

शिविरमा सेवा लिन आएका सेवाग्राहीले सन्तानको रहर पुगेपछि स्थायी बन्ध्याकरण गर्न आएको प्रतिक्रिया दिए । शिविरमा पुगेर सेवा लिनेहरु मध्ये महिलाले नै किन त भन्दा पुरुषले बाहिरको कडा काम गर्नु पर्ने भएकोले श्रीमान भन्दा आफुले नै स्थायी बन्ध्याकरण सेवा लिन आएको प्रतिक्रिया छ ।

 

बाँकेका सबै पालिकामा सन्तानको रहर पुगेकाहरुका लागि लक्षित गरी सञ्चालन गरेको शिविरबाट १ सय २५ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका परिवार नियोजन फोकलपर्शन देवनारायण उपाध्यायले जानकारी दिए ।

 

उनले परिवार नियोजनको शिविर सञ्चालन गर्दा सबै पालिकाको स्वास्थ्य प्रमुख तथा स्वयमसेविकालाई परिचालित गरी सन्तानको रहर पुगेका महिला पुरुषलाई शिविरमा सेवा दिने गरिएको बताए ।

 

नेपाल परिवार नियोजन संघ बाँकेका प्रबन्धक रश्मि श्रेष्ठले पहिला अस्थायी साधनको व्यापक उपलध्धता नहुनुको कारणले स्थायी सेवा लिनेको संख्यामा बृद्धि हुने गरेकोमा पछिल्ला केही वर्षयता भने स्थायी सेवा लिनेको संख्यामा पनि केही घटेको पाईएको बताईन ।

 

उनले भनिन- ‘ पहिला अस्थायी साधनको उपलब्धता न्यून हुनु अहिले प्रत्येक दिन, ७२ घण्टे, एक महिनादेखि ५ वर्षसम्मको उपलब्धता भएको कारणले पनि स्थायी रुपमा बन्ध्याकरण सेवा लिने सेवाग्रहीको संख्या घटेको हो ।’ उनले परिवार नियोजनको लागि अस्थायी साधन नै समाधान भने नभएको बताईन ।

 

उनले संघले परिवार नियोजनको स्थायी  बन्ध्याकरण सेवा, अस्थायी साधन वितरण, प्रजनन अधिकारको बारेमा सचेतना अभियान, पाठेघरको मुखको क्यान्सरको जाँच जस्ता विभिन्न प्रकारका सेवा कार्यलयबाटै र घुम्ति शिविरबाट समेत दिदै आएको जानकारी दिईन ।

 

अस्थायी साधनको प्रयोग दुई सन्तानबीचको उमेर फरक बनाउने भए पनि सेवाग्राहीले त्यो कुरालाई नजर अन्दाज गर्दा स्थायी बन्ध्याकरण प्रति आकर्षण घटेको र अस्थायी साधनको प्रयोग बढेको संबन्धित क्षेत्रका विज्ञको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९