कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले पुस १५ मनाएको छ। युबा क्लबले पुस १५ को उपलक्ष्यमा नाच तथा विभिन्न प्रकारका खाने कुरा भनाएर मनाएको छ ।
क्लबले यस वडा नम्बर ५ बेलुवामा रहेका युवा युवती आफ्नो क्षेत्र भन्दा अरुको क्षेत्रमा गएर रमाउनु भन्दा आफै मनाएर रमाइलो गर्ने उद्देश्यले यो एक कार्यक्रम आयोजना गरेको हो । क्लबका अध्यक्ष महेश रावलको नेतृत्वमा नाच तथा खाने परिकार भनाउन सुरु भएको थियो ।
एक उद्देश्य लिएर अघि बढेको यस क्लबले वडा नम्बर ५ मा थुप्रै सामाजिक कामहरु गरेको थियो र अब फ़ेरि काममा क्लब सक्रिय हुने क्लबका अध्यक्ष महेश रावलले जानकारी गराएका हुन । कार्यक्रममा क्लबका सल्लाहकार संयोजक चक्र कार्की , दोदोधरा ग्रामीण बिद्धुत सहकारी सस्था लि. का अध्यक्ष प्रकाश कार्की , गाउँका बुद्धिजीवीहरु क्लबका सदस्यको उपस्थिति रहेको थियो ।





















































































































































