Baigyanik Media

Advertisement

Skip Ad

गाैतम बुद्द सामुदायिक अस्पतालबाट ४ सय ७५ जनाले नियमित मृगौलाको डायलाईसिस सेवा लिदैँ

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संघीयताको पूर्ण कार्यान्वयन हुन नसक्दा जनताले अनुभुती गर्ने गरि काम गर्न नसकेको बताएका छन् ।

 

मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोजेको टिप्पणी गरे । प्रदेशले अधिकार प्राप्त नगर्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताउँदै उनले जनतामा निराशा उत्पन्न भएको उल्लेख गरे ।

 

‘संविधानले सबै तहका सरकारलाई आआफ्नै जिम्मेवारी र अधिकार दिएको छ तर, प्रदेशको अधिकार दिन पनि संघले मान्दैन,’ मुख्यमन्त्री चौधरीले गुनासो व्यक्त गरे । मुख्यमन्त्री चौधरीले सरकारी ऐन नियमहरु विकासका बाधक हुन नहुने बताए ।

 

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको ११ औं वार्षिक साधारणसभा तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री चौधरीले जनतालाई सहज र सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । मुटु अस्पतालको विकासको लागि आवश्यक सहयोगका लागि प्रदेश सरकार पनि तत्पर रहेको बताए ।

 

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठले कतिपय सरकारी कानुनहरु समुदायले संचालन गरेका स्वास्थ्य र शैक्षिक संस्थामैत्री नभएको भन्दै त्यस्ता कानुनहरुलाई संसोधन गर्नुपर्ने बताए । उनले शिक्षा र स्वास्थ्यलाई निःशुल्क नगरेसम्म मुलुकको गरिबी न्यूनिकरण नहुने भएकोले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने तर्फ सरकारले काम गर्नुपर्ने बताए ।

 

अर्का पूर्व स्वास्थ्यमन्त्री एवं सांसद विष्णु पन्थीले सरकारी गोलचक्करका कारण विकासका काम अगाडि बढ्न नसकेको भन्दै सबैभन्दा पहिले कानुन संसोधन गर्नुपर्ने खांचो औंल्याए ।

 

कार्यक्रममा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले लुम्बिनी प्रदेशका मात्र नभई ४४ जिल्लाका विरामीहरुले अस्पतालबाट सेवा लिईरहेको उल्लेख गर्दै जग्गा अभावको कारण अस्पतालको सेवालाई बढाउन नसकिएको बताए । अध्यक्ष आलमले तिलोत्तमामा प्रस्तावित जग्गाप्राप्तिका लागि पहल गर्न मुख्यमन्त्री चौधरीलाई आग्रह गरे ।

अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ समिर गौतमले मुटुको विशेषज्ञ सेवासहित एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि सेवा समेत यसक्षेत्रमा मुटु अस्पतालमै पहिलो पटक शुरु भएको बताए ।
२०७० साल पुस १० गते स्थापना भएको मुटु अस्पतालबाट हालसम्म क्याथल्याबबाट ४ हजार ८ जनाले एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि सेवा लिएको डा. गौतमले जानकारी दिए । त्यस्तै यस क्षेत्रका ४ सय ७५ जनाले नियमित मृगौलाको डायलाईसिस सेवा लिँदै आएका छन् ।

 

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका सहसचिव बाबुराम बोहोराको संचालनमा सम्पन्न भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर कुवंर, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमाल लगायतले भनाई राखेका थिए ।

 

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल समुदायको स्तरबाट चलेको लुम्बिनी प्रदेशको एकमात्र मुटु अस्पताल हो । किड्नीका बिरामीलाई २४ सै घण्टा डायलासिस सेवा प्रदान गर्दै आईरहेको अस्पताल जग्गा अभावले ७ वटा भाडाका घरमा सञ्चालन हुँदै आईरहेको छ । गैरनाफामुखी अस्पतालमा रुपमा रुपन्देही उद्योग संघ र रोट्रयाक क्लबको आर्थिक सहयोगमा सञ्चालन भईरहेको अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेको पनि कार्यक्रममा मुख्यमन्त्री चौधरीले बताए ।

 

अस्पतालको वार्षिक साधारण सभामा अस्पतालका प्रशासन प्रमुख कमल भण्डारीसहित १० वर्ष भन्दा बढी सेवा गरेका झण्डै एक दर्जन कर्मचारी, अस्पतालको लागि १ लाख रुपैयाँ भन्दा बढी चन्दा सहयोग गर्ने चन्दादाता लगायतलाई सम्मान गरिएको थियो । अस्पताल २०७० सालदेखि सञ्चालनमा आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कागती बिक्री गरेर तीन लाख आम्दानी

भोजपुर,  यहाँको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । घिमिरेले कागती बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने बताउनुभयो । अहिले उहाँले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोप्नुभएको छ ।...

नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक होः सभामुख घिमिरे

काठमाडौँ,  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

अलौकिक ‘पञ्चकुण्ड हिमताल’

म्याग्दी, उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्याेदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ टलक्क टल्कने...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९