परासी। पश्चिम नवलपरासीमा एक निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० जना मजदुर घाइते भएका छन्। बर्दघाट नगरपालिका-१२ स्थित भटौलियामा निमार्णाधीन कजरिया टायल्स् उद्योगको ट्रष्ट भत्किएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। उद्योगको संरचना निमार्णको काम भइरँहदा क्रेनले ट्रष्टमा ठक्कर दिएको थियो। त्यसपछि ट्रष्ट भत्किँदा १० जना घाइते भएका हुन्।घाइते मध्ये ९ जनाको चौपत्ता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको प्रहरीको भनाइ छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई थप उपचारको लागि युनिर्भसल मेडिकल कलेज रुपन्देही पठाइएको छ। घाइते सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ, पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...


























































































































































