नेपालगञ्ज । बाँकेमा अंग्रेजी नयाँ वर्ष मनाएर फर्किने क्रममा स्कारपियो जीपले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जनाको मृत्यु हुनुको साथै एकजना गम्भीर घाइते भएका छन् ।आइबार राति सुदूरपश्चिम प्रदेश ०१–००१च ३४६१ नंम्बरको स्कारपियो जीप सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै भएको दुर्घटनामा परेर नेपालगञ्ज–१३ की २४ वर्षिया आस्था शाह र एक परिचय खुल्न नसकेको पुरुषको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परेर नेपालगञ्ज–१३ की २५ वर्षिया सहाना शाह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका तीन जना मध्ये आस्था र परिचय खुल्न नसकेको पुरुषको अस्पताल पुराए लगत्तैं मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीले ठक्कर दिने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ । बाँकेमा चालु आर्थिक वर्षको साढे छ महिनामा भएका ७६ वटा सवारी दुर्घटनामा परेर ३३ जनाले ज्यान गुमाएका छन् भने सय बढी घाइते भएका छन् ।




















































































































































