परासी। पश्चिम नवलपरासीमा एक निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० जना मजदुर घाइते भएका छन्। बर्दघाट नगरपालिका-१२ स्थित भटौलियामा निमार्णाधीन कजरिया टायल्स् उद्योगको ट्रष्ट भत्किएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। उद्योगको संरचना निमार्णको काम भइरँहदा क्रेनले ट्रष्टमा ठक्कर दिएको थियो। त्यसपछि ट्रष्ट भत्किँदा १० जना घाइते भएका हुन्।घाइते मध्ये ९ जनाको चौपत्ता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको प्रहरीको भनाइ छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई थप उपचारको लागि युनिर्भसल मेडिकल कलेज रुपन्देही पठाइएको छ। घाइते सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...


































































































































































