कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बाल कल्याण समुह टिकापुरद्वारा मुल समिति गठन भएको छ ।
टिकापुरमा रहेको बाल कल्याण समुहले बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा गठन गरेको हो । वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि.कको नेतृत्वमा बर्दगोरिया वडा नम्बर २ मा गठन र नामकरण गरेको हो ।
उक्त समितिको नाम पिरुवा मुल समिति वडा नम्बर २ राखेको हो । र गठन प्रक्रियामा निर्विरोधमा अध्यक्षमा प्रेम कुमारी थापामगरको नेतृत्वमा अन्य समिति गठन भएको हो । उपाध्यक्षमा सिता चौधरी , सचीवमा डिला जोशी ,कोषाध्यक्षमा मिना चौधरी ,सहसचिवमा शोभा कुमारी कुस्मी लगाएत १५ जना सदस्य चयन भएका छन ।
कार्यक्रममा वडाध्यक्ष बि.कले यस्तो समिति गठन भए पछि हामीलाई काम गर्न सहज हुने भनेका छन् । यसै गरि कार्यक्रममा बाल कल्याण समुहका प्रतिनिधिको पनि उपस्तिथि रहेको वडा अध्यक्ष बि.कले जानकारी दिए ।



































































































































































