काठमाडौं । काठमाडौंको बानेश्वरमा निर्माणाधिन ढलमा पुरिएका एक मजदुरको उद्धार गरिएको छ।मंगलबार राति ११:४३ बजे काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वरमा ढल निर्माण भइरहेको ठाउँमा पुरिएका मजदुरको उद्धार गरिएको हो।पाँचथर फिदिम नगरपालिका-१२ घर भई गौशाला बस्ने २५ वर्षीय योगेन्द्र लिम्बुको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।सेतो पुल जाने बाटोको बीच सडकमा ढल निर्माण भइरहेको बेलामा अचानक माटोको ढिस्को झरेर उनी पुरिएका थिए।प्रहरीलाई खबर गरिएपछि गौशालाबाट खटिएको टोलिले उनको उद्धार गरेको थियो। उनको पुरानो बानेश्वरस्थित फ्रान्टलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
जलजला (म्याग्दी), म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ ।समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका लागि स्थानीय पशुपालक किसानहरुले गोठबास सञ्चालन गरेका हुन् । गुरिल्ला...
बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य



















































































































































